गायिका विष्णु माझीलाई श्रीमानले किन बन्धक बनाए ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष २२, २०७५
|
|
३४ पटक हेरिएको
Shares
गायिका विष्णु माझीलाई श्रीमानले किन बन्धक बनाए ?

सारांश

  • लोक गायिका विष्णु माझीलाई उनका श्रीमानले बन्धक बनाएको प्रसंग केही दिनयता सञ्चारमाध्यममा लगातार समाचारको रुपमा आइरहेका छन् ।
  • यता गायिका माझीका बाबुले समेत छोरीलाई बन्धक बनाएको र भेट नभएको वर्षौ भइसक्यो भन्ने सार्वजनिक भए पछि माझी सबैको चासोमा परेकी थिइन् ।
  • निरन्तर राष्ट्रिय दैनिक देखि अनलाइन मिडियाहरुमा यो समाचार आउने थालेपछि प्रकरण प्रहरी कार्यालयसम्म पुगेको छ ।

लोक गायिका विष्णु माझीलाई उनका श्रीमानले बन्धक बनाएको प्रसंग केही दिनयता सञ्चारमाध्यममा लगातार समाचारको रुपमा आइरहेका छन् । यता गायिका माझीका बाबुले समेत छोरीलाई बन्धक बनाएको र भेट नभएको वर्षौ भइसक्यो भन्ने सार्वजनिक भए पछि माझी सबैको चासोमा परेकी थिइन् ।

निरन्तर राष्ट्रिय दैनिक देखि अनलाइन मिडियाहरुमा यो समाचार आउने थालेपछि प्रकरण प्रहरी कार्यालयसम्म पुगेको छ । श्रीमान सुन्दरमणि अधिकारीले गायिका माझीलाई बन्धक बनाएको आरोप सर्वत्र फैलिए पछि छानविनका लागि स्याङ्जा प्रहरी कार्यालयले बोलाएको छ । अधिकारी विष्णु माझीलाई लिएर प्रहरी कार्यालय पुगेका थिए ।

प्रहरी कार्यालयमा गायिका माझीका माइती पक्षका आफन्त पनि उपस्थित थिए । माझी सार्वजनिक रुपमा नदेखिएको, आफन्तसँग पनि भेट निकै पातलो हुने गरेको बाहिर आएपछि प्रहरीले अधिकारीलाई यसबारे बुझ्न बोलाएको बुझिएको छ । गायिका माझीका श्रीमान सुन्दरमणिले उनी अनपढ, सोझी र निकै कम बोल्ने स्वभावका कारण आफुले एक्लै हिँड्न र विदेशमा समेत एक्लै जान नदिएको दावी गरे ।

मुखमा मास्क लगाएर जिल्ला प्रहरी कार्यालयभित्र छिरेकी माझीले श्रीमानसँग कुनै समस्या नभएको बताएकी छिन् । मास्क लगाएर बोल्न थालेपछि प्रहरीले उनलाई मास्क खोलेर कुरा गर्न आग्रह गरेको थियो ।

माझी विगत एक दशकयता चर्चित लोकगायिकाको रुपमा स्थापित छिन् । हालै उनले गाएको गाएको ‘सालको पात टपरी हुनी’ बोलको गीत निकै चर्चामा छ । २ करोड भन्दा बढि यो गीत युट्युवमा हेरि सकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बल्ल मिल्यो एमाले माओवादी भागबन्डा  ! प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई दलबीचको बाँडफाँट
बल्ल मिल्यो एमाले माओवादी भागबन्डा ! प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई दलबीचको बाँडफाँट
दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन सुरु
दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन सुरु
आलेख : शौचालय जान चियाको बहाना
आलेख : शौचालय जान चियाको बहाना
बुद्ध नेपालमा जन्मेका थिए भन्दैमा पुग्छ ?
बुद्ध नेपालमा जन्मेका थिए भन्दैमा पुग्छ ?
शर्मालाई पूर्वअध्यक्षहरुको समर्थनः भोली पतिस्पर्धा हुँदै
शर्मालाई पूर्वअध्यक्षहरुको समर्थनः भोली पतिस्पर्धा हुँदै
भारतको सबैभन्दा महंगो कार चढ्दै अजय देवगन
भारतको सबैभन्दा महंगो कार चढ्दै अजय देवगन
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने देउवाको आश्वासन
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने देउवाको आश्वासन
ग्रामीण पर्यटन विकासको आधार : होमस्टे (घरबास)
ग्रामीण पर्यटन विकासको आधार : होमस्टे (घरबास)
प्रचण्डपूत्रलाइ सम्झदै गीत गाँउदागाँउदै ढलेका जनगायक खुसिराम पाख्रिनको मृत्यु
प्रचण्डपूत्रलाइ सम्झदै गीत गाँउदागाँउदै ढलेका जनगायक खुसिराम पाख्रिनको मृत्यु
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री दाहाल
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?