ओली, देउवा, प्रचण्ड र गच्छदारलाई किन बोलाइन् राष्ट्रपति भण्डारीले ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
३२ पटक हेरिएको
Shares
ओली, देउवा, प्रचण्ड र गच्छदारलाई किन बोलाइन् राष्ट्रपति भण्डारीले ?

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तापक्ष र प्रतिपक्षी दलका चार जना शीर्ष नेताहरुसँग आज भेटवार्ता गरेकी छिन्।

आइतबार साँझ सत्तारुढ दल नेकपाबाट प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई शीतलनिवासमा बोलाएर भण्डारीले समसामयिक विषयमा छलफल गरेकी हुन् ।

भेटमा सहभागी कांग्रेस उपसभापति गच्छदारका अनुसार भेटमा राष्ट्रपति भण्डारीले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिएकी थिईन । त्यस्तै समसामयिक विषयमा छलफल समेत भएको उनले पत्रकार ऋषि धमलालाई जनाए । मुलुकमा पछिल्लो समय भ्रष्टाचार ह्वात्तै बढेको भन्दै राष्टपति भण्डारीले यसप्रति नेताहरुको ध्यानाकार्षण गराएकी थिईन् ।

Comments

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?