ओलीसँग सुरुमै वान टु वान वार्ता-यस्तो छ स्वारजको अवतरणदेखि उडानसम्मको कार्यतालिका !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ १८, २०७४
|
|
५६ पटक हेरिएको
Shares
ओलीसँग सुरुमै वान टु वान वार्ता-यस्तो छ स्वारजको अवतरणदेखि उडानसम्मको कार्यतालिका !

सारांश

  • माघ १८, काठमाण्डौ ।
  • भारत सरकारकी विदेशमन्त्री शुस्मा स्वराज काठमाण्डौ आइपुग्ने भएकी छिन् ।
  • विदेशमन्त्री स्वराज सवार विशेष विमान अपरान्ह ३ देखि ४ बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।

माघ १८, काठमाण्डौ । भारत सरकारकी विदेशमन्त्री शुस्मा स्वराज काठमाण्डौ आइपुग्ने भएकी छिन् । विदेशमन्त्री स्वराज सवार विशेष विमान अपरान्ह ३ देखि ४ बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।

नेपाल भ्रमणको खास कारण अहिलेसम्म नखुलाईए पनि स्वराजको भ्रमण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने उद्देश्यले भएको अनुमान गरिएको छ ।

भावी प्रधानमन्त्रीको रुपमा हेरिएका केपी ओलीलाई भेट्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्त्रीमण्डलकी विश्वासपात्र मन्त्री स्वराजलाई नेपाल पठाएका हुन् ।

स्वराजले सबैभन्दा पहिला ओलीलाई नै भेट्ने कार्यक्रम रहेको विशेष सुत्रहरुले बताएको छ । स्वारज र ओलीको वान टु वान वार्ता होटल सोल्टीमा हुने बताइएको छ ।

भेटमा महत्वपूर्ण विषयमा कुराकानी हुने अनुमान गरिए पनि खास कुराकानीको विषय भने अहिलेसम्म सार्वजनिक भएको छैन । भावी प्रधानमन्त्रीको रुपमा रहेका ओली र स्वराजबिचको भेटलाई कतिपयले भारतीय प्रधानमन्त्री मोदीसँगकै भेट सरह हुने अनुमान गरेका छन् ।

वान टु वान वार्तापछि दुवै पक्षका डेलिगेशनसँग बसेर छलफल हुने बताइएको छ । त्यसपछि होटल सोल्टीमा नै दुई पक्षले एकसाथ डिनर गरेपछि छुट्टिनेछन् ।
आजै साझँ मधेशवादी दलका नेताहरुसँग पनि स्वराजले भेटवार्ता गर्नेछिन् । राजपा अध्यक्षमण्डलका सबै सदस्य र फोरमका अध्यक्ष उपेन्द्र यादवसँग साझँ भेट्ने समय तय भएको हो ।

भोली विहान स्वराजले माओवादी अध्यक्ष प्रचण्डलाई भेट्ने समय तालिका बनाएकी छिन् । प्रचण्डसँगको बे्रकफास्ट मिटिङपछि स्वराज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने बताइएको छ । त्यसपछि स्वारजको भेट प्रधानमन्त्री शेरबहादुर देउवासँग हुनेछ । प्रधानमन्त्री देउवालाई भेट्न स्वराज प्रधानमन्त्री निवास वालुवाटार जानेछिन् ।

देउवासँगको लञ्च मिटिङपछि स्वारज वालुवाटारबाट सिधै विमानस्थलबाट भारत प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी छाप र पुस्तकमै छैन कालापानी सहितको नेपालको नक्सा
सरकारी छाप र पुस्तकमै छैन कालापानी सहितको नेपालको नक्सा
राजेन्द्र महतोले भारतिय नागरिकलाई बनाए नेपालमा सांसद !
राजेन्द्र महतोले भारतिय नागरिकलाई बनाए नेपालमा सांसद !
जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न मन्त्रीको निर्देशन
जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न मन्त्रीको निर्देशन
देउवा सरकारको मन्त्रालय टुंगो लाग्यो, कसलाई कुन ?
देउवा सरकारको मन्त्रालय टुंगो लाग्यो, कसलाई कुन ?
कोरोनाविरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछः चिनियाँ कम्पनी
कोरोनाविरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछः चिनियाँ कम्पनी
पशुपतिनाथको महास्नानघर भासिएपछि जीर्णोद्वार गरिँदै
पर्यटन बोर्ड सदस्य छनोटमा पर्यटनमन्त्रीको चलखेल: दासलाई नियुक्त गर्ने तयारी
पर्यटन बोर्ड सदस्य छनोटमा पर्यटनमन्त्रीको चलखेल: दासलाई नियुक्त गर्ने तयारी
बाल यौन दुराचारमा रामबहादुर बम्जनलाई १० वर्ष कैद
बाल यौन दुराचारमा रामबहादुर बम्जनलाई १० वर्ष कैद
विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले गर्यो मिसाइल  परिक्षण ।
विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले गर्यो मिसाइल परिक्षण ।
Civil Service Day: PM urges employees to boost performance
Civil Service Day: PM urges employees to boost performance

तपाईंले छुटाउनुभयो कि?