कर्णाली प्रदेशमा संसदिय दलको लफडा !

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ३०, २०७५
|
|
४९ पटक हेरिएको
Shares
कर्णाली  प्रदेशमा संसदिय दलको लफडा !

सारांश

  • सुर्खेत, ३० जेठ ।
  • मुख्यमन्त्री संसदीय दलकाे नेता हुने चलन भएपनी कर्णाली प्रदेशमा संसदीय दलको नेता चयन हुन सकिरहेको छैन ।
  • संविधानमा जो संसदीय दलको नेता हुन्छ उही मुख्यमन्त्री हुने ब्यवस्था छ ।

सुर्खेत, ३० जेठ । मुख्यमन्त्री संसदीय दलकाे नेता हुने चलन भएपनी कर्णाली प्रदेशमा संसदीय दलको नेता चयन हुन सकिरहेको छैन । संविधानमा जो संसदीय दलको नेता हुन्छ उही मुख्यमन्त्री हुने ब्यवस्था छ ।

कर्णाली प्रदेशका हालका मुख्यमन्त्री महेन्द्र शाही छन तर शाहीललाई संसदीय दलको नेता बन्न नदिन नेपाल कम्युनिष्ट पार्टीकै केन्द्रीय सदस्य यामलाल कँडेल लागेका स्राेतकाे दाबी छ  । उनले संसदीय दलको नेताको दाबी गरिरहेका कारण कर्णाली प्रदेशमा संसदीय दलको नेता चयन हुन सकिरहेको छैन ।

पहिला एमाले र माओवादी अलग अलग दल थिए र संसदीय दलका नेता पनि अलग नै थिए । कँडेल अलग पार्टी हुँदा एमालेको संसदीय दलका नेता थिए । तर एउटै भएपछि अब त्यो संभव छैन । कँडेल संसदीय दलको नेता भएपछि प्रदेश प्रमुखलाई त्यसको जानकारी दिने र मुख्यमन्त्री हुने सपना देखिरहेका छन् ।

नेकपाको ऐतिहासिक एकता भएको अवस्थामा एकतालाई नै असर पर्नेगरी  कँडेल प्रस्तुत हुन थालेको पूर्वमाओवादी नेताहरुको बुझाइ छ । चुनावपछि कर्णाली प्रदेशमा सरकार बन्न सहज रुपमा नदिएर उनले अवरोध गरेका थिए । माओवादी र एमाले आधा आधा कार्यकाल बाँडनुपर्छ भन्दै उनले हलो अड्काउने काम गरेकाले सरकार गठन नै बिलम्ब हुन पुगेको थियो ।

अहिले संसदीय दलको नेता चयनमा पनि कँडेलले त्यस्तै हर्कत देखाउदैआएका छन् । र, प्रदेशमा केही पनि काम हुन दिइरहेका छैनन् साँघु साप्ताहिकमा खबर छ। प्रदेश योजना आयोग समेत उनकै कारण ४ महिनासम्म बन्न सकेको छैन । उनले भनेकै ब्यक्तिलाई आयोगको उपाध्यक्षमा नियुक्ति गर्र्नुपर्ने सर्त राखेका कारण आयोग नै गठन हुन सकेको छैन ।

उनको कोटामा प्रदेशको भौतिक योजना मन्त्री भएका ठेकेदार खड्ग खत्रीले बजेटको ठूलो हिस्सा बिनियोजन गरे । तर एक पैसा पनि खर्च नगरी बजेट फ्रिज गराएका छन् । र, मुख्यमन्त्री शाहीलाई असफल बनाउने भूमिका खेलेका छन् । अरु मन्त्रीले केही बजेट खर्च गरे पनि खत्रीले कत्ति पनि खर्च नगरी मुख्यमन्त्री शाहीलाई असफल बनाउन कँडेलको योजनामा चलेको आरोप छ । खड्ग खत्री कर्णाली प्रदेशमात्र होइन, सबै प्रदेशका मन्त्री भन्दा बढी सम्पत्ति भएका भनेर चिनिन्छन् ।

कर्णाली प्रदेशमा प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता जीवनबहादुर शाहीसंग मिलेर कँडेलले आफ्नै पार्टीका मुख्यमन्त्री शाहीलाई असफल बनाउन लागेको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कात्तिक महिनाभित्रै समाजवादी पार्टी सरकारबाट बाहिरिने
कात्तिक महिनाभित्रै समाजवादी पार्टी सरकारबाट बाहिरिने
आउने भयो केरुङ-काठमाडौं विद्युतीय रेल, चीन भ्रमणमा १४ सम्झौता
आउने भयो केरुङ-काठमाडौं विद्युतीय रेल, चीन भ्रमणमा १४ सम्झौता
सांसद एवं नेकपाका नेता राजिव पहारीले गरे श्रीयाकाे परिवारलाइ आर्थिक सहयोग
सांसद एवं नेकपाका नेता राजिव पहारीले गरे श्रीयाकाे परिवारलाइ आर्थिक सहयोग
हिमपातले पश्चिम नेपालको जनजीवन कष्टकर
हिमपातले पश्चिम नेपालको जनजीवन कष्टकर
एक दिनमा २७ हार्ट अट्याक, तर पनि मान्छे जिवितै
एक दिनमा २७ हार्ट अट्याक, तर पनि मान्छे जिवितै
माधव नेपाललाई अर्काे झट्का, सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा
माधव नेपाललाई अर्काे झट्का, सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा
सिउरुङमा पहिलोपटक प्रजिअ र प्रहरी प्रमुख पुग्दा …..
सिउरुङमा पहिलोपटक प्रजिअ र प्रहरी प्रमुख पुग्दा …..
प्रधानमन्त्रीको प्रयास विफल बनाउने पक्षमा मन्त्री तथा पार्टीका नेताहरु
प्रधानमन्त्रीको प्रयास विफल बनाउने पक्षमा मन्त्री तथा पार्टीका नेताहरु
सगरमाथाको आरोहण गर्ने क्रममा दुइ जनाको मृत्यु !
भोलि पूर्वराजाका नातिको व्रतबन्ध, राष्ट्रपतिसहित ३ हजारलाई निम्तो

तपाईंले छुटाउनुभयो कि?