गगनको विकासको दावी झुठो छ: भट्टराई
सारांश
- काठमाडौं, ७ मंसिर।
- काठमाडौं-४ का नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले कांग्रेसका उम्मेदवार गगन थापाको आफ्नो निर्वाचन क्षेत्रमा विकास गरेको भन्दै झुठो प्रचार गरेको आरोप लगाएका छन्।
- रिपोर्टस क्लबले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै भट्टराईले थापाको भनाइ र गराइमा मेल नखाने बताए ।
काठमाडौं, ७ मंसिर। काठमाडौं-४ का नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले कांग्रेसका उम्मेदवार गगन थापाको आफ्नो निर्वाचन क्षेत्रमा विकास गरेको भन्दै झुठो प्रचार गरेको आरोप लगाएका छन्।
रिपोर्टस क्लबले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै भट्टराईले थापाको भनाइ र गराइमा मेल नखाने बताए ।
उहाँ(थापा)ले भनेकोजस्तो भए, धोविघाट कोरिडोरको अवस्था हेर्नुहोस त के छ? जनताहरुको अहिले पनि गुनासो छ गोपीकृष्णबाट माथितिर आउन नपरे हुन्थ्यो भन्ने, विकास गरेको भए यस्तो अवस्था रहँदैन थियो नि? तपाई हेर्नुहोस् न ?’ भट्टराईले भने ।
भट्टराईले २०४७ सालपछि पनि कांग्रेसलाई जनताले दुई पटक स्पष्ट बहुमत दिएपनि त्यसलाई व्यवस्थापन गर्न नसकेको बताए ।
‘कांग्रेसलाई बहुमतजनताले दुई पटक दिए, तर उनीहरुले आन्तरिक व्यवस्थापनगर्न सकेनन्,’ भट्टराईको भनाइ छ, ‘पछिल्लो समय आईजीपी, अदालत, राजदुतनियुक्तीदेखि अन्य कुराहरुमाकांग्रेसले सुशासन कायम गरेको देखिएन, त्यस्तो पार्टीको प्रतिनिधिलाई जनताले फेरि जिताउँछन भन्नेमा म विश्वस्त छैन ।’
भट्टराईले वाम गठबन्धनको साझा उम्मेद्धवार भएकोले र वामपन्थीहरुको बाहुल्यता भएको क्षेत्र भएकोले पनि आफ्नो जीत सुनिश्चित भैसकेको उनले आधार तेर्साए। ‘०७४ को निर्वाचनमा हामीले वर्चश्व कायम गरेका छौं । १२ मध्ये १०वडा हामीले जितेका छौं। यो नै मेरो जितको आधार हो’ उनले थपे ।
त्यस्तै उनले उक्त क्षेत्रको विकासको लागिआफ्नाएजेण्डाहरु समेत सार्वजनिक गरे। ‘बाटोको समस्या पूर्ण रुपमा समाधानगर्न चाहन्छु, आउने बर्षामा निकास गर्छौं, त्यस्तै खानेपानीको हाहाकार, अल्पकालीन, मध्यकालीन, दीर्घकालीन समाधान गर्छौं,’ उनले भने, ‘५ वर्षभित्र खानेपानीको समस्या समाधान गर्छौं। हामी जनताको विकासको लागि र समस्या समाधानको लागि सँधै अग्रभागमा रहेर काम गर्छौं।’
Kirana Rana
त्यरो बोली झुटो राजन
Kishor Manandhar Nhelima
तेरै सतै। छनि
Shyam Fayal
Timro chahi k napeka chhau ra? Timoharuko siksha kasto ho? Arulai gaali nagari bachna nasakne? Tara k garnu jasto schooling- tyastai sikai. Jasto neto- tyastai chelo.
Prabhuram Karki
hajur ni sir k hi gareko jasto lagdain
Dinesh Chakradhar
Vote for tree
Chiran Jivi
Vtraily jasty mhako nmarn pru aruly pni kasto sovav yo
Sitaram Dhungel
Tapaile k garnu vayo mahasaya
Shiva Shakti Bhole Nath
अब सबै गगन थापाले खेती लगाए खाने बेला मा इ मैले टिपेर ल्याए भनेर हुन्छ र राजन ब्रो गगन ले ढुलो उडाउदै हिन्दा तिमि किन पानी हालेनौ र कता सुतेका थियौ समान तलब भत्ता खाएर अहिले गरेन भन्न लाज छैन पानी माथिको ओबानो नबन चुनाव को बेला मा
Pitambar Bastola
Gagan is gagan