किम जोङ उन चीन पुग्दा डाेनाल्ड ट्रम्पले गरे यस्ताे ट्विट !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २५, २०७५
|
|
५६ पटक हेरिएको
Shares
किम जोङ उन चीन पुग्दा डाेनाल्ड ट्रम्पले गरे यस्ताे ट्विट !

सारांश

  • काठमाडाै, २५ वैशाख ।
  • उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले चीनको उत्तरपूर्वी सहर दालियान पुगेर राष्ट्रपति सी जिनपिङलाई भेटेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन्।
  • मे ७ र ८ तारिखमा सी–किम शिखरवार्ता भएको सिन्ह्वाले जनाएको छ।

काठमाडाै, २५ वैशाख । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले चीनको उत्तरपूर्वी सहर दालियान पुगेर राष्ट्रपति सी जिनपिङलाई भेटेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन्।

मे ७ र ८ तारिखमा सी–किम शिखरवार्ता भएको सिन्ह्वाले जनाएको छ।

मार्च महिनाको अन्तिममा पनि किम जोङ उन रेल चढेर पत्नीसहित बेइजिङ पुगेका थिए। सो बेला पनि उनको भ्रमण समाप्त भइसकेपछि मात्रै यसको समाचार बाहिर आएको थियो।

सीले किमको स्वागतमा भोज आयोजना गरेका थिए। दुई नेताबीच ‘मित्रवत् र सौहार्द्रपूर्ण वातावरणमा’ कुराकानी भएको जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखरवार्ताअघि किमले चिनियाँ राष्ट्रपतिसँग भेट गरेका हुन्। यसअघि अप्रिल २७ मा किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच शिखरवार्ता भएको थियो।

उत्तर कोरियाका लागि आणविक हतियार अत्यावश्यक कुरा नभएको पनि किमले दालियानमा बताएका छन्। उनले सम्बन्धित सबै पक्षले उत्तर कोरियाप्रतिको शत्रुतापूर्ण नीति त्यागेर सुरक्षा खतरा उत्पन्न नगरे आणविक निशस्त्रीकरण सम्भव रहेको बताएको पनि चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

किमसहित उत्तर कोरियाका उच्चअधिकारीहरु चढेको विमान लायोनिङ प्रान्तको दालियानमा अवतरण गरेको जनाइएको छ।

यसैसाता चिनियाँ विदेशमन्त्री वाङ यीले उत्तर कोरिया भ्रमण गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला विश्वकप क्रिकेटको उपाधि इङ्ल्यान्डको कब्जामा, भारत पराजित
महिला विश्वकप क्रिकेटको उपाधि इङ्ल्यान्डको कब्जामा, भारत पराजित
श्रीमतीको हत्या गर्ने पक्राउ
श्रीमतीको हत्या गर्ने पक्राउ
बेलायतको एमआरसिपी प्रि–कन्फ्रेन्स वर्कसप नेपालमा पहिलोपटक मेडिसिटीमा सम्पन्न
बेलायतको एमआरसिपी प्रि–कन्फ्रेन्स वर्कसप नेपालमा पहिलोपटक मेडिसिटीमा सम्पन्न
संसद्मा बोलेका कुराको सम्बोधन गर्न सांसदको माग
संसद्मा बोलेका कुराको सम्बोधन गर्न सांसदको माग
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार
मधेसका मागलाई सम्बोधन गर्न संशोधन प्रस्ताव: नेता सिंह
मधेसका मागलाई सम्बोधन गर्न संशोधन प्रस्ताव: नेता सिंह
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
रुपन्देहीको सिदार्थनगर नगरपालिकाको ताजा अपटेड
रुपन्देहीको सिदार्थनगर नगरपालिकाको ताजा अपटेड
सवारी नम्बर प्लेटको स्वरुप फेरिदै अत्याधुनिक नम्बर प्लेट राख्ने तयारी..
सवारी नम्बर प्लेटको स्वरुप फेरिदै अत्याधुनिक नम्बर प्लेट राख्ने तयारी..
केएल टावरमा सुरु भयो दशैंतिहार उपहार योजना
केएल टावरमा सुरु भयो दशैंतिहार उपहार योजना

तपाईंले छुटाउनुभयो कि?