चितवनमा वर्डफ्लु , २५ सय कुखुरा मरे

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ४, २०७५
|
|
५९ पटक हेरिएको
Shares
चितवनमा वर्डफ्लु , २५ सय कुखुरा मरे

सारांश

  • चितवन, ४ जेठ ।
  • चितवन खैरहनीमा बर्डफ्लु देखापरेको छ ।
  • खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु देखिएको हो ।

चितवन, ४ जेठ । चितवन खैरहनीमा बर्डफ्लु देखापरेको छ ।

खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु देखिएको हो ।

राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले केही दिनअघि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकामा वैशाख ३१ गते बर्डफ्लु प्रमाणित भएको बताए ।

बिहीबारको मन्त्रिस्तरको निर्णयपछि आज फार्म र आसपासका क्षेत्रमा रहेका कुखुरा र हाँस मार्ने काम भइरहेको उनले बताए ।

राजनको फार्ममा पालिएका एक हजार ५०० र लक्ष्मणको फार्ममा पालिएका एक हजार लेयर्स कुखुरा रोगले मर्न थालेपछि परीक्षणका लागि पठाइएको थियो । सँगै रहेका ती दुवै फार्मका सबै कुखुरा मरिसकेको चापागार्इंले बताए ।

खोरमा रहेका कुखुरा धमाधम मर्न थालेपछि यही वैशाख १४ गते जाँचका लागि भरतपुरमा रहेको राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला ल्याइएको थियो । परीक्षणमा एच फाइव एन वान ९एभिएन इन्फ्लुएन्जा० नामक जीवाणु भेटिएको चापागाईंले बताए ।

सोपश्चात् केन्द्रीय प्रयोगशालामा परीक्षणका लागि नमूना पठाइएको थियो । केन्द्रीय प्रयोगशालाले वैशाख ३१ गते बर्डफ्लु प्रमाणित गरेर पठाएको थियो ।

यसैबीच बर्डफ्लु पुष्टि भएपछि खैरहनी–९ सुर्तनीको केही भागलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ । उक्त क्षेत्रमा पक्षी तथा पक्षीजन्य पदार्थको ओसारपसारमा पनि रोक लगाइएको छ भने त्यस क्षेत्रमा रहेका पंक्षी सुरक्षितरुपमा नष्ट गरिएको छ ।

यसैबीच पशु सेवा कार्यालयले कुखुराको खोर सफा गर्न अनुरोध गरेको छ । यो जीवाणु मानिसमा पनि सर्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणसमक्ष पनि कार्यालयले आग्रह गरेको छ ।

यसअघि २०७० सालमा जिल्लामा बर्डफ्लु देखिएको थियो । सो समयमा बर्डफ्लुका कारण ठूलो संख्यामा कुखुरा मरेका थिए । नेपालको सीमा क्षेत्र भारतमा यस वर्ष पनि बर्डफ्लु देखा परेपछि नेपालमा उच्च सतर्कता अपनाइएको भए पनि बर्डफ्लु देखिएको हो ।

कुखुराजन्य क्षेत्रमा नेपालमा रु ७० अर्बभन्दा बढी लगानी छ । जसमध्ये आधाभन्दा बढी लगानी चितवनमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा सचिवलाय बैठक बस्दै, एकता प्रक्रियालाई अन्तिम रुप दिइने
नेकपा सचिवलाय बैठक बस्दै, एकता प्रक्रियालाई अन्तिम रुप दिइने
सल्यानमा बस दुर्घटना, १२ को अवस्था गम्भीर
सल्यानमा बस दुर्घटना, १२ को अवस्था गम्भीर
कांग्रेसको १३ दिने केन्द्रिय समिति बैठकमा केके भए, अब के हुन्छ ?
कांग्रेसको १३ दिने केन्द्रिय समिति बैठकमा केके भए, अब के हुन्छ ?
प्राविधिक शिक्षातर्फ बढ्दो महिला आर्कषण
प्राविधिक शिक्षातर्फ बढ्दो महिला आर्कषण
कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जान दिँदैनन्ः विश्वप्रकाश
कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जान दिँदैनन्ः विश्वप्रकाश
मेयर बालेनले सिंहदरबार आगो लगाउने चेतावनी किन दिए?
मेयर बालेनले सिंहदरबार आगो लगाउने चेतावनी किन दिए?
गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरी हस्तक्षेप
गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरी हस्तक्षेप
चितवन पुगेर प्रचण्डले गरे मन्त्रीकाे हेरफेर हुन सक्ने संकेत
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछ : प्रधानमन्त्री ओली
निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछ : प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?