कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १२, २०७९
|
|
४७ पटक हेरिएको
Shares
कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा

सारांश

  • सुर्खेत १२ भदौ ।
  • नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका कर्णाली प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।
  • जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्धमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।

सुर्खेत १२ भदौ । नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका कर्णाली प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्धमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलले उनीहरुलाई राजीनामा दिन आग्रह गरेसँगै आइतबार मन्त्रीद्वयले राजीनामा बुझाएका हुन् ।

राजीनामा पत्र बुझे लगत्तै मुख्यमन्त्री शाहीले स्वीकृत समेत गरिसकेका छन् । सोमबार नयाँ मन्त्रीहरू नियुक्त हुने मुख्यमन्त्री शाहीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?