गुठी विधेयकमा पुल्ठा झोस्नु गलतः मन्त्री बाँस्कोटा

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ २, २०७६
|
|
३३ पटक हेरिएको
Shares
गुठी विधेयकमा पुल्ठा झोस्नु गलतः मन्त्री बाँस्कोटा

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रियसभामा पेश गर्नुअघि हरेक विधेयकका विषयमा हुने नकारात्मक टिप्पणी राम्रो पक्ष नभएको बताउनुभएको छ ।
  • मन्त्री बाँस्कोटाले आज काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ सिपाघाटमा टेलिफोन  (पीएसटीएन) एक्सचेञ्ज उद्घाटन गर्दै भन्नुभयो, “यहाँ त विधेयक लैजानुभन्दा अघि ‘पुल्ठो’ झोसिन्छ, पुल्ठो झोसेछि नकारात्मक टिप्पणी फैलिन्छ, जसका कारण समस्या समाधान गर्न कठिन हुन्छ, विषयको चुरोमा जानुभन्दाअघि भ्रामक रुपमा उत्तेजना फैलाउनु राम्रो होइन ।
  • ” मन्त्री बाँस्कोटाले राष्ट्रियसभामा पेश भएको गुठी विधेयक संस्कृति, रीतिरिवाज, धर्म र सामाजिक व्यवहार तथा उत्पादन, स्वामित्व र किसानका अधिकारसँग जोडिएको दुई प्रकृतिका दुई पृथक ढङ्गले छलफलमा लगिने बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रियसभामा पेश गर्नुअघि हरेक विधेयकका विषयमा हुने नकारात्मक टिप्पणी राम्रो पक्ष नभएको बताउनुभएको छ । मन्त्री बाँस्कोटाले आज काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ सिपाघाटमा टेलिफोन  (पीएसटीएन) एक्सचेञ्ज उद्घाटन गर्दै भन्नुभयो, “यहाँ त विधेयक लैजानुभन्दा अघि ‘पुल्ठो’ झोसिन्छ, पुल्ठो झोसेछि नकारात्मक टिप्पणी फैलिन्छ, जसका कारण समस्या समाधान गर्न कठिन हुन्छ, विषयको चुरोमा जानुभन्दाअघि भ्रामक रुपमा उत्तेजना फैलाउनु राम्रो होइन ।”

मन्त्री बाँस्कोटाले राष्ट्रियसभामा पेश भएको गुठी विधेयक संस्कृति, रीतिरिवाज, धर्म र सामाजिक व्यवहार तथा उत्पादन, स्वामित्व र किसानका अधिकारसँग जोडिएको दुई प्रकृतिका दुई पृथक ढङ्गले छलफलमा लगिने बताउनुभयो । उहाँले सरकार वैज्ञानिक र व्यवस्थित ढङ्गले गुठी विधेयक समाधान गर्ने प्रयत्न गरिरहेको उल्लेख गर्दै जमीनमा हरेक जनातको पहुँच पु¥याइने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “संविधानमा नागरिकको मौलिक हक स्थापित छ, भूमिहीनलाई घरबासका लागि जमीन दिने भन्ने संविधान भने बनाउने, अनि भएको सम्पत्ति रोकेर उनीहरुलाई बास नबसाउने रु”

मन्त्री बाँस्कोटाले स्वर्गद्वारीमा जनताले कमाएको झण्डै एक हजार २०० रोपनी जमीन कि जनताको हुनुपर्ने नभए त्यसको हिसाबकिताब सरकारलाई बुझाउनुपर्ने दाबी गर्नभयो । “आफूले गर्न पाइयो भने मज्जाको ‘हाइहाई डेमोक्रेसी’ रे अर्काले गर्दा कम्युनिष्ट सरकारले खाने भो भन्ने, यो कदापि हुन्न”, उहाँले भन्नुभयो । गुठीको समस्या समाधान हुँदा सबैको समस्या समाधान हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “विकास एउटै र एकै खालको हुने हो, बाटो बनाउँदा कम्युनिष्ट र काङ्ग्रेस हिँड्ने छुट्टाछुट्टै लेन हुन्न, संसारमा कही यस्तो उदाहरण छैन ।”

मन्त्री बाँस्कोटाले जनालाई गुठीको समस्यामा अल्झाइरहनु नहुने बताउनुभयो । “जनतालाई सधैँ यथास्थितिमा रिङ्ग्याइरहनु हुँदैन, गुठीलाई व्यवस्थित गरी हाम्रो भावी पुस्तालाई सुरक्षित गर्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले तार जोड्न, टेलिफोन, ऋण झिक्न, खानेपानी जोड्न नक्सापास नभएकालाई सेवा नदिने सरकारी नीतिअनुसार नागरिकलाई सधैँ तनावमा राख्ने नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हजुरबाउले, कुप्राबाउले सधैँ तनावै तनाव व्यहोर्दै आए, अब हामी छोराछोरी, नातिनातिनी, पनाती पनातिनीलाई तनावमा पु¥याउनुहुन्न ।”

मन्त्री बाँस्कोटाले गुठी विधेयक ल्याउनै नपर्ने, छलफल नै हुनुनपर्ने भन्नेहरु विषयप्रति प्रष्ट नभएकाले एकोहोरो विरोध गरेको दाबी गर्नुभयो । “न्यून कर तिरेर खाइरहेकाको टाउको दुखेको हुनुपर्छ, आफूले खाएको भाग खोसिएला भनेर अत्तालिएका हुन्”, उहाँले भन्नुभयो । उहाँले नेपालमा कति गुठी छन् भन्नेबारे गुठी संस्थानलाई नै थाहा नभएको दाबी गर्नुभयो । “देशभरि झण्डै पाँच हजार सङ्ख्यामा गुठी रहेको रेकर्ड छ, हजारौँ वर्षदेखि जोतपोत गर्दै आएकालाई व्यवस्थित गर्नुपर्छ ।”

मन्त्री बाँस्कोटाले फरक प्रसङ्गमा आफ्ना बारेमा नकरात्मक टिप्पणी गर्नेलाई आउँदो चुनावमा मैदानमा भिडेर हिसाबकिताब गर्न चुनौती दिनुभयो । उहाँले भन्नुभयो, “राजनीति के हो रु केही मान्छेको मुठ्ठीको खेल हो रु राज्यसत्ता जनातको काम गर्नका निम्ति हो, साधारण मोही हकको, किसानको अधिकार सुरक्षित गर्दा, टाउको दुखिहाल्नु पर्ने १”

मन्त्री बाँँस्कोटाले नेपाल टेलिकमका सेवा अन्यभन्दा सुरक्षित भएको बताउनुभयो । “देश विकास, प्रगति तथा सरकारका गतिविधि बुझ्न इन्टरनेट आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँले यो वर्ष उच्चगतिको फोरजी इनटरनेट सेवाको विस्तार शुरु भएको बताउनुभयो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विकास र सुमृद्धिको यात्रामा प्रविधिले मुख्य भूमिका खेल्ने बताउनुभयो । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका निमित्त निर्देशक राजेश उप्रेतीले टेलिफोनको गुणस्तरीय सेवामा आफूहरु प्रतिबद्ध रहेको दाबी गर्नुभयो । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड वायरलेस, ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोद परमारले सिपाघाट टेलिफोन एक्सचेञ्जमा १२८ लाइन तथा इन्टरनेट ९एडीएसएल० क्षमता तथा काभ्रेपलाञ्चोकमा फोरजी इन्टरनेट सेवाका लागि ५८ टावर राखिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचनः इलाम–२ मा १६ जना उम्मेदवारको जमानत जफत
उपनिर्वाचनः इलाम–२ मा १६ जना उम्मेदवारको जमानत जफत
गाई पनि एफएम रेडियोको भजन र आधुनिक गीत सुनेर मनोरञ्जन लिन्छन्
गाई पनि एफएम रेडियोको भजन र आधुनिक गीत सुनेर मनोरञ्जन लिन्छन्
बुटवल उपमहानगरपालिकाको १६वडा मध्ये   वडा नम्बर  १३ मा कांग्रेस  बाँकी सबै एमाले विजयी .
बुटवल उपमहानगरपालिकाको १६वडा मध्ये वडा नम्बर १३ मा कांग्रेस बाँकी सबै एमाले विजयी .
मधेश प्रदेश सरकारका तीन मन्त्रीले लिए शपथ
मधेश प्रदेश सरकारका तीन मन्त्रीले लिए शपथ
‘भ्यालेन्टाइन डे’मा शिल्पाले फेसबुक बाट व्यक्त गरिन् छविसँगको प्रेम
‘भ्यालेन्टाइन डे’मा शिल्पाले फेसबुक बाट व्यक्त गरिन् छविसँगको प्रेम
मोहनविक्रम सिंहले गरे शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माणका लागि आव्हान
मोहनविक्रम सिंहले गरे शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माणका लागि आव्हान
मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : नेम्वाङ
मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : नेम्वाङ
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
कर्णाली प्रदेशमा असार १ गते उत्पादनमुखी बजेट ल्याउने तयारी
कर्णाली प्रदेशमा असार १ गते उत्पादनमुखी बजेट ल्याउने तयारी
त्रिशूलीले बगाएर बेपत्ता
त्रिशूलीले बगाएर बेपत्ता