गंगामाया अधिकारी अनशन तोड्ने

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ २५, २०७५
|
|
३९ पटक हेरिएको
Shares
गंगामाया अधिकारी अनशन तोड्ने

सारांश

  • काठमाडौं,  २५ असार ।
  •   फुजेल हत्याकाण्डका अभियुक्त छविलाल पौडेलले सर्वोच्चमा आत्मसमर्पण गरलगत्तै जेल चलान गरेपछि गंगामाया अधिकारीकाे अनशन तोड्ने प्रयास सुरु गरिएको छ ।
  • ७८ वर्षीय अभियुक्त पौडेलले आइतबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए ।

काठमाडौं,  २५ असार ।  फुजेल हत्याकाण्डका अभियुक्त छविलाल पौडेलले सर्वोच्चमा आत्मसमर्पण गरलगत्तै जेल चलान गरेपछि गंगामाया अधिकारीकाे अनशन तोड्ने प्रयास सुरु गरिएको छ ।

७८ वर्षीय अभियुक्त पौडेलले आइतबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए । उनलाई डिल्लीबजार सदरखोरमा राखिएको छ ।

छोराको हत्यारालाई कारबाहीको माग गर्दै गत जेठ १५ देखि वीर अस्पतालमा आमरण अनशनरत गंगामायाको अनशन तोड्ने प्रयास भइरहेको मानव अधिकारकर्मीहरुले बताए छन् ।

अधिकारकर्मी सुवोधराज प्याकुरेललगायतको पहलमा गंगामायालाई तोडाउने प्रयास भइरहेको छ । गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त भनिएका गोरखा फुजेलका पौडेललाई सर्वोच्चमा आत्मसमर्पण लगरेलगत्तै आइतबार नै डिल्लीबजार सदरखोरमा पठाइएको हो।

अभियुक्त पौडेल जेल चलान गरिए पनि अदालतबाट छुट्ने आशंका गर्दै गंगामायाले कारबाहीको सुनिश्चितता नभएसम्म अनशन जारी राख्ने अडान लिएकी छन् ।
तर, महान्यायाधिवक्ता अग्नि खरेलले गंगामायाको मागबमोजिम अदालतको आदेश कार्यान्वयनका क्रममा अभियुक्तलाई कारागार चलान भइसकेकाले कानूनी कारवाहीलाई अब बन्देज नरहेको अधिकारकर्मीमार्फत गंगामायासमक्ष पठाएका छन् । सम्भवतः गंगामायाको अनशन आजै अन्त्य जनाइएको छ ।

तत्कालीन माओवादीका नेताहरुले छविलाललाई अदालतमा उपस्थित गराउने कुराले गंगामायाको अनशन तोडिने तर द्वन्द्वकालीन मुद्दाहरु यही आधारमा सक्रिय हुने आशंका व्यक्त गरेपछि यो प्रक्रिया लम्बिएको थियो ।

०६१ जेठ २४ गते तत्कालीन विद्रोही माओवादीले कृष्णप्रसादको हत्या गरेका थिए । छोराका हत्यारालाई कारवाहीको माग गर्दै अनशन बसेका पिता नन्दप्रसादको अनशनरत अवस्थामै मृत्यु भइसकेको छ । नन्दप्रसादको शव अहिलेसम्म शिक्षण अस्पतालमै छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gyanu Khawash

    शाहिनेपाली कांग्रेस को नाङ्ले पसल बन्द हुने भएच

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से परिसूचक झिनो अङ्कले उकालो
नेप्से परिसूचक झिनो अङ्कले उकालो
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेशसभातर्फको पनि समानुपातिक उम्मेदवारको सूची (सूचीसहित)
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेशसभातर्फको पनि समानुपातिक उम्मेदवारको सूची (सूचीसहित)
भेनेजुयलामा रूसी भूमिकाप्रति अमेरिका ‘चुप लागी’ बस्दैन : अमेरिकी विदेशमन्त्री
भेनेजुयलामा रूसी भूमिकाप्रति अमेरिका ‘चुप लागी’ बस्दैन : अमेरिकी विदेशमन्त्री
फोरम सरकारमा किन सहभागी भएन ? यस्तो छ कारण
फोरम सरकारमा किन सहभागी भएन ? यस्तो छ कारण
ओलीको घरमै घुस्यो गाई, स्थिति साम्य पार्न नेता कार्यकर्तालाई भ्याईनभ्याई !
ओलीको घरमै घुस्यो गाई, स्थिति साम्य पार्न नेता कार्यकर्तालाई भ्याईनभ्याई !
पार्टी एकीकरणका लागि गठित दुई कार्यदलको संयुक्त बैठक बालुवाटारमा
पार्टी एकीकरणका लागि गठित दुई कार्यदलको संयुक्त बैठक बालुवाटारमा
जयबहादुर चन्दको मुद्दामा आज पनि सुनुवाइ हुन सकेन्
जयबहादुर चन्दको मुद्दामा आज पनि सुनुवाइ हुन सकेन्
प्रधानन्यायाधीशमा दीपकराज जोशी दुईतिहाइले अस्वीकृत, कांग्रेसले गर्यो बहिष्कार
प्रधानन्यायाधीशमा दीपकराज जोशी दुईतिहाइले अस्वीकृत, कांग्रेसले गर्यो बहिष्कार
ओलीले मन्त्री बनाएका आलेले दिए देउवालाई विश्वासको मत
ओलीले मन्त्री बनाएका आलेले दिए देउवालाई विश्वासको मत
रौतहटमा राजपाका बागी ‘बाख्रा’ छापले जिते
रौतहटमा राजपाका बागी ‘बाख्रा’ छापले जिते