चीनमा भेटियो २ हजार ५ सय वर्ष पुरानो सग्लो अन्डा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र १२, २०७५
|
|
५९ पटक हेरिएको
Shares
चीनमा भेटियो २ हजार ५ सय वर्ष पुरानो सग्लो अन्डा

सारांश

  • पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन् ।
  • उत्खनन्का क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो ।
  • नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताएका छन् ।

पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन् । उत्खनन्का क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो ।

नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताएका छन् ।

मानिसको हातले छुँदा अन्डा फुट्ने त्रासका कारण अन्डा गणना गर्न एक्सरेको प्रयोग गरिएको एक जना पुरातत्वविद् झाओ हेङमिङले बताउनुभयो ।

“सेतो र पहेंलो अवस्थामा भेटिएका ती अन्डा सडेको अवस्थामा छन्, तर नुनमा डुबाइएको थियो वा थिएन भन्ने बारेमा डिएनए परीक्षण गर्ने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो । अन्डाका शौखिन व्यक्तिको निधन भएपछि उनकै सम्झनामा भाँडोमा अन्डा राखेर सँगै गाडिएको हुनसक्ने अनुसन्धाताहरुको भनाई छ ।

प्राचीन चिनियाँ चिहानहरुमा अन्डा भेटिएको यो पहिलोपटक भने होइन, तर अन्डा नफुटेको अवस्थामा बिरलै पाइन्छ । वैज्ञानिकहरुका अनुसार यति लामो अवधिसम्म अन्डाको बाहिरी भाग सुरक्षित रहनु निकै कठिन हो ।

सन् २०१५ मा चीनको दक्षिणपश्चिम गुईझाओ प्रान्तमा पुरातत्वविद्हरुले दुई हजार वर्षभन्दा अघिको चिहानमा पनि अन्डा फेला पारेका थिए, तर उत्खननका क्रममा हातले छोएका कारण त्यस अन्डाको बाहिरी भाग फुटेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटमा प्रतिव्यक्ति आय ११ सय २० डलर पुर्याउने लक्ष्य, अरु के–के छन् विशेषता ?
बजेटमा प्रतिव्यक्ति आय ११ सय २० डलर पुर्याउने लक्ष्य, अरु के–के छन् विशेषता ?
काठमाडौँका यी स्थानमा आज लोडसेडिङ
काठमाडौँका यी स्थानमा आज लोडसेडिङ
तातोपानी नाकाबाट लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन
तातोपानी नाकाबाट लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन
बलात्कार र यौन दुव्र्यवहारको घटनाः न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्
बलात्कार र यौन दुव्र्यवहारको घटनाः न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्
म हुँदासम्म गोरखकाली रबर उद्योग निजीकरण हुन दिन्न : भट्टराई
म हुँदासम्म गोरखकाली रबर उद्योग निजीकरण हुन दिन्न : भट्टराई
“छोरीले जन्माएका आमाहरू” पुस्तकको अन्तर्राष्ट्रिय लोकार्पण
“छोरीले जन्माएका आमाहरू” पुस्तकको अन्तर्राष्ट्रिय लोकार्पण
वैशाखमै भव्य कार्यक्रमको साथ् ‘डी सिने अवार्ड’, हेटौडामा हुनेछ
वैशाखमै भव्य कार्यक्रमको साथ् ‘डी सिने अवार्ड’, हेटौडामा हुनेछ
काठमाडौं को धुम्बाराहीमा आज बिहानदेखि रक्तदान कार्यक्रम हुदै
काठमाडौं को धुम्बाराहीमा आज बिहानदेखि रक्तदान कार्यक्रम हुदै
पानी जहाज मैले दिउँसै देखेको सपना हो, राति होइन: प्रधानमन्त्री ओली
ठोसो जलाउँदा जैविक क्षति बढ्दै
ठोसो जलाउँदा जैविक क्षति बढ्दै

तपाईंले छुटाउनुभयो कि?