काँग्रेसका बागी उम्मेदवार स्वतः निलम्बन हुने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २१, २०७४
|
|
११४८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, २० वैशाख ।
  • नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गर्ने पार्टीका सदस्यले उम्मेदवारी फिर्ता नलिए स्वतः निलम्बन हुने जनाएको छ ।
  • बागी उम्मेदवारलाई निर्वाचन आयोगद्वारा तोकिएको मिति यही वैशाख २१ गते निर्धारित समयभित्र उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

काठमाडौँ, २० वैशाख । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गर्ने पार्टीका सदस्यले उम्मेदवारी फिर्ता नलिए स्वतः निलम्बन हुने जनाएको छ ।

बागी उम्मेदवारलाई निर्वाचन आयोगद्वारा तोकिएको मिति यही वैशाख २१ गते निर्धारित समयभित्र उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

तोकिएको समयसीमाभित्र उम्मेदवारी फिर्ता नलिए त्यस्ता बागी उम्मेदवार, निजको प्रस्तावक र समर्थक काँग्रेसको विधानअनुसार पार्टीबाट स्वतः निस्कासित हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?