चिरञ्जिवीको फिल्म लाग्दा पाँच देशमा एकसाथ छुट्टी !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २९, २०७३
|
|
१६३ पटक हेरिएको
Shares
चिरञ्जिवीको फिल्म लाग्दा पाँच देशमा एकसाथ छुट्टी !

सारांश

  • तेलगु सुपरस्टार चिरञ्जिवीको फिल्म रिलिजको दिन तेश्रो मुलुक मानिने (खाडी) ओमान, बहराइन, दुबई, कुवेत लगायतका देशहरुमा कम्पनिहरुले कर्मचारीलाई छुट्टी दिएका छन् ।
  • यसअघि भारतमा साउथ सुपरस्टार रजनीकान्तको फिल्म ‘काबली’रिलिजमा केहि प्रान्तका कम्पनिहरुले छुट्टि दिएको समाचारले ठुलो चर्चा पाएको थियो ।
  • बिबिसी हिन्दीले लेखे अनुसार तेलगु फिल्मका बादशाह मानिने चिरु उर्फ चिरञ्जिवीको नयाँ फिल्म ‘कैदी नम्बर १५०’ रिलिजको दिन बुधबार ओमानको राजधानी मस्कटमा रहेको ठूलो कम्पनि ‘अल रियाद कंस्ट्रक्शन एंड ट्रेडिंग एलएलसी’ ले कर्मचारीलाई छुट्टी दिँदै यो अबसर पाउनुलाई उत्सवको रुपमा मनाएको छ ।

तेलगु सुपरस्टार चिरञ्जिवीको फिल्म रिलिजको दिन तेश्रो मुलुक मानिने (खाडी) ओमान, बहराइन, दुबई, कुवेत लगायतका देशहरुमा कम्पनिहरुले कर्मचारीलाई छुट्टी दिएका छन् । यसअघि भारतमा साउथ सुपरस्टार रजनीकान्तको फिल्म ‘काबली’रिलिजमा केहि प्रान्तका कम्पनिहरुले छुट्टि दिएको समाचारले ठुलो चर्चा पाएको थियो ।

बिबिसी हिन्दीले लेखे अनुसार तेलगु फिल्मका बादशाह मानिने चिरु उर्फ चिरञ्जिवीको नयाँ फिल्म ‘कैदी नम्बर १५०’ रिलिजको दिन बुधबार ओमानको राजधानी मस्कटमा रहेको ठूलो कम्पनि ‘अल रियाद कंस्ट्रक्शन एंड ट्रेडिंग एलएलसी’ ले कर्मचारीलाई छुट्टी दिँदै यो अबसर पाउनुलाई उत्सवको रुपमा मनाएको छ ।

१० बर्षपछि पर्दामा पुनरागमन गरेको अबसरमा समेत उक्त छुट्टी दिईएको बिबिसी हिन्दीले लेखेको छ । सरकारले दिएको विदा नभइ केहि कम्पनिहरुले एकसाथ कर्मचारीहरुलाई छुट्टी दिएको बताईन्छ । भारतसँगै अन्य खाडी मुलुकहरुमा समेत उक्त फिल्म एकसाथ रिलिज भएको छ । ओमनका १५ सिनेमा घरमा उक्त फिल्म एकसाथ रिलिज भएको छ ।

भारतको तेलंगानामा चिरञ्जिवी सुपरस्टार मानिन्छन् । साउदी अरबका केहि कम्पनिहरुले समेत यो अबसरमा कर्मचारीलाई छुट्टी दिएका छन् । केहि दिन पहिले सम्म कुनै फिल्म हल नभएको साउदी अरबमा अहिले आईमेक्सका हल सञ्चालनमा आएका छन् जहाँ सुरुमै चिरुको फिल्म लागेको छ ।
(कैदी नम्बर १५० को ट्रेलर)

(studybizz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुराम भट्टराईलाई आफ्नो ट्वीट निल्नु न ओकल्नु , पहिला अाफ्नाे अनुहार हेर्नुहाेस!
बाबुराम भट्टराईलाई आफ्नो ट्वीट निल्नु न ओकल्नु , पहिला अाफ्नाे अनुहार हेर्नुहाेस!
स्वेच्छिक अवकाश दिएका कर्मचारीलाई रोजेकै पायक पर्ने ठाउँमा खटाउने
स्वेच्छिक अवकाश दिएका कर्मचारीलाई रोजेकै पायक पर्ने ठाउँमा खटाउने
ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु
ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु
सांसद बस्नेतको प्रयासपछि अब जडिबुटीबाट सोझै बालकुमारी
सांसद बस्नेतको प्रयासपछि अब जडिबुटीबाट सोझै बालकुमारी
प्रधानन्यायाधीशको जिम्मेवारी पाएका श्रेष्ठले सम्हाले कार्यभार
प्रधानन्यायाधीशको जिम्मेवारी पाएका श्रेष्ठले सम्हाले कार्यभार
भक्तपुरमा भेटियो कुकुर बम, सुरक्षाकर्मीले पारे निश्क्रिय
भक्तपुरमा भेटियो कुकुर बम, सुरक्षाकर्मीले पारे निश्क्रिय
उपत्यकाका यी २३ स्थानमा आज सवारी चलाउन नपाइने
उपत्यकाका यी २३ स्थानमा आज सवारी चलाउन नपाइने
जव देउवालाई सोधेको प्रश्नको जवाफ प्रचण्डले ओलीलाई दिए…
उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण
उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण
कांग्रेस जिल्ला सभापतिहरुको दुई दिने बैठक सम्पन्न
कांग्रेस जिल्ला सभापतिहरुको दुई दिने बैठक सम्पन्न

तपाईंले छुटाउनुभयो कि?