क्रिष्टियानो रोनाल्डोकाे लागि युभेन्ट्सले तिर्याे १० करोड युरो

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ २७, २०७५
|
|
५९ पटक हेरिएको
Shares
क्रिष्टियानो रोनाल्डोकाे लागि युभेन्ट्सले तिर्याे १० करोड युरो

सारांश

  • काठमाण्डौ,२७ असार ।
  • रियल मड्रिडका फर्वाड क्रिष्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस जाने भएका छन् ।
  • रोनाल्डो इटली जाने चर्चा चलेको केही दिनपछि मड्रिडले त्यसलाई औपचारिक पुष्टि गरेको हो ।

काठमाण्डौ,२७ असार । रियल मड्रिडका फर्वाड क्रिष्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस जाने भएका छन् ।

रोनाल्डो इटली जाने चर्चा चलेको केही दिनपछि मड्रिडले त्यसलाई औपचारिक पुष्टि गरेको हो । यससँगै रोनाल्डो १० वर्षे रियल मड्रिडको यात्रा अन्त्य भएको छ ।

३३ वर्षीय रोनाल्डोले रियल मड्रिडमा रहँदा चार पटक च्याम्पियन्स लिगको उपाधि उचाले ।

उनी २००९ मा म्यानचेष्टर सिटीबाट रियल मड्रिड आएका थिए । उनले क्लबका लागि ४५१ गोल गरे भने ५ पटक बालोन डि’ओर अवार्ड पनि जितेका छन् ।

दुई क्लबबीच रोनाल्डोको ट्रान्सफरका लागि ११२ मिलियन युरो (९९.२ मिलियन पाउण्ड)मा सम्झौता भएको हो । ३३ वर्षीय रोनाल्डोले रियलमा ९ वर्ष बिताउँदा च्याम्पियन्स लिगको ह्याट्रिक उपाधि समेत जिते ।

उक्त सम्झौतापछि रोनाल्डो विश्वको चौथो महँगा खेलाडी बनेका छन् । सन् २००९ मा म्यानचेष्टर युनाइटेडबाट बर्नाबेउ क्लब पुग्दा रोनाल्डो विश्वकै महँगा खेलाडी बनेका थिए ।

अहिले विश्वकै महँगा खेलाडीको शीर्ष स्थानमा नेमार छन् । उनी गत सिजन कीर्तिमानी २०० मिलियन पाउण्डमा बार्सिलोनाबाट फ्रेन्च क्लब पिएसजी पुगेका थिए । यस्तै पिएसजीले युवा फ्रेन्च स्टार किलिएन एम्बाप्पेलाई १६६ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ । त्यसअघि उनले एक वर्ष लोन अबधी पिएजीमा पुरा गरिसकेका छन् ।

यस्तै बार्सिलोनाले ब्राजिलियन मिडफिल्डर फिलिप काउटिन्होलाई १४२ मिलयन पाउण्डमा लिभरपुलबाट अनुबन्ध गरेको थियो ।

रोनाल्डो युभेन्ट्स लागेसँगै अब रियलले कसलाई क्लब भित्र्याउने चर्चा सुरु भएको छ ।

रोनाल्डोले मड्रिड सिटी र रियल मड्रिडमा रहदाँको समयमलाई आफ्नो जीवनकै सबैभन्दा खुशी क्षण रहेको बताएका छन् ।

रियल म्याड्रिडले मंगलबार विज्ञप्ति जारी गर्दै ट्रान्सफर पूरा भएको जनाएको हो ।

रोनाल्डो सन् २००८ मा म्यानचेस्टर युनाइटेड छाडेर तत्कालीन कीर्तिमानी रकम ८ करोड पाउन्डमा रियल पुगेका थिए ।

‘रियल म्याड्रिडका लागि क्रिस्टियानो रोनाल्डो सधैं एक प्रतिनिधि पात्र रहनेछन् । उनी क्लबका लागि एक युगका संवाहक हुन्,’ क्लबले रोनाल्डोको इच्छाअनुसार ट्रान्सफर भएको उल्लेख गर्दै भनेको छ, ‘रियल सधैं उनको घर हुनेछ ।’ ट्रान्सफर रकम सार्वजनिक नभए पनि स्पेनिस मिडियाका अनुसार रोनाल्डोले चारवर्षे सम्झौता गरेका छन् । उनलाई युभेन्ट्सले १० करोड युरो तिरेको छ ।

रोनाल्डोले युभेन्ट्सविरुद्ध खेलेको पछिल्लो खेलमा उत्कृष्ट बाइसाइकल किकसहित दुई गोल गर्दै च्याम्पियन्स लिगमा रियललाई जित दिलाएका थिए । खेलपछि युभेन्ट्सका समर्थकले उनलाई सम्मानस्वरुप उभिएर ताली बजाएका थिए । त्यस खेलको दोस्रो लेगमा रोनाल्डोले इन्ज्युरी समयमा पेनाल्टीमा गोल गर्दा युभेन्ट्स ४–३ ले पराजित भएको थियो ।

सन् २०१२ यता लगातार इटालियन लिगको उपाधिमाथि कब्जा जमाइरहेको युभेन्ट्सले सन् १९६६ यता च्याम्पियन्स लिगको उपाधि जितेको छैन । रोनाल्डोको बर्हिगमनसँगै ला लिगाले पछिल्लो दुई वर्षमा तीनमध्ये दुई ठूला स्टारलाई गुमाएको छ । बार्सिलोनाबाट गत सिजन ब्राजिलियन फरवार्ड नेयमर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) तर्फ लागेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँसहित देशभर वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
काठमाडौँसहित देशभर वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
गोसाइँकुण्ड पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो
गोसाइँकुण्ड पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो
नेपाल दोस्रो खेलमा हङ्‍कङद्वारा ४३ रनले पराजित
नेपाल दोस्रो खेलमा हङ्‍कङद्वारा ४३ रनले पराजित
सरकार र सिके राउतबीच ११ बुँदे सहमति
सरकार र सिके राउतबीच ११ बुँदे सहमति
सरकार र मिटरब्याजी पीडितबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता
सरकार र मिटरब्याजी पीडितबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता
देव कर्नरको २० औँ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १ सय २६ जनाले गरे रक्तदान
देव कर्नरको २० औँ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १ सय २६ जनाले गरे रक्तदान
बबई गाउँपालिकाले हापुरेलाई ब्यापारिक केन्द्र र ‘उज्यालो बबई अभियान’ चलाउने
बबई गाउँपालिकाले हापुरेलाई ब्यापारिक केन्द्र र ‘उज्यालो बबई अभियान’ चलाउने
गेटालाई विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन
गेटालाई विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन
मोरङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल निर्वाचित
मोरङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल निर्वाचित
साँझ नपर्दै यौनकर्मी खोज्नेको भिड, यसरी हुन्छ रत्नपार्कमा देहव्यापार
साँझ नपर्दै यौनकर्मी खोज्नेको भिड, यसरी हुन्छ रत्नपार्कमा देहव्यापार

तपाईंले छुटाउनुभयो कि?