’रकम नपाए कडा कदम चाल्छौँ’

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ १२, २०८०
|
|
६१ पटक हेरिएको
Shares
’रकम नपाए कडा कदम चाल्छौँ’

सारांश

  • काठमाडौँ ।
  • ‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरुले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बाट पूर्वनिर्धारित निर्णयानुसार रकम नपाएपछि आफूहरु अन्यायमा परेको बताएका छन् ।
  • तीन विभागीय टोली र जाउलाखेल युथ क्लबबाहेक ‘ए’ डिभिजन खेलिरहेका १० क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लिग सञ्चालनका लागि तोकिएको रकम पाउनका लागि एन्फाको ध्यानाकर्षण गराएको छ ।

काठमाडौँ । ‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरुले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बाट पूर्वनिर्धारित निर्णयानुसार रकम नपाएपछि आफूहरु अन्यायमा परेको बताएका छन् ।

तीन विभागीय टोली र जाउलाखेल युथ क्लबबाहेक ‘ए’ डिभिजन खेलिरहेका १० क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लिग सञ्चालनका लागि तोकिएको रकम पाउनका लागि एन्फाको ध्यानाकर्षण गराएको छ ।

सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले पटक–पटक एन्फासँग आग्रह गर्दा पनि आफूहरुको माग सम्बोधन नभएको उनको गुनासो छ । उनले भने, “एन्फाले न तयारी खर्च दिएको छ, न खेलिसकेको ‘म्याच मनि’ दिन सकेको छ, न त दोस्रो किस्ताको तयारी खर्च नै दिएको छ, अब पनि एन्फाले वेवास्ता गरे कठोर कदम चाल्न बाध्य हुनेछौँ ।”

एन्फाले ‘ए’ डिभिजन क्लबलाई तयारी खर्चस्वरूप पहिलो किस्तामा रु १५ लाख, दोस्रो किस्तामा रु १० लाख र तेस्रो किस्तामा रु सात लाख ५० हजार दिने निर्णय गरेको थियो । पहिलो किस्ताको रकम भने क्लबले पाइसकेका छन् ।

यस्तै हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फा व्यवस्थापनको कमजोरीका कारण क्लबहरुले यस किसिमको समस्या भोग्नु परेको बताए । उनले एन्फा पदाधिकारीहरुमा फुटबलको विकासभन्दा पनि विदेशी मोहमात्र देखिएकाले क्लबहरु समस्यामा परेको बताए ।

अध्यक्ष शेर्पाले नेपालीको लोकप्रिय खेल फुटबल सुन सरह भए पनि एन्फाको कमजोर व्यवस्थापनले बेच्न नसकेको आरोपसमेत लगाए ।

पत्रकार सम्मेलनमा मच्छिन्द्रका सचिव किरण महर्जन, खुमलटारका उपाध्यक्ष हरिबोल राउत, मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष विजय घले, न्युरोड टिम (एनआरटी) का महासचिव नरेन्द्रमान श्रेष्ठलगायत उपस्थित थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना कहर : विश्वव्यापीरुपमा विप्रेषण आप्रवाह २० प्रतिशतले घट्ने
कोरोना कहर : विश्वव्यापीरुपमा विप्रेषण आप्रवाह २० प्रतिशतले घट्ने
होटेल ‘ताज’ बमले उडाउने धम्की ‘
होटेल ‘ताज’ बमले उडाउने धम्की ‘
कर्णाली राजमार्गको गगने खोलामा फेरि पहिरो: लेदो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प
कर्णाली राजमार्गको गगने खोलामा फेरि पहिरो: लेदो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन
प्रदेश ४ मा प्रत्यक्षमा खसआर्य बहुमत
प्रदेश ४ मा प्रत्यक्षमा खसआर्य बहुमत
मनसुन सक्रिय हुँदै, अब देशभर तीन दिनसम्म पानी पर्ने पूर्वानुमान
मनसुन सक्रिय हुँदै, अब देशभर तीन दिनसम्म पानी पर्ने पूर्वानुमान
आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता : राष्ट्रपति भण्डारी
आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता : राष्ट्रपति भण्डारी
घोराही उपमहानगरपालिकाले छुट्यायो शहरी र ग्रामीण क्षेत्र
घोराही उपमहानगरपालिकाले छुट्यायो शहरी र ग्रामीण क्षेत्र
समताकी अस्मितालाई आइग्लोनमा पढ्ने अवसर
समताकी अस्मितालाई आइग्लोनमा पढ्ने अवसर

तपाईंले छुटाउनुभयो कि?