निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछ : प्रधानमन्त्री ओली

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ६, २०७७
|
|
३८ पटक हेरिएको
Shares
निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछ : प्रधानमन्त्री ओली

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनले सबैलाई लोकप्रियताको परीक्षण गर्ने अवसर दिने बताएका छन् ।
  • देशवासीका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचका सबै तीता कुरा बिर्सेर एकताबद्ध भई निर्वाचनमा सामेल हुन सबैलाई आग्रह गरे ।
  • प्रधानमन्त्री हुन हतार गरेका सत्तारुढ दलभित्रका नेतालाई लोकप्रियताको परीक्षण र प्रतिपक्षी दल सबैलाई आआना कार्यसूची जनतामा लाने अवसर मिल्ने उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनले सबैलाई लोकप्रियताको परीक्षण गर्ने अवसर दिने बताएका छन् । देशवासीका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचका सबै तीता कुरा बिर्सेर एकताबद्ध भई निर्वाचनमा सामेल हुन सबैलाई आग्रह गरे ।

प्रधानमन्त्री हुन हतार गरेका सत्तारुढ दलभित्रका नेतालाई लोकप्रियताको परीक्षण र प्रतिपक्षी दल सबैलाई आआना कार्यसूची जनतामा लाने अवसर मिल्ने उनले बताए । प्रधानमन्त्री ओलीले भने, “जनादेशप्राप्त सरकारले आफ्नो काम गर्न पाउँदैन भने यसकोे न्यायको फैसला गर्ने थलो निर्वाचन नै हो र राज्य सञ्चालनको अन्तिम निर्णय जनताले गर्ने हो । जस्केलाबाट सरकारमा छिर्ने अलोकतान्त्रिक तरिका ठीक होइन । राजनीतिक स्थिरताका लागि निर्णायक तत्व आमनिर्वाचन हो । त्यसकारण म प्रतिनिधिसभा विघटन गरी ताजा जनादेश गराउने स्थितिमा पुगेको हुँ ।”

उनले राष्ट्रियसभा, प्रदेश सरकार र स्थानीय तह कायम रहेको तथा राज्यका सबै अङ्गले आआफ्नो कर्तव्य निर्वाह गरिरहेकाले अहिले मुलुक जनप्रतिनिधिविहीनावस्थामा नरहेको जनाउँदै लोकतन्त्रको रक्षाका लागि एकताबद्ध भई निर्वाचनमा जुट्न युवा पुस्तालाई पनि आह्वान गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका केही नेताप्रति सङ्के्त गर्दै उनले प्रश्न गरे, “सरकारविरुद्ध यसरी घेराबन्दी र दाउपेच गर्नुपर्ने अवस्था किन आयो ? सरकारले भारतसँग सीमा समस्या समाधानका लागि वार्ताको तयारी गरेको र चीनसँग भएका व्यापार र यातायातसम्बन्धी सम्झौता कार्यान्वयनको काम आरम्भ गरेकामा सहयोग गर्नुपर्ने होइन र ?”

उनले विषम स्थितिका बीच नेपालले विकासका काममा प्रगति हासिल गरेको जनाउँदै शान्तिसुरक्षा, सुशासन र अन्य क्षेत्रमा प्राप्त सकारात्मक काममा सहयोग हुनाको साटो सधैभरि सत्ता र पदीय भागबण्डा हुनु र सरकारविरुद्ध सत्तापक्षका नेता प्रतिपक्षीभन्दा बढी आक्रामक हुनुले ताजा जनादेशमा जानुपरेको स्पष्ट गरे ।

नेकपाका अध्यक्ष ओलीले सरकारविरुद्ध भएका चलखेलका काम तथा संसद्लाई बन्दी बनाउने प्रयास कुनै पनि अर्थमा लोकतान्त्रिक हुन नसक्ने बताए । उनले पार्टीलाई एकताबद्ध बनाउने, विधिवत्रुपमा नेतृत्व हस्तान्तरण गर्ने र सरकार तथा संसद्लाई विधिसम्मत चलाउने आफ्नो योजना असफल बनाइएकाले प्रतिनिधिसभा विघटन हुन पुगेको स्पष्ट गरे । यही पुस ५ गते प्रतिनिधिसभा विघटन भई आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभाका लागि नयाँ निर्वाचन मिति तोकिएको छ ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह पौडेलद्वारा अस्वीकार
गृहमन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह पौडेलद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री
अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री
प्रदेश नम्बर २ चुनाव : सबै मतदान केन्द्रमा आज कर्मचारी पुग्ने
प्रदेश नम्बर २ चुनाव : सबै मतदान केन्द्रमा आज कर्मचारी पुग्ने
प्युठानका यी वालक कपिलवस्तुको होटलमा
प्युठानका यी वालक कपिलवस्तुको होटलमा
आजबाट मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध
आजबाट मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध
भारतीय सीमाभित्र छिरे पाकिस्तानी लडाकू विमान
भारतीय सीमाभित्र छिरे पाकिस्तानी लडाकू विमान
बाबुराम विहान ९ बजेदेखि अस्पताल भर्ना
बाबुराम विहान ९ बजेदेखि अस्पताल भर्ना
भरतमोहन अधिकारी  :  पिएचडीको छात्रवृत्ति छोडेर राजा महेन्द्रको कु विरुद्ध होमिएका योद्धा
भरतमोहन अधिकारी : पिएचडीको छात्रवृत्ति छोडेर राजा महेन्द्रको कु विरुद्ध होमिएका योद्धा
तिलोत्त नगरपालिकामा एमाले विजयी
तिलोत्त नगरपालिकामा एमाले विजयी
मुगका आगलागी पीडितको सहयोगका लागि उत्पला क्याफेमा आज फिल्म देखाइदै
मुगका आगलागी पीडितको सहयोगका लागि उत्पला क्याफेमा आज फिल्म देखाइदै

तपाईंले छुटाउनुभयो कि?