भारतिय चर्चित गायिका कनिका कपुरलाई लाग्यो कोरोना

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र ७, २०७६
|
|
३७ पटक हेरिएको
Shares
भारतिय चर्चित गायिका कनिका कपुरलाई लाग्यो कोरोना

सारांश

  • बलिउडकी चर्चित गायिका कनिका कपुरले आफूलाई कोरोना भाइरस(कोभिड-१९)को संक्रमण भएको बताएकी छन् ।
  • उत्तर प्रदेशको लखनउ सहरमा रहेकी कनिकाले आफ्‍नाे इन्स्टाग्राम एकाउन्टबाट आफूलाई संक्रमण भएको जानकारी गराउँदै आफ्‍नाे सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्‍न आग्रह गरेकी छन्।
  • १० दिनअघि भारत बाहिर कन्सर्ट गरेर फर्किएकी ‘बेबी डल’ गायिकाले ४ दिनअघि मात्रै यो संक्रमणको लक्षण देखिएकाले आफूले धेरैलाई भेटेको बताएकी छन्।

बलिउडकी चर्चित गायिका कनिका कपुरले आफूलाई कोरोना भाइरस(कोभिड-१९)को संक्रमण भएको बताएकी छन् । उत्तर प्रदेशको लखनउ सहरमा रहेकी कनिकाले आफ्‍नाे इन्स्टाग्राम एकाउन्टबाट आफूलाई संक्रमण भएको जानकारी गराउँदै आफ्‍नाे सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्‍न आग्रह गरेकी छन्।

१० दिनअघि भारत बाहिर कन्सर्ट गरेर फर्किएकी ‘बेबी डल’ गायिकाले ४ दिनअघि मात्रै यो संक्रमणको लक्षण देखिएकाले आफूले धेरैलाई भेटेको बताएकी छन्। उनले संक्रमण भइसकेपछि मुम्बई र लखनउका कार्यक्रममा भाग लिएकी भन्दै अर्की गायकी सोना मोहापात्राले आलोचना गरेकी छन्।

‘सरकारले केही गरेन भन्ने तर आफूले कुनै जिम्मेवारी बोध नगर्ने मूर्खहरुका कारण भारतमा कोरोना व्यापक मात्रामा फैलिने देखियो,’ उनले ट्विटरमा लेखेकी छन्। उनले संक्रमण भएकी कनिकाले सहरहरुमा कार्यक्रम गरेको र पाँचतारे होटलमा बसेको भन्दै आलोचना गरेकी हुन्। अभिनेत्री गौहर खानले कनिकाको सम्पर्कमा आएका एक सयजनालाई तुरुन्त आइसोलेसनमा गइ परीक्षण गराउन आग्रह गरेकी छन्।

कनिका उपस्थित पार्टीमा सहभागी भएका राजस्थानकी पूर्व मुख्यमन्त्री बसुन्धरा राजे र उनका छोरा दुश्यन्तले आफूहरु कसैको सम्पर्कमा नगइ आइसोलेसनमा बसेको बताएका छन्। कनिकाका पिता राजीव कपुरले आज तकसँगको अन्तर्वातामा कनिका विदेशबाट फर्किएपछि ३ सय ५० देखि ४ सय जनाको सम्पर्कमा आएको बताएका छन्। तर, कनिकाले भने यसलाई झुटो भन्दै आफू ३०-३५ जनाको मात्रै सम्पर्कमा पुगेको बताएकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?