केन्द्रीय कारागारमा सिसी टिभी जडान

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण १२, २०७५
|
|
४५ पटक हेरिएको
Shares
केन्द्रीय कारागारमा सिसी टिभी जडान

सारांश

  • काठमाडौँ, १२ साउन,मुलुककै सबैभन्दा धेरै कैदीबन्दी क्षमताको केन्द्रीय कारागारमा सिसी टिभी जडान भएको छ ।
  • १०४ वर्ष पुरानो केन्द्रीय कारागारमा धेरै कैदीबन्दी र विभिन्न समयमा कारागारबाट बन्दी भाग्ने गरेको घटना बढेपछि सुरक्षाका लागि सिसी टिभी क्यामरा जडान गरिएको हो ।
  • केन्द्रीय कारागार कार्यालयका लेखा अधिकृत कुलप्रसाद रेग्मीले रु १५ लाखको लागतमा ३० क्यामरा जडान गरिएको जानकारी दिनुभयो ।

काठमाडौँ, १२ साउन,मुलुककै सबैभन्दा धेरै कैदीबन्दी क्षमताको केन्द्रीय कारागारमा सिसी टिभी जडान भएको छ ।

१०४ वर्ष पुरानो केन्द्रीय कारागारमा धेरै कैदीबन्दी र विभिन्न समयमा कारागारबाट बन्दी भाग्ने गरेको घटना बढेपछि सुरक्षाका लागि सिसी टिभी क्यामरा जडान गरिएको हो ।

केन्द्रीय कारागार कार्यालयका लेखा अधिकृत कुलप्रसाद रेग्मीले रु १५ लाखको लागतमा ३० क्यामरा जडान गरिएको जानकारी दिनुभयो ।

“अहिले केन्द्रीय र भद्रगोल कारागारमा सिसी क्यामरा जडान गरेका छौं, अर्को वर्ष महिला जेलमा पनि सिसी क्यामरा जडान गर्नेर्छौँ,”– उहाँले भन्नुभयो ।

हाल केन्द्रीय कारागारमा एक हजार ६९५, भद्रगोल कारागारमा ७९० र महिला कारागारमा ३१८ कैदीबन्दी गरी दुई हजार ८०३ र नाबालक चारजना रहेको रेग्मीले बताउनुभयो । केन्द्रीय कारागारमा राखिएको क्यामराको निगरानी प्रहरी प्रमुख र कारागार प्रमुखले गर्नेछन् ।

केन्द्रीय कारागार सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले सिसी क्यामरा जडानसँगै जेलको सुरक्षामा सहज हुने बताउनुभयो ।

“ धेरै कैदीबन्दी हुँदा सबैलाई भित्र गएर निरीक्षण गर्न सकिँदैन, सिसी क्यामरा भएपछि निगरानीमा सहज हुन्छ,”– उहाँले भन्नुभयो ।

जेलभित्र कैदीबन्दीले के–कस्ता काम गर्छन् भन्ने बारेमा धेरै कैदीबन्दी आवतजावत गर्ने मुख्य चोकमा सिसी क्यामरा राखिएको हो ।

कारागार व्यवस्थापन विभागका अनुसार हाल नेपालका ७२ जिल्लाका ७४ कारागारमा १८ हजारभन्दा धेरै कैदीबन्दी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुक्तहलियाका घर निर्माण अलपत्र
मुक्तहलियाका घर निर्माण अलपत्र
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
ठोरीलाई प्रदेश ३ मै गाभ्न सकिन्छ : प्रचण्ड
ठोरीलाई प्रदेश ३ मै गाभ्न सकिन्छ : प्रचण्ड
राजपा सांसद साहले गरे विमानस्थलमा तोडफोड
राजपा सांसद साहले गरे विमानस्थलमा तोडफोड
म प्रजातन्त्रलाई ‘प्रजातन्तर’ र लोकतन्त्रलाई ‘लोकतन्तर’ भनेर उच्चारण गर्छु:  मन्त्री गोकर्ण विष्ट
म प्रजातन्त्रलाई ‘प्रजातन्तर’ र लोकतन्त्रलाई ‘लोकतन्तर’ भनेर उच्चारण गर्छु: मन्त्री गोकर्ण विष्ट
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
दुबई विमान दुर्घटना: तीन ब्रिटिश र एक दक्षिण अफ्रिकी नागरिकको मृत्यु
दुबई विमान दुर्घटना: तीन ब्रिटिश र एक दक्षिण अफ्रिकी नागरिकको मृत्यु
डान्सबार तथा दोहोरी साँझमा किसोरीमाथि यौन शोषण, ३९ जना किशोरीहरूको उद्धार !
डान्सबार तथा दोहोरी साँझमा किसोरीमाथि यौन शोषण, ३९ जना किशोरीहरूको उद्धार !
For what reason Do Persons Think That Online dating services Is Worth It? Here Is A number of the Benefits Of Online dating sites!
काठमाडौँ- ८ मा बाम गठबन्धन  ‘पुरानो इतिहास फर्काइएरै छाड्छौँ’
काठमाडौँ- ८ मा बाम गठबन्धन ‘पुरानो इतिहास फर्काइएरै छाड्छौँ’

तपाईंले छुटाउनुभयो कि?