कांग्रेस विधिसम्मत् ढङ्गले चल्न सकेन: नेता सिंह

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ २८, २०८०
|
|
३४ पटक हेरिएको
Shares
कांग्रेस विधिसम्मत् ढङ्गले चल्न सकेन: नेता सिंह

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिसम्मत् ढङ्गले चल्न नसकेको बताएका छन् ।
  • नेपाल ट्रेडयुनियन कांग्रेस वाग्मती प्रदेशको दोस्रो अधिवेशनलाई आज सम्बोधन गर्दै उनले पार्टी विधिसम्मत् ढङ्गले चल्न नसक्दा भ्रातृ र शुभेच्छुक संस्था अफ्ट्यारोमा परेको बताएका हुन् ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिसम्मत् ढङ्गले चल्न नसकेको बताएका छन् । नेपाल ट्रेडयुनियन कांग्रेस वाग्मती प्रदेशको दोस्रो अधिवेशनलाई आज सम्बोधन गर्दै उनले पार्टी विधिसम्मत् ढङ्गले चल्न नसक्दा भ्रातृ र शुभेच्छुक संस्था अफ्ट्यारोमा परेको बताएका हुन् ।

“प्रजातान्त्रिक पार्टी कांग्रेस प्रजातान्त्रिक विधि र पद्धतिअनुसार चल्न सकेन, विधि र विधानअनुसार चल्न नसकेकै कारण यो अवस्था सिर्जना भएको हो,” नेता सिंहले भने । ट्रेड युनियनका मुद्दा सम्बोधन गर्न कांग्रेस लागिपर्ने स्पष्ट पार्दै उहाँले योग्य र ट्रेड युनियन हाक्नसक्ने नेतृत्वलाई चयन गर्न प्रतिनिधिलाई आग्रह गरे ।

कांग्रेस केन्द्रीय सदस्य रमा पौडेलले कांग्रेसलाई बलियो बनाउन ट्रेड युनियन कांग्रेस बलियो हुनुपर्ने धारणा व्यक्त गरे । उनले ट्रेड युनियन कांग्रेस र पार्टीको नेतृत्वलाई जोड्न आफू लाग्ने विश्वास व्यक्त गरे । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यले पार्टीका नेतृत्वले मजदुरको समस्यालाई सम्बोधन गर्न नसकेको गुनासो गरे।

उनले मुलुकको सात सय ५३ वटै स्थानीय तहमा ट्रेड युनियन कांग्रेसको सङ्गठन विस्तार गर्न ट्रेड युनियन कांग्रेस लागेको बताए । नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष खिलानाथ दाहाल, वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव, महासचिव योगेन्द्र कुँवरलगायतले पार्टीको विधानमा मजदुरको मुद्दालाई समावेश गर्न पार्टी नेतृत्व लाग्नुपर्ने बताए ।आजदेखि सुरु भएको महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ल्होसार गुथुक साँझको तयारी पुरा, साम्दे शेर्पा पुररस्कारबाट पुरस्कृत हुँदैछन् यी ३ श्रष्टा
ल्होसार गुथुक साँझको तयारी पुरा, साम्दे शेर्पा पुररस्कारबाट पुरस्कृत हुँदैछन् यी ३ श्रष्टा
एकल लोक गायन प्रतियोगिता आयोजना हुने, यस्तो छ तयारी
एकल लोक गायन प्रतियोगिता आयोजना हुने, यस्तो छ तयारी
इजरायल–हमास युद्धमा १५ सय बढी मारिए, कस्तो छ हालको अवस्था ?
इजरायल–हमास युद्धमा १५ सय बढी मारिए, कस्तो छ हालको अवस्था ?
प्राधिकरणमा थप दुईसहित चार भवन खाली गराइयो, चीनबाट फर्कनेलाई नगरकोटमा पनि राखिने
प्राधिकरणमा थप दुईसहित चार भवन खाली गराइयो, चीनबाट फर्कनेलाई नगरकोटमा पनि राखिने
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
सामुद्रिक चक्रवातले बदली : देशभर चिसो बढ्यो
सामुद्रिक चक्रवातले बदली : देशभर चिसो बढ्यो
झाडापखालाबाट ग्रस्त एमाले अध्यक्ष ओली तंग्रिन थाले
झाडापखालाबाट ग्रस्त एमाले अध्यक्ष ओली तंग्रिन थाले
“नेता सुरक्षित हुन खाेज्दा पिडितकाे न्याय हरण  “
“नेता सुरक्षित हुन खाेज्दा पिडितकाे न्याय हरण “
नियमित अश्लील फिल्म हेर्दा यस्तो पर्छ असर, ज्यान पनि…
नियमित अश्लील फिल्म हेर्दा यस्तो पर्छ असर, ज्यान पनि…
चिसो मौसमका बाबजुद मतदाताको उपस्थिति बाक्लो
चिसो मौसमका बाबजुद मतदाताको उपस्थिति बाक्लो

तपाईंले छुटाउनुभयो कि?