गृहमा अर्काे दुरुपयोग

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ३०, २०७७
|
|
५४ पटक हेरिएको
Shares
गृहमा अर्काे दुरुपयोग

सारांश

  • गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो सफलतामा सुरक्षाकर्मीको दुरुपयोग नियन्त्रणलाई प्राथमिकताका साथ राख्ने गरेका छन् ।
  • तर वास्तविकता के छ भने मन्त्रालयबाटै सुरक्षाकर्मीको दुरुपयोग बढ्दै गएको छ ।
  • यसअघि नै नेपाल प्रहरी र सशस्त्रका ४० भन्दा धेरै चालक तथा सहयोगीलाई गृहमा काजमा खटाइएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो सफलतामा सुरक्षाकर्मीको दुरुपयोग नियन्त्रणलाई प्राथमिकताका साथ राख्ने गरेका छन् । तर वास्तविकता के छ भने मन्त्रालयबाटै सुरक्षाकर्मीको दुरुपयोग बढ्दै गएको छ ।
यसअघि नै नेपाल प्रहरी र सशस्त्रका ४० भन्दा धेरै चालक तथा सहयोगीलाई गृहमा काजमा खटाइएको छ । गृहमा चालक नभएर राखिएको होइन गृहका चालक भन्दा प्रहरीले सम्मान गर्ने भएकाले त्यसरी दुरुपयोग गरिएको छ । प्रहरीको स्यालुट खानका लागि यसरी चालकको सुरक्षाकर्मीको गृह मन्त्रालयबाटै दुरुपयोग हुँदै आएको छ ।

सुधारको कुरा गरिरहेको गृहले थप ६ जना चालक पठाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको स्रोत बताउँछ । प्रहरी समायोजन सचिवालयका लागि भनेर यसरी थप चालक मागिएको छ । तर, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री यति कमजोर भइसकेका छन् कि, पहिले नै मन्त्रालय लगिएका चालकलाई खटाउनुपर्छ भनेर अडान समेत राख्न सक्दैनन् ।उपसचिवहरुले गाडीको सुविधा नै पाउँदैनन् । तर, गृहमा भने सबै जसो उपसचिवले गाडी र चालकको समेत सुविधा प्रयोग गर्दै आएका छन् । इन्धनमा त ठूलो हिनामिना रहेको स्रोत बताउँछ । गृहमन्त्रीका सचिवालयका व्यक्तिले आफ्ना आफन्तहरुलाई समेत गृहको इन्धनको कुपन बाड्ने गरेका छन् । गृहका केही गाडी र चालक अवकाशप्राप्त उच्च अधिकारीले फिर्ता समेत नगरेको स्रोत बताउँछ ।-दृष्टिबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई
प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई
आलेख : सिक्टा आयोजना अन्योल बनेपछि बाँकेवासी निराश
आलेख : सिक्टा आयोजना अन्योल बनेपछि बाँकेवासी निराश
जनतालाई देउवाको प्रश्नः तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने ?
जनतालाई देउवाको प्रश्नः तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने ?
केपी शर्मा ओलीको अग्रता कायमै यस्तो छ (ताजा मत परिणाम)
केपी शर्मा ओलीको अग्रता कायमै यस्तो छ (ताजा मत परिणाम)
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको श्रीमतीलाई कोरोना भाइरस
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको श्रीमतीलाई कोरोना भाइरस
बयालीस वडामा सचिव नभएपछि बैतडीका जनतालाई सास्ती
बयालीस वडामा सचिव नभएपछि बैतडीका जनतालाई सास्ती
बेचन झाको बोली नफुट्दा शरणार्थी प्रकरणमा जोगिए ‘भीभीआईपी’
बेचन झाको बोली नफुट्दा शरणार्थी प्रकरणमा जोगिए ‘भीभीआईपी’
टिचिङ अस्पतालकाे अाेपीइडी शेवा माइतीघर मण्डलामा !
टिचिङ अस्पतालकाे अाेपीइडी शेवा माइतीघर मण्डलामा !
अब के हुन्छ ‘थरूहट’ ?
अब के हुन्छ ‘थरूहट’ ?
प्रहरी महानिरीक्षक कार्की थाइल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनबाट स्वदेश फर्किए
प्रहरी महानिरीक्षक कार्की थाइल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनबाट स्वदेश फर्किए

तपाईंले छुटाउनुभयो कि?