खिजिदेम्बा अल्ट्रा म्याराथन सम्पन्न

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २०, २०७६
|
|
३८ पटक हेरिएको
Shares
खिजिदेम्बा अल्ट्रा म्याराथन सम्पन्न

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा आयोजित ‘खिजिदेम्बा अल्ट्रा म्याराथन’ दोश्रो संस्करण सम्पन्न भएको छ । यसपटकको अल्ट्रा म्याराथनको उपाधि भिमबहादुर गुरुङ र रोजिना भण्डारीले जितेका छन् ।

खिजिदेम्बा गाउँपालिका–५ को खिजिफलाँटेबाट सुरु भएको म्याराथन सोलुखुम्बुको सिमानामा पर्ने भुलभुले पुगेर पुनः खिजिफलाँटेमै पुगेर सम्पन्न भएको थियो । फुल म्याराथन अन्तर्गत ४२ किलोमिटर दूरी पुरुष विधातर्फ गोरखा आरुघाटका ३७ वर्षीय भीमबहादुर गुरुङले तीन घण्ट ४९ मिनेटमा पूरा गरे ।

त्यसैगरी महिला विधामा जुम्लाकी रोजिना भण्डारीले चार घण्टा ५८ मिनेटमा दौड पूरा गर्दै विजेता बनेकी हुन् । रोजिना नेपाली सेनाकी धाविका हुन् । पूर्व नेपाली सेनाका भीमबहादुर साविक विजेता हुन् । त्यसैगरी पुरुष विधातर्फ गोपाल तामाङले ४ घण्टा तीन मिनेटमा निर्धारित दूरी पार गर्दै दोश्रो भए । दुर्गा बुढाले चार घण्टा पाँच मिनेटमा निर्धा्रित दूरी पार गर्दै तेश्रो भए ।

महिलातर्फ साविक विजेता हुमी बुढामगरले पाँच घण्टा १८ मिनेटमा दौड पूरा गर्दै दोश्रो भइन् । स्थानीय धाविका सविना तामाङले पाँच घण्टा ३२ मिनेटमा दौड पूरा गर्दै तेश्रो भइन् । म्याराथनमा पुरुष २४ र महिला १२ गरी जम्मा ३५ जना सहभागी थिए ।

साहसिक खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन विकासका लागि ओखलढुंगा पर्यटन विकास समितिले गत वर्षदेखि म्याराथन आयोजना गर्दै आएको हो । विजेताहरुले विधागत रुपमा क्रमशः ७० हजार, ५५ हजार, ४० हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्राप्त गरे ।

समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइबाट दौड सुरु भई ३ हजार ६ सय मिटर दूरी पार गर्दै पुनः २ हजार २ सय मिटरमै आएर दौड टुंगिएको हो । विजेताहरुलाई प्रतिनिभिसभा सदस्य यज्ञराज सुनुवारले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको संगठन देखेर कांग्रेस र माओवादी आत्तिएः ओली
एमालेको संगठन देखेर कांग्रेस र माओवादी आत्तिएः ओली
बिरामीहरूले औषधि नपाएको गुनासो
  खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना
  खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना
आज पनि  कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटको सुनुवाई हेर्दाहेर्दैमा
आज पनि कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटको सुनुवाई हेर्दाहेर्दैमा
पत्रकारहरुलाई फौजदारी अभियोग लगाइनु अनुचित: उपाध्यक्ष पोख्रेल
पत्रकारहरुलाई फौजदारी अभियोग लगाइनु अनुचित: उपाध्यक्ष पोख्रेल
‘फोटो पत्रकार भाइहरुलाई, धन्यवाद दिदै विमानस्थलबाट बिदा भए लोकमान..
‘फोटो पत्रकार भाइहरुलाई, धन्यवाद दिदै विमानस्थलबाट बिदा भए लोकमान..
देउवालाई बधाई दिँदै राजपा नेताले भने- बाचा पूरा गर्नुस्, अनिमात्र चुनावमा आउँछौं
देउवालाई बधाई दिँदै राजपा नेताले भने- बाचा पूरा गर्नुस्, अनिमात्र चुनावमा आउँछौं
प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुबाट शुभसाइतमा टीका ग्रहण
प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुबाट शुभसाइतमा टीका ग्रहण
पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी
पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी
स्वस्तिमा र सम्राज्ञीको अभिव्यक्ति विवादमा
स्वस्तिमा र सम्राज्ञीको अभिव्यक्ति विवादमा