कहाँ हराए होला ! रवीन्द्र अधिकारीका अंगरक्षकको पेस्तोल

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन १९, २०७५
|
|
५९ पटक हेरिएको
Shares
कहाँ हराए होला ! रवीन्द्र अधिकारीका अंगरक्षकको पेस्तोल

सारांश

  • काठमाडौं ।
  • ताप्लेजुङको पाथीभरा क्षेत्रमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलगायतको दाह संस्कार भैसकेको छ ।
  • मन्त्रीका अंगरक्षक घिमिरेले बोकेको पेस्तोल अझै भेटिएको छैन ।

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलगायतको दाह संस्कार भैसकेको छ । मन्त्रीका अंगरक्षक घिमिरेले बोकेको पेस्तोल अझै भेटिएको छैन ।

अधिकारीका अंगरक्षक अर्जुन घिमिरेले बोकेको पेस्तोल खोज्न सेना अझै घटनास्थलमा परिचालित छ ।

सुरक्षा अधिकारीका अनुसार पेस्तोल त्यति सजिलै जल्नसक्ने हुँदैन । सुरक्षाकर्मीका अनुसार पेस्तोल हत्तपत्त जल्न नसक्ने र ध्वस्त हुन नसक्ने भएकाले दुरुपयोग हुनसक्ने भन्दै खोज्न थालिएको हो ।

त्यस क्षेत्रमा हिउँ परिरहेको र हिउँमाथि नै सेनाले घटनास्थललाई सुरक्षित राख्दै पेस्तोल खोज्दैछन् । शव संकलन गरी सुरक्षा निकायले पेस्तोल खोज्नमा ध्यान दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?