कानुनको कुरा जनताको दैनिकीसँग जोडिनुपर्छ : अध्यक्ष तिमिल्सिना

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर १२, २०७५
|
|
३४ पटक हेरिएको
Shares
कानुनको कुरा जनताको दैनिकीसँग जोडिनुपर्छ : अध्यक्ष तिमिल्सिना

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले ऐनमा लेखेको कुरा जनताको दैनिकीसँग जोडिनुपर्ने बताए ।
  • ऐनलाई कार्यान्वयन गर्न पनि कार्ययोजना बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गरेका छन् ।

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले ऐनमा लेखेको कुरा जनताको दैनिकीसँग जोडिनुपर्ने बताए । ऐनलाई कार्यान्वयन गर्न पनि कार्ययोजना बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गरेका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले आयोजना गरेको गोष्ठीमा कानुन निर्माण प्रक्रियाको अध्ययन अनुसन्धानका ऐन कार्यान्वयनको मापनबारे छलफल गरिएको छ ।
कार्यशाला गोष्ठीमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले संसद नयाँ संविधानअनुसार बन्नुपर्ने कानुन निर्माण संसोधनको प्रक्रियामा रहेको बताए । अब बन्ने, परिमार्जन हुने कानुन व्यवहारिक कार्यान्वयन गर्न सहज हुन ढंगले निर्माण गर्नुपर्ने बताए ।

‘हामीले निर्माण गरेका कानुन धेरै छन् । तर, सबै प्रभावकारी रुपमा कार्यान्वयन भएका छैनन्,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘अब, ती पुराना कानुनलाई समयसापेक्ष परिमार्जन गरी त्यसको प्रतिफल जनताले महसुस र प्रयोग गर्न पाउनुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले नयाँ संविधानअनुसार निर्माण भएका मौलिक हक सम्बन्धी कानुन कार्यान्वयन गर्न सरकार मुख्य ध्यान दिन जरुरी रहेको धारणा राखे ।

फागुन २१ भित्र करिब २ सय कानुन संशोधन गरिसक्नुपर्ने एउटा समयसीमा छ,’ उनले भने, ‘अब, फागुन पहिलो हप्ता विधेयक दर्ता गरेर नियम निलम्बन गरेर हतारमा कानुन बनाउनुपर्ने अवस्था आउनुहुँदैन । त्यसैले सरकारले समयमै विधेयक दर्ता गर्नुपर्छ । हामी छिटो कानुन निमार्णमा लाग्न चाहन्छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?