चैती छठ पर्व सम्पन्न

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र १४, २०७९
|
|
३२ पटक हेरिएको
Shares
चैती छठ पर्व सम्पन्न

सारांश

  • जलेश्वर ।
  • महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ पर्व सम्पन्न भएको छ ।
  • चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै धुमधामका साथ चैती छठ पर्व सम्पन्न भएको छ ।

जलेश्वर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ पर्व सम्पन्न भएको छ ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै धुमधामका साथ चैती छठ पर्व सम्पन्न भएको छ ।

छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको घुइचो लाग्छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन शनिबार व्रतीले ‘नहा खा’ अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने काम गरेका थिए । त्यस्तै, पर्वको दोस्रो दिन आइतबार खर्ना मनाएका थिए । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाएका थिए ।

त्यस्तै, षष्ठीका दिन अर्थात् सोमबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकिया जस्ता पकवान र विभिन्न फलपूmल तथा मूला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुगेका थिए ।

षष्ठीका सोमबार साँझ व्रतीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्र्य अर्पण गरेका थिए । यस्तै छठ पर्वको चौथो दिन अर्थात् आज बिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातः कालीन उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न गरेका छन् ।

धार्मीक ग्रन्थ महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् तथा त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमा समेत विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पु¥याउनुपर्छ तर चढाउने सामथ्र्य नभएकाहरु गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छबि र शिल्पालाई पक्रेरै छोड्ने प्रहरी प्रवक्ताको भनाई
छबि र शिल्पालाई पक्रेरै छोड्ने प्रहरी प्रवक्ताको भनाई
बम समात्ने ‘हिरो’ हवल्दारलाई गृहमन्त्रीको फोन, पुरस्कार दिने घोषणा
बम समात्ने ‘हिरो’ हवल्दारलाई गृहमन्त्रीको फोन, पुरस्कार दिने घोषणा
सुदूरमा स्वास्थ्य समस्या : दरबन्दी छ डाक्टर छैनन्, करार पत्र बाटैमा गायब !
सुदूरमा स्वास्थ्य समस्या : दरबन्दी छ डाक्टर छैनन्, करार पत्र बाटैमा गायब !
रुसले प्रत्येक महिना दशौं लाख डोज कोरोनाभाइरसको भ्याक्सिन उत्पादन गर्ने
सलमानले च्यानलसँग गरे ४०३ करोडको डिल, पछिल्लो वर्षको तुलनामा सय करोड वृद्धि
सलमानले च्यानलसँग गरे ४०३ करोडको डिल, पछिल्लो वर्षको तुलनामा सय करोड वृद्धि
What you ought to Do If you wish to Find a Wife Online
मेघौली विमानस्थल : गौचरन बन्ने खतरा
मेघौली विमानस्थल : गौचरन बन्ने खतरा
यसवर्ष रासायनिक मलको अभाव हुँदैन : प्रधानमन्त्री दाहाल
यसवर्ष रासायनिक मलको अभाव हुँदैन : प्रधानमन्त्री दाहाल
सलमान खान जन्मदिनः पीतासँगै बाल्काेनीमा निस्किए, फ्यानलाई दिए धन्यबाद
सलमान खान जन्मदिनः पीतासँगै बाल्काेनीमा निस्किए, फ्यानलाई दिए धन्यबाद
विदेशको कमाइले स्वदेशको विद्यालयलाई सहयोग
विदेशको कमाइले स्वदेशको विद्यालयलाई सहयोग

तपाईंले छुटाउनुभयो कि?