कोशी प्रदेशमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन १०, २०८०
|
|
६२ पटक हेरिएको
Shares
कोशी प्रदेशमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

सारांश

  • झापा।
  • डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन्।
  • तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ।

झापा। डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन्।

तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ। सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिए।

कोशी प्रदेशको १४ जिल्लामै डेङ्गु फैलिएको छ। उनका अनुसार मोरङमा चार हजार दुई सय ४२ जना सङ्क्रमित छन् भने एक जनाको मृत्यु भएको छ। झापामा दुई हजार नौ सय ६४ जना सङ्क्रमित भएका छन् भने दुई जनाको मृत्यु भएको उनको भनाइ छ। उदयपुरमा पनि एक जनाको मृत्यु भएको छ।

गर्मी र बर्खायाममा डेङ्गु फैलिने गरेको छ। डेङ्गुका अधिकांश बिरामी दुई महिनाभित्र फेला परेका हुन्। सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापालगायत अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालमा डेङ्गुका बिरामीको उपचार भइरहेको छ।

साउनदेखि हालसम्ममा तेह्रथुममा दुई सय ११, पाँचथरमा तीन सय ३८, इलाम पाँच सय ३५, उदयपुर आठ सय १६, धनकुटामा चार सय ३२, भोजपुरमा तीन सय ३१, सङ्खुवासभा आठ सय ६७, ओखलढुङ्गा ४०, ताप्लेजुङमा ३३ र खोटाङमा ४५, सोलुखम्बुमा २० जना डेङ्गुका बिरामी फेला परेका छन्।

डेङ्गु सङ्क्रमण फैलिएसँगै प्रदेशका सबै पालिकाले डेङ्गुको लार्भा खोजेर नष्ट गर्ने, औषधि छिट्नेलगायतका कामसहित जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन्। यद्यपि डेङ्गु सङ्क्रमितको सङ्ख्या झन् बढ्दो रहेको छ।

स्वास्थ्यकर्मीका अनुसार तीव्र ज्वरो आउनु डेङ्गुको लक्षण हो। खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुजस्ता लक्षण डेङ्गुका बिरामीमा देखिन्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ?
कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ?
झापामा केपी अाेली सँग दोस्रो पटक भिडदै लिङदेन ।
झापामा केपी अाेली सँग दोस्रो पटक भिडदै लिङदेन ।
आन्दोलनरत शिक्षकलाई मन्त्रालयले भन्यो, ‘स्थानीय तहमै कुरा मिलाऊ’
आन्दोलनरत शिक्षकलाई मन्त्रालयले भन्यो, ‘स्थानीय तहमै कुरा मिलाऊ’
सांसदद्वारा शान्तिसुरक्षा हुनुपर्ने माग
सांसदद्वारा शान्तिसुरक्षा हुनुपर्ने माग
डा. गोविन्द केसीसँगकै सहमति अनुसार काम भैरहेको छ : शिक्षामन्त्री
डा. गोविन्द केसीसँगकै सहमति अनुसार काम भैरहेको छ : शिक्षामन्त्री
५ पटककाे विजेता समूह चरणबाटै बाहिर, अफगानिस्तान र बंगलादेश सेमिफाइनलमा !
५ पटककाे विजेता समूह चरणबाटै बाहिर, अफगानिस्तान र बंगलादेश सेमिफाइनलमा !
यात्रुको शरीरबाट दुर्गन्ध आएपछि अमेरिकन एयरलाइन्सले जहाजबाट उतारे, पछि उठाए यस्तो कदम
यात्रुको शरीरबाट दुर्गन्ध आएपछि अमेरिकन एयरलाइन्सले जहाजबाट उतारे, पछि उठाए यस्तो कदम
साउन लागेसँगै रङ्गीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि
साउन लागेसँगै रङ्गीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि
विज्ञान र प्रविधिको विकास आवश्यक ः पूर्व प्रधानमन्त्री खनाल
विज्ञान र प्रविधिको विकास आवश्यक ः पूर्व प्रधानमन्त्री खनाल
लिम्बू भाषा सरकारी कामकाजी भाषा
लिम्बू भाषा सरकारी कामकाजी भाषा

तपाईंले छुटाउनुभयो कि?