जनताको सेवाका लागि हरपल सहकार्य गर्छु : नवनियुक्त मन्त्री बस्नेत

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २१, २०८०
|
|
५७ पटक हेरिएको
Shares
जनताको सेवाका लागि हरपल सहकार्य गर्छु : नवनियुक्त मन्त्री बस्नेत

सारांश

  • काठमाडौँ ।
  • नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको सेवाका लागि हरपल सहकार्य गर्ने बताएका छन् ।
  • मन्त्रालयमा आज पदभार ग्रहणपश्चात मन्त्री बस्नेतले पत्रकारसँगको कुराकानीमा आफ्नो बढीभन्दा बढी समय मन्त्रालयसँग सहकार्य गर्ने रहेको बताए ।

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको सेवाका लागि हरपल सहकार्य गर्ने बताएका छन् ।

मन्त्रालयमा आज पदभार ग्रहणपश्चात मन्त्री बस्नेतले पत्रकारसँगको कुराकानीमा आफ्नो बढीभन्दा बढी समय मन्त्रालयसँग सहकार्य गर्ने रहेको बताए ।

उनले स्वास्थ्य सङ्कटमा सबै पक्ष जनता बचाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए । “स्वास्थ्य सङ्कटमा पहिला जनता बचाऔँ अनि राजनीति गरौैँ । वर्तमान परिप्रेक्ष्यमा स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न रोगबाट उन्मुक्तिका लागि सबै जनाले ‘एक घन्टा आफ्नो लागि’ नारासहित अघि बढौँ”, उनले भने ।

विगतमा स्वास्थ्यमन्त्री हुँदा गरेका उत्कृष्ट कार्य, लिएका अनुभव र हाल पाएको जिम्मेवारीले मन्त्रालयमा रहेका कमी–कमजोरीलाई न्यूनीकरण गरी सबै पक्षसँग सहकार्य र समन्वय गरी स्वास्थ्य क्षेत्रको सुधारोन्मुख दिशामा प्रतिबद्ध रहने उनको भनाइ छ ।

मन्त्रालयले गर्ने हरेक कार्यको पारदर्शिता कायम गरी कर्मचारीको कार्यसम्पादनको प्रभावकारिताका आधारमा सरुवा तथा स्तरोन्नतिको अवसर प्रदान गर्ने उनले बताए । पदभार ग्रहणपश्चात मन्त्री बस्नेतले चार निर्णय गरेका छन् ।

उनले स्वास्थ्य उपचारका नियमित सेवाका अलावा समय क्रममा विकसित भई सङ्क्रामक एवं महामारीका रूपमा फैलिने कोभिड, डेङ्गु र अन्य सरुवा रोग फैलिन नदिन मन्त्रालयले नीतिगत नेतृत्वका साथै सङ्घ, प्रदेश र स्थानीय तहसँगको पारस्परिक समन्वय र व्यवस्थापनलाई चुस्तदुरुस्त गरी आम नागरिकको स्वास्थ्य उपचारसँगै जीवन सुरक्षाका लागि तीनै तहका सरकारका साथै दातृ निकाय एवं सङ्घसंस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।

दोस्रो निर्णयका रूपमा स्वास्थ्य बिमा कार्यक्रममा सर्वसाधारण नागरिकसमेतको सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक भएकाले दातृ निकायसमेतको सहभागिता जुटाई स्वास्थ्य संस्थामार्फत स्वास्थ्य बिमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने रहेको छ ।

तेस्रो, आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरूमा साधन, स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित चिकित्सकलाई अधिकतम परिचालन गर्ने रहेको छ ।

त्यसैगरी स्वास्थ्य सेवा प्रवाहका लागि सङ्घ, प्रदेश र स्थानीय तहहरूमा रहेका अस्पतालबाट भइरहेको उपचारात्मक सेवा र उपलब्ध स्रोत र साधन (औजार उपकरण)को अत्यधिक उपयोग भए÷नभएको समेत समग्र क्षेत्रको अनुगमन गरी मन्त्रीसमक्ष प्रतिवेदन पेस गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा देहायबमोजिमको अनुगमन समिति गठन गर्ने निर्णय रहेको छ ।

राजनीतिक पृष्ठभूमि

मन्त्री बस्नेत नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विसं २०५६ र २०६८ को आम निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा र दोस्रो संविधानसभा सदस्यका रूपमा निर्वाचित भएका थिए । विसं २०७४ मा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री बनेका बस्नेत त्यसअघि २०५६ मा प्र्रधानमन्त्री देउवाकै नेतृत्वमा स्वास्थ्य राज्यमन्त्री भएका थिए ।

विसं २०१५ मा सिन्धुपाल्चोकमा जन्मिनुभएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरको पढाई पूरा गरेका छन् । सिन्धुपाल्चोक क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित मोहनबहादुर बस्नेतले नेकपा (एमाले)का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : अध्यक्ष ओली
बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : अध्यक्ष ओली
एमाले र माओवादीको झडप, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो !
एमाले र माओवादीको झडप, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो !
वेल्सकी राजकुमारीको पेटको शल्यक्रिया
वेल्सकी राजकुमारीको पेटको शल्यक्रिया
२७ नयाँ शहर बनाउन ५० अर्ब माग
२७ नयाँ शहर बनाउन ५० अर्ब माग
अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा
अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा
फेरि बढ्यो पेट्रोल र डिजेलको भाउ
फेरि बढ्यो पेट्रोल र डिजेलको भाउ
सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
काठमाडौं उपत्यकामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु (विवरणसहित)
काठमाडौं उपत्यकामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु (विवरणसहित)
याैन अखडामा प्रहरीकाे छापा, एक कार्टुन कण्डम बरामद !
याैन अखडामा प्रहरीकाे छापा, एक कार्टुन कण्डम बरामद !
तयार भयो उड्ने कार- के हामी पनि यो जाम को सास्ती बाट मुक्त हुन्छौं त ?
तयार भयो उड्ने कार- के हामी पनि यो जाम को सास्ती बाट मुक्त हुन्छौं त ?

तपाईंले छुटाउनुभयो कि?