चिनियाँ टोली काठमाण्डौ आउँदै
सारांश
- काठमाडौं, २३ मंसिर ।
- चिनियाँ नेशनल डिभलोप्मेन्ट एण्ड रिफर्म कमिसनका उच्च अधिकारी आज काठमाण्डौ आउँदैछन् ।
- नेपालमा सञ्चालन गर्ने रेल मार्गको परियोजनाबारे छलफल गर्न चिनियाँ टोली नेपाल आउन लागेको हो ।
काठमाडौं, २३ मंसिर । चिनियाँ नेशनल डिभलोप्मेन्ट एण्ड रिफर्म कमिसनका उच्च अधिकारी आज काठमाण्डौ आउँदैछन् । नेपालमा सञ्चालन गर्ने रेल मार्गको परियोजनाबारे छलफल गर्न चिनियाँ टोली नेपाल आउन लागेको हो ।
चीन सरकारको सहयोगमा नेपालमा निर्माण गर्ने परियोजनाका बिषयमा छलफलका लागी उच्चस्तरिय चिनियाँ टोली काठमाण्डौ आउन लागेको हो । भोलि नेपाली अधिकारीसंग छलफल गर्ने टोलीले पर्सीबाट फिल्ड भिजिट गर्ने भौतिक पुर्वाधार तथा यातायत मन्त्रालयले जनाएको छ ।
बैठकमा नेपाली पक्षको नेतृत्व मन्त्रालयका सचिव मधुसुधन अधिकारीले गर्नुहुनेछ । चिनिया प्रतिनिधिमण्डलको नेतृत्व कमिसनका उप प्रमुखले गर्नुहुनेछ । चीन सरकारले केरुङ–काठमाण्डौ, काठमाण्डौ–पोखरा र पोखरा–लुम्बीनी रुटमा रेलमार्ग निर्माण गर्ने गरी छलफल अघि बढाएको छ ।
यसअघिका २ चरणमा वार्ता सम्पन्न भईसकेको र नक्साङकनका लागी भौगोलिक अबस्थितीको प्रतिबेदन समेत तयार भईसकेकाले यसको प्रगतीका बिषयमा भोलीको बैठकमा छलफल हुने सचिव अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया