केन्द्रीय कारागारभित्र अस्पताल सञ्चालन

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २, २०७५
|
|
५९ पटक हेरिएको
Shares
केन्द्रीय कारागारभित्र अस्पताल सञ्चालन

सारांश

  • अच्युत रेग्मीः काठमाडौं, २ माघ ।
  • नेपालकै सबैभन्दा ठूलो कारागारको रूपमा रहेको केन्द्रीय कारागारमा ३० श्ययाको अस्पताल सञ्चालनमा आएको छ ।
  • विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा अस्पताल सञ्चालन गरिएको हो ।

अच्युत रेग्मीः काठमाडौं, २ माघ । नेपालकै सबैभन्दा ठूलो कारागारको रूपमा रहेको केन्द्रीय कारागारमा ३० श्ययाको अस्पताल सञ्चालनमा आएको छ । विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा अस्पताल सञ्चालन गरिएको हो ।

सो अस्पतालमा २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न शुरु गरिएको थियो । कारागार अस्पतालले २०६८ सालमा छुट्टै भवन निर्माण गरी २०७० साउन २८ देखि १५ श्ययाको अस्पताल सञ्चालनमा ल्याएको हो ।

अस्पतालका शाखा अधिकृत सुनिता घिमिरेका अनुसार कैदीबन्दीलाई सबै रोगको उपचार कारागारभित्रै गर्न श्यया थप गरिएको हो । “दशौँ तहको अधिकृतको नेतृत्वमा ६७ जनाको दरबन्दी रहने गरी अस्पताल सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो । तीस श्ययाको अस्पतालमा विभिन्न रोगका सात विशेषज्ञ चिकित्सकले उपचार गर्ने व्यवस्थासमेत मिलाइएको छ ।

केन्द्रीय कारागारमा हाल दुई हजार ८०० कैदीबन्दी छन् । केन्द्रीय कारागारभित्र केन्द्र, भद्र र महिला जेल रहेको छ । तीनवटैमा कैदीबन्दी राख्ने क्षमता एक हजार ५०० रहेको छ ।

अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डा भगतलाल श्रेष्ठ कारागार अस्पतालले पुरुष तथा महिला कैदीबन्दीका लागि छुट्टाछुट्टै वाड स्थापना गरेर ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउण्ड, डेन्टल, मनरोग, छालारोग र आँखा रोगको उपचार गरिरहेको बताउनुहुन्छ ।

पन्ध्र श्ययाको अस्पताल सञ्चालनमा ३१ दरबन्दी रहेको अस्पतालले ३० श्ययाको अस्पताल सञ्चालन गर्नका लागि ३६ दरबन्दी थप गरेको हो । उक्त अस्पतालमा हाल ५५ चिकित्सकले उपचार गरिरहेका छन् ।

कारागार अस्पतालले अस्पतालभित्र उपचार हुन नसकेका बिरामीलाई भने अस्पताल बाहिरका सरकारी अस्पतालमा पठाउने गरेको छ । “रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पताललगायतमा पठाउँदै आएका छौँ”, श्रेष्ठले भन्नुभयो ।

कैदीबन्दीले निजी अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गर्न चाहेमा आफ्नै पैसा खर्च गर्नुपर्ने हुन्छ । कारागार अस्पतालले भने निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको छ । अस्पतालका बिरामीमा अहिले रुघाखोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग देखापरेको छ । साँघुरो ठाँउ र धेरै कैदीबन्दी राख्दा उक्त रोग बढी देखिएको हो ।

दैनिक ८० देखि १०० बिरामीको उपचार गरिरहेको कारागार अस्पतालमा मङ्सिरमा ४७३ पुरुष र ७२ महिला कैदीबन्दीको उपचार गरिएको छ । आव २०७४÷७५ मा ३२ हजार कैदीबन्दीको उपचार गरिएको थियो ।

केन्द्रीय कारागार अस्पतालका बिरामीबाहेक डिल्लीबजार र नख्खु कारागारका कैदीबन्दीको समेत उक्त अस्पतालले उपचार गर्नुका साथै औषधि वितरण गर्दै आएको छ । अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि अस्पताल प्रशासनले ११औँ तहको दरबन्दी र चिकित्सक माग गरेको छ ।

यस्तै, शल्यक्रिया र प्रसूति उपचारको समेत व्यवस्था मिलाउनका लागि माग गरिएको अस्पतालले जनाएको छ । अस्पतालले बिरामी कैदीबन्दीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर चौबीसै घण्टा सेवा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँकेका सबै मतदानस्थलमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगे
बाँकेका सबै मतदानस्थलमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगे
यथास्थितिमा नयाँ गाडी थप्दैन , नवनिर्वाचित अध्यक्ष रोक्का`
यथास्थितिमा नयाँ गाडी थप्दैन , नवनिर्वाचित अध्यक्ष रोक्का`
बंगलादेशमा आज आम निर्वाचन
बंगलादेशमा आज आम निर्वाचन
महिला कबड्डी मा नेपाललाई रजत
महिला कबड्डी मा नेपाललाई रजत
किन काकाकुल बन्यो पूर्वपश्चिम राजमार्गको अमिलिया ?
किन काकाकुल बन्यो पूर्वपश्चिम राजमार्गको अमिलिया ?
करण जाेहरले ताेड्द‌ै सलमानकाे रेकर्ड, लगातार १५ ठूला फिल्म १५ सय कराेड कमाइ !
करण जाेहरले ताेड्द‌ै सलमानकाे रेकर्ड, लगातार १५ ठूला फिल्म १५ सय कराेड कमाइ !
हिजो खाईपाई आएकाहरु तर्सिएर म बिरुद्ध खनिएका हुन् -प्रधानमन्त्री आईटी बिज्ञ अस्गर अली
हिजो खाईपाई आएकाहरु तर्सिएर म बिरुद्ध खनिएका हुन् -प्रधानमन्त्री आईटी बिज्ञ अस्गर अली
विशेष सुरक्षाबलको कारबाहीमा १५ व्यक्ति रिहा
विशेष सुरक्षाबलको कारबाहीमा १५ व्यक्ति रिहा
बाढीपीडितलाई वडाध्यक्षले मागे राहतमा कमिसन!
बाढीपीडितलाई वडाध्यक्षले मागे राहतमा कमिसन!
१० वर्षदेखि राज गरेका मेस्सी र रोनाल्डोलाई छायामा पार्न सक्ने पाँच स्टार,
१० वर्षदेखि राज गरेका मेस्सी र रोनाल्डोलाई छायामा पार्न सक्ने पाँच स्टार,

तपाईंले छुटाउनुभयो कि?