काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ११, २०७९
|
|
४७ पटक हेरिएको
Shares
काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी

सारांश

  • काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भएकी छिन् ।
  • मतगणना गर्न अझै केही हजार मत बाँकी छन् ।

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भएकी छिन् । मतगणना गर्न अझै केही हजार मत बाँकी छन् ।

तर, गणना गर्न बाँकी मतभन्दा सुनिताले निकटतम प्रतिस्पर्धीसँग बनाएको अग्रता धेरै भएकोले उनी विजयी भइसकेकी छिन् । उनी विजयी भएको औपचारिक घोषणा हुनको लागि भने सबै मत गणना गर्नुपर्ने भएकोले अझै केही समय लाग्नेछ ।

काठमाडौंमा कुल खसेको करिब एक लाख ९१ हजार मतमध्ये उनले करिब ६० हजार मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एसका रामेश्वर श्रेष्ठले करिब २० हजार मत पाएका छन् ।

उनीहरुबीच करिब ४० हजारको मतान्तर छ । अब गन्न २२ हजारभन्दा केही बढी मत मात्र बाँकी छ र बाँकी सबै भोट रामेश्वर श्रेष्ठले पाएको अवस्थामा पनि संगोल नै विजयी हुने पक्का छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?