याङ्ग्री लार्केको पानी ल्याउने बाटो खुल्यो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन १, २०७६
|
|
४१ पटक हेरिएको
Shares
याङ्ग्री लार्केको पानी ल्याउने बाटो खुल्यो

सारांश

  • मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्ग्री लार्के आयोजना कार्यान्वयन गर्ने सिलसिलामा पाँचपोखरी थाङपाल गाउँपालिकासँग सम्झौता सम्पन्न भएको छ ।
  • पहिलो चरणमा १७ करोड लिटर पानी ल्याउने काम करीब सम्पन्न हुने दौरानमा रहेको छ ।
  • दोस्रो चरणअन्तर्गत ३४ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याउँदा प्रभावित हुने स्थान र जनताले के–के सुविधा पाउने भन्ने विषयमा केही विवाद कायम थियो ।

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्ग्री लार्के आयोजना कार्यान्वयन गर्ने सिलसिलामा पाँचपोखरी थाङपाल गाउँपालिकासँग सम्झौता सम्पन्न भएको छ । पहिलो चरणमा १७ करोड लिटर पानी ल्याउने काम करीब सम्पन्न हुने दौरानमा रहेको छ ।

दोस्रो चरणअन्तर्गत ३४ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याउँदा प्रभावित हुने स्थान र जनताले के–के सुविधा पाउने भन्ने विषयमा केही विवाद कायम थियो । अब त्यो विवाद अन्त्य भएपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने काम सम्पन्न भएको छ ।

दुवै नदीबाट पानी पठाएवापत प्रभावित जनताले पाउने सुविधाका सम्बन्धमा गाउँपालिका र सरोकार समितिकातर्फबाट नौ वटा माग प्रस्तुत गरिएको र ती माग पूरा गर्न समितिले सहमति जनाएपछि यो अवस्था सिर्जना भएको छ । आयोजना कार्यान्वयन गर्दा स्थानीय सरकार तथा समुदायमा विश्वासको वातावरण सिर्जना हुने र आयोजना समयमै सम्पन्न हुने आधारशिला तय हुने उदेश्यले मेलम्ची खानेपानी विकास समितिका तर्फबाट समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री र गाउँपालिका अध्यक्ष टासी लामाबीच सोही क्षेत्रका सांसद शेरबहादुर तामाङ र सामाजिक विकासविज्ञ शम्भुप्रसाद कट्टेलको रोहबरमा सो सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

याङ्ग्री लार्के सरोकार समिति, गाउँपालिका र समितिबीच पटक–पटक भएको छलफलपश्चात यो सम्झौता भएपछि अब दोस्रो चरणको कामले गति लिने र समयमै आयोजना सम्पन्न हुनेमा सम्बद्ध पक्ष ढुक्क देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Abhishek Bachchan once again trolled his trollers on social media
Abhishek Bachchan once again trolled his trollers on social media
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
मुक्तिनाथ विकास बैंकको खुद नाफा घट्यो, खराब कर्जा बढ्यो
मुक्तिनाथ विकास बैंकको खुद नाफा घट्यो, खराब कर्जा बढ्यो
केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड
केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड
चेल्सी जित्दा आर्सनल पराजित
चेल्सी जित्दा आर्सनल पराजित
यू-१९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी
यू-१९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी
अनुकुल समयमा उम्मेदवार मनोनयन दर्ता आयोगको आग्रह
अनुकुल समयमा उम्मेदवार मनोनयन दर्ता आयोगको आग्रह
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
आजको राशीफल
आजको राशीफल
मेरो बदनम गराउने समितिलाई २७ गते जवाफ दिन्छुः मन्त्री पण्डित