जनमत पार्टीका पाँच नेता अनुशासन कारबाहीमा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण ४, २०८०
|
|
४२ पटक हेरिएको
Shares
जनमत पार्टीका पाँच नेता अनुशासन कारबाहीमा

सारांश

  • काठमाडौँ ।
  • जनमत पार्टीको अनुशासन समितिले पार्टीको नीति, निर्देशन तथा विधानविपरीत काम गरेको भन्दै सो पार्टीका पाँच नेतालाई कारबाही गरेको छ ।
  • कारबाहीमा पर्नेमा पूर्वसांसद बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, रुपन्देहीका शङ्कर खड्का, भोपेन्द्र यादव तथा कपिलवस्तुका भगवानदास यादव रहेका सो पार्टीका केन्द्रीय प्रवक्ता शरद सिंहले जानकारी दिए ।

काठमाडौँ । जनमत पार्टीको अनुशासन समितिले पार्टीको नीति, निर्देशन तथा विधानविपरीत काम गरेको भन्दै सो पार्टीका पाँच नेतालाई कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा पूर्वसांसद बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, रुपन्देहीका शङ्कर खड्का, भोपेन्द्र यादव तथा कपिलवस्तुका भगवानदास यादव रहेका सो पार्टीका केन्द्रीय प्रवक्ता शरद सिंहले जानकारी दिए ।

उनका अनुसार कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको छ भने मण्डल, भगवानदास यादव र खड्कालाई जनमत पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्वन गरिएको छ । यसैगरी भोपेन्द्र यादवलाई पार्टीको सचिवालयबाट तीन महिनाका लागि निलम्वन गरिएको जनाइएको छ ।

सो पार्टीले विज्ञप्ति प्रकाशन गरी कुशवाहाले पार्टी अनुशानविपरीत काम गर्दै आएको तथा पार्टी नेतृत्वविरुद्ध लागेको, भोपेन्द्र यादवले केन्द्रीय नीतिको उलङ्घन गरी गुटबन्दी गरेको जनाएको छ ।

यस्तै मण्डलले मन्दिरको व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको, खड्काले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको तथा भगवानदास यादवले पार्टीका बैठक र काम कारबाहीका क्रममा होहल्ला गर्दै अनुशासनहिन काम गरेको सो विज्ञप्तिमा जनाइएको छ ।

(https://tokyosmyrna.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बौद्ध  दर्शन विस्तार सेवा समाज कपन द्वारा बाडी पिडितको लागि नगद सहयोग !
बौद्ध दर्शन विस्तार सेवा समाज कपन द्वारा बाडी पिडितको लागि नगद सहयोग !
आज १७ सय ९० संक्रमित थप, २७९१ जना डिस्चार्ज
आज १७ सय ९० संक्रमित थप, २७९१ जना डिस्चार्ज
साफ च्याम्पियनसिप फुटबलः नेपाल पाकिस्तानसँग भिड्दै, यस्ता छन् पाकिस्तानसँगका पछिल्लाे खेलकाे नतिजा !
साफ च्याम्पियनसिप फुटबलः नेपाल पाकिस्तानसँग भिड्दै, यस्ता छन् पाकिस्तानसँगका पछिल्लाे खेलकाे नतिजा !
निर्वाचन तयारीबारे राज्य व्यवस्था समितिलाई जानकारी
निर्वाचन तयारीबारे राज्य व्यवस्था समितिलाई जानकारी
तीन दिन देशैभर वर्षाः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
तीन दिन देशैभर वर्षाः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
अपडेट नै हुँदैनन् सरकारी कार्यालयका ‘वेबसाइट’
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै
सङ्घीय र प्रदेश सरकारमा गठबन्धन दलको पालैपालो सरकार : अध्यक्ष नेपाल
सङ्घीय र प्रदेश सरकारमा गठबन्धन दलको पालैपालो सरकार : अध्यक्ष नेपाल
मानव स्रोत विकास केन्द्रमा कामविहीन चार सहसचिव
मानव स्रोत विकास केन्द्रमा कामविहीन चार सहसचिव
ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन
ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन