सामाजिक कार्यमा गैरे सेवा समाज, पैसा नभएर घर फर्किएका बालकलाई ६१ हजार

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ १५, २०७५
|
|
५४ पटक हेरिएको
Shares
सामाजिक कार्यमा गैरे सेवा समाज, पैसा नभएर घर फर्किएका बालकलाई ६१ हजार

सारांश

  • दाङ, १५ जेठ ।
  • गैरे सेवा समाज जापान समाज सेवामा सक्रिय भएको छ ।
  • समाजले त्रिवेणी गाउँपालिका– ३ की ३ वर्षीय बालक सुशील बोहराको उपचारार्थ ६१ हजार ५ रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराएको छ ।

दाङ, १५ जेठ । गैरे सेवा समाज जापान समाज सेवामा सक्रिय भएको छ । समाजले त्रिवेणी गाउँपालिका– ३ की ३ वर्षीय बालक सुशील बोहराको उपचारार्थ ६१ हजार ५ रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराएको छ ।

गैरे सेवा समाज दाङ शाखाका सचिव ईश्वरीप्रसाद गैरेको सक्रियतामा तुलसीपुरस्थित तुलसी हस्पिटलमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गरिएको छ । सुशीलकी आमा मुना बोहरालाई सहयोग रकम हस्तान्तरण गरिएको सो कार्यक्रममा केशवराज गैरे, यमकान्त गैरे, बालकृष्ण गैरे र तुलसी हस्पिटलका डा. किशोर खत्रीले मन्तव्य व्यक्त गरेका थिए । तुलसीराम गैरेको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन ईश्वरीप्रसाद गैरेले गरेका थिए ।

त्रिवेणी गाउँपालिका ३ की मुना बोहराको ३ बर्षीय बालक सुशीलको आर्थिक अभावमा उपचार गर्न नसकी घरमा फिर्ता भएको खबर गोरक्ष दैनिकमा प्रकाशित भएको थियो । गैरे सेवा समाज दाङ शाखाका सचिव ईश्वरीप्रसाद गैरेको पहलमा गैरे सेवा समाज जापानले उक्त सहयोग रकम पठाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘दुई-चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दैछ’
‘दुई-चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दैछ’
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
आज बडादशैको महानवमी, एकदिनका लागि तलेजु भवानी मन्दिर खुल्ने
आज बडादशैको महानवमी, एकदिनका लागि तलेजु भवानी मन्दिर खुल्ने
युएई जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने
युएई जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने
महिलाको मृत्यु भएपछि सञ्चालक र चिकित्सक नियन्त्रणमा
महिलाको मृत्यु भएपछि सञ्चालक र चिकित्सक नियन्त्रणमा
ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
मोरङ ३ ढकाल र शर्मा कडा टक्कर
मोरङ ३ ढकाल र शर्मा कडा टक्कर
असार २२ गते सोमवारको राशिफल यस्तो छ
असार २२ गते सोमवारको राशिफल यस्तो छ
भाग्यमानीको भुतै कमारो : वडा सदस्यमा हारेपछि सांसद
भाग्यमानीको भुतै कमारो : वडा सदस्यमा हारेपछि सांसद
प्रचण्डको ब्रिफिङ- रवि लामिछाने पक्राउ पर्न सक्छन् !
प्रचण्डको ब्रिफिङ- रवि लामिछाने पक्राउ पर्न सक्छन् !

तपाईंले छुटाउनुभयो कि?