गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि जिटुजी अवधारणा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ १७, २०७६
|
|
५४ पटक हेरिएको
Shares
गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि जिटुजी अवधारणा

सारांश

  • सरकारले गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थललाई सञ्चालनका लागि सरकार–सरकार जिटुजी अवधारणा अगाडि सारेको छ ।
  • निर्माण सम्पन्न हुने चरणमा पुगेको सो विमानस्थलाई व्यवस्थित तवरले सञ्चालनका लागि सरकार–सरकारबीचमा नै सहकार्य गर्ने र व्यवस्थित रुपमा विमानस्थल सञ्चालन गरिरहेका सरकारी कम्पनीलाई जिम्मा दिने लक्ष्यअनुसार उक्त अवधारणा अगाडि सारिएको हो ।
  • हाल ७३ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको सो विमानस्थललाई सरकारी कम्पनी वा संस्थाले नै सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयालाई सैद्धान्तिक स्वीकृति दिइएको छ ।

सरकारले गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थललाई सञ्चालनका लागि सरकार–सरकार जिटुजी अवधारणा अगाडि सारेको छ । निर्माण सम्पन्न हुने चरणमा पुगेको सो विमानस्थलाई व्यवस्थित तवरले सञ्चालनका लागि सरकार–सरकारबीचमा नै सहकार्य गर्ने र व्यवस्थित रुपमा विमानस्थल सञ्चालन गरिरहेका सरकारी कम्पनीलाई जिम्मा दिने लक्ष्यअनुसार उक्त अवधारणा अगाडि सारिएको हो ।

हाल ७३ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको सो विमानस्थललाई सरकारी कम्पनी वा संस्थाले नै सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयालाई सैद्धान्तिक स्वीकृति दिइएको छ । धावनमार्ग कालोपत्रे सम्पन्न भइसकेको सो विमानस्थल आगामी भदौको अन्तिम सातादेखि व्यावसायिक उडान गर्ने गरी तयारी गरिएको छ ।

यही जेठ १०, १३ र १५ गते बसेको मन्त्रिपरिषद्को बैठकका बारेमा जानकारी दिन आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलाई व्यवस्थित तवरले सञ्चालनका लागि उक्त अवधारणा अगाडि सारिएको र प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।

नेपाल भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन गरिएको छ । मन्त्री बाँस्कोटाका अनुसार नेपाली सैनिक चार्टर उडान विकास समितिलाई कायम राख्ने निर्णय मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्यालयमा थपिए कर्मचारी
प्रधानमन्त्री कार्यालयमा थपिए कर्मचारी
झण्डा हल्लाएर हिँड्न लाज मान्नुपर्ने हो , हाम्रो अध्यक्षले के हेरिरहनुभएको छ ?-माओवादी नेता दिनानाथ शर्मा
झण्डा हल्लाएर हिँड्न लाज मान्नुपर्ने हो , हाम्रो अध्यक्षले के हेरिरहनुभएको छ ?-माओवादी नेता दिनानाथ शर्मा
एसईईको नतिजा सार्वजनिक : कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)
एसईईको नतिजा सार्वजनिक : कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)
अदालतसम्म पुग्ने मुद्दाको छिनोफानो मेलमिलापबाट
अदालतसम्म पुग्ने मुद्दाको छिनोफानो मेलमिलापबाट
पर्सामा वाम गठबन्धन निल , १२ सिटमध्ये १ सिटमा मात्रै दोश्रो
पर्सामा वाम गठबन्धन निल , १२ सिटमध्ये १ सिटमा मात्रै दोश्रो
सरकारले गाउँपालिका, नगरपालिकामा सिधै पैसा पठाउने व्यवस्था खारेज गर्दै
सरकारले गाउँपालिका, नगरपालिकामा सिधै पैसा पठाउने व्यवस्था खारेज गर्दै
सर्वोच्चको पूर्ण बैठकले भन्यो- महाभियोग समितिमा सर्वोच्चका न्यायाधीश उपस्थित हुन मिल्दैन
सर्वोच्चको पूर्ण बैठकले भन्यो- महाभियोग समितिमा सर्वोच्चका न्यायाधीश उपस्थित हुन मिल्दैन
चितवनमा बाढीले जनधनको क्षति भएपछि रेणु दाहाल एक्शनमा, तीन समूह बनाएर फिल्डमा
चितवनमा बाढीले जनधनको क्षति भएपछि रेणु दाहाल एक्शनमा, तीन समूह बनाएर फिल्डमा
सीपीएलः आज माडी र सौराहा भिड्दै
सीपीएलः आज माडी र सौराहा भिड्दै
आज ७९ संक्रमित थप, ७५ जना संक्रमणमुक्त

तपाईंले छुटाउनुभयो कि?