कारोना भाइरसको जोखिमले चीनको कलकारखानाको गतिविधि ठप्प

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ १७, २०७६
|
|
५७ पटक हेरिएको
Shares
कारोना भाइरसको जोखिमले चीनको कलकारखानाको गतिविधि ठप्प

सारांश

  • चीन विश्वकै सबैभन्दा बढी सामान उत्पादन गर्ने देश हो ।
  • प्रत्येक दिन यसले आफ्नो अर्थ व्यवस्थालाई नयाँ उचाईमा लगिरहेको छ ।
  • तर, हालमै नयाँ नोवल कोरोना भाइरसका संक्रमण बढेसंगै चीनले व्यापक घाटा सहनु परेका छ ।

चीन विश्वकै सबैभन्दा बढी सामान उत्पादन गर्ने देश हो । प्रत्येक दिन यसले आफ्नो अर्थ व्यवस्थालाई नयाँ उचाईमा लगिरहेको छ । तर, हालमै नयाँ नोवल कोरोना भाइरसका संक्रमण बढेसंगै चीनले व्यापक घाटा सहनु परेका छ । चीनको अधिकांश शहरहरु भाइरसको संक्रमणबाट बच्न र यसको न्यूनीकरण गर्न सम्पूर्ण उत्पादन गर्ने क्षेत्रहरु बन्द गरिएको छ ।चीनको नियमित व्यापारलाई नयाँ भाइर।सले ठूलो क्षति पुर्याएको अधिकारीहरु बताउँछन् । भाइरसका कारण चीनको टुरिजमलाई र रिटेलर क्षेत्रलाई असर परेको छ । यसले चीनको पहिलो त्रैमासिक आर्थिक वृद्विलाई ठूलो असर पर्ने जनाइएको छ । चीनको करिब ३० वर्षमा सबैभन्दा कमजोर अर्थ व्यवस्था भएको तथ्यांकले देखाएको छ । चीनको अर्थ व्यवस्था करिब ६।१ प्रतिशतले घटेको जनाइएको छ ।

चीन र अमेरिकाबीच रहेको व्यापार युद्वले पनि चीन लगायत विभिन्न मूलुकको अर्थ व्यवस्थालाई धक्का पुगेको थियो । कोरोना भाइरसबाट प्रभावित भएको विजनेसहरुलाई तरलता र क्रेडिट समर्थनको लागि बेइजिङले सहयोग पुर्याउने समेत जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?