१८ वर्षपछि बक्सअफिसमा भिड्दै रजनीकान्त र कमल हासन

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २२, २०७९
|
|
४४ पटक हेरिएको
Shares
१८ वर्षपछि बक्सअफिसमा भिड्दै रजनीकान्त र कमल हासन

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

मुम्बई। तमिल सिनेमा सन् २०२३ मा रजनीकान्तको ‘जेलर’ र कमल हासनको ‘इण्डियन २’को मेगा रिलिजको साक्षी बन्दैछ। फ्यानहरु यी दुई बहुप्रतिक्षित फिल्मको पखाईमा छन् । रोचक कुरा के छ भने दुवै तमिल मेगास्टारहरु आ–आफ्नो फिल्मलाई एकै मितिमा रिलिज गर्दैछन्।

दुवै फिल्म नोभेम्बर १० मा रिलिज हुँदैछ। रजनीकान्त र कमल १८ वर्षपछि एकसाथ बक्स अफिसमा भिड्दैछन्। उनीहरुको फिल्म ‘चन्द्रमुखी’ र ‘मुम्बई एक्सप्रेस’ सन् २००५ मा बक्स अफिसमा प्रतिष्पर्धी थियो। ‘चन्द्रमुखी’मा रजनीकान्त र ‘मुम्बई एक्सप्रेस’मा कमलको अभिनय थियो।

कमलको ‘इण्डियन २’ राजनीतिक एक्सन थ्रिलर फिल्म हो। यो फिल्म सन् १९९६ मा रिलिज हिट फिल्म ‘इण्डियन’को सिक्वेल हो। फिल्ममा कमलले वृद्ध भिजिलान्तेको भूमिकामा अभिनय गर्दैछन्। जसले सेनापतिको चरित्रलाई पुनर्ताजगी गर्नेछ। यो फिल्म झण्डै २६ वर्षपछि सिक्वेलका रुपमा दर्शकमाझ आएको हो। ‘इण्डियन २’मा कमलसँगै काजल अग्रवाल, रकुल प्रित सिंह, सिद्धार्थ र बोबी सिम्हा प्रमुख भूमिकामा छन्। फिल्मका निर्देशक एस शंकर हुन्।

नेल्सन दिलिपकुमार निर्देशित ‘जेलर’ एक्सन कमेडी फिल्म हो। फिल्ममा रजनीकान्तसँगै राम्या कृष्णनन, शिव राजकुमार, थमन्ना भाटिया, योगी बाबुको अभिनय छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?