जम्बु र भोटेकोशी बाढीः मृत्यु हुनेको परिचय

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ २५, २०७७
|
|
५६ पटक हेरिएको
Shares
जम्बु र भोटेकोशी बाढीः मृत्यु हुनेको परिचय

सारांश

  • गए राति अविरल वर्षासँगै ठाडो खोलामा आएको बाढीबाट जम्बु, खागदल र बुलकोटेमा मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।
  • मृत्यु हुनेमा बाह्रबीसे नगरपालिका –५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको र दुवैको शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले जानकारी दिनुभयो ।
  • घटनामाा १८ जना बेपत्ता तथा पाँच जना गम्भीर घाइते भएका छन् ।

गए राति अविरल वर्षासँगै ठाडो खोलामा आएको बाढीबाट जम्बु, खागदल र बुलकोटेमा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाह्रबीसे नगरपालिका –५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको र दुवैको शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले जानकारी दिनुभयो । घटनामाा १८ जना बेपत्ता तथा पाँच जना गम्भीर घाइते भएका छन् ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार भइरहेको छ । भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरी सूचना अधिकारी काफ्लेका अनुसार जम्बुमा ११ घर र खागदलमा सानाठूला गरी २० घर टहरा बगाउनाका साथै पक्की पुलसमेत बगेका छन् । जम्बुका तीन गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट राजधानी लाने प्रयास भइरहेको छ ।
त्यसै गरी भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा स्थानीय खहरे खोलामा आएको बाढीले राजमार्ग छेउका तीन टहरासमेत बगाएको र चार जना बेपत्ता भएका छन भने दुई जना घाइते भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । बाढीले त्यहाँस्थित सानो पुलेसा ९कल्भर्ट० समेत बगाएको छ ।
बाढीले धनजनको ठूलो क्षति भएपछि सभामुख अग्निप्रसाद सापकोटा हेलिकोप्टरमार्फत आज बिहान घटनास्थल जान लाग्नु भएकामा प्रतिकूल मौसमका कारण धुलिखेलबाट नै फर्किनुपरेको उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किशोरी बलात्कारका अभियुक्त श्रेष्ठ किन आफै पुगे प्रहरी खोज्दै ?
किशोरी बलात्कारका अभियुक्त श्रेष्ठ किन आफै पुगे प्रहरी खोज्दै ?
चलचित्र “हिरोज” को टिजर रिलिज : टिजरमा करिश्मा देखि पुर्णिमा सम्म
चलचित्र “हिरोज” को टिजर रिलिज : टिजरमा करिश्मा देखि पुर्णिमा सम्म
मेवाको पातको जूस पिउ ज्यानै जाने रोगबाट बचौ
मेवाको पातको जूस पिउ ज्यानै जाने रोगबाट बचौ
एमाले–माओवादी बाहिरै राखेर प्रदेश प्रमुख भागबण्डा, को–को बन्दैछन् ?
एमाले–माओवादी बाहिरै राखेर प्रदेश प्रमुख भागबण्डा, को–को बन्दैछन् ?
पूर्वी युक्रेनका मानिसलाई सरकारले भन्यो -तत्काल भाग वा मृत्युको सामना गर
पूर्वी युक्रेनका मानिसलाई सरकारले भन्यो -तत्काल भाग वा मृत्युको सामना गर
प्रदेश तीनको राजधानी हेटौंडा नै हुनुपर्छ: अध्यक्ष थापा
प्रदेश तीनको राजधानी हेटौंडा नै हुनुपर्छ: अध्यक्ष थापा
साउन महिनामा शिवजीको उपसना गरे यी राशीका व्यक्तिलाई मिल्नेछ फल
साउन महिनामा शिवजीको उपसना गरे यी राशीका व्यक्तिलाई मिल्नेछ फल
सम्पूर्ण राज्यशक्तिको ध्यान प्रदेश नं २ को निर्वाचनमा
एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’
एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’
आश्मालाई पलले बुलेटमा उडाएपछि सरोजको बिचल्ली (हेर्नुहोस् भिडियोमा)
आश्मालाई पलले बुलेटमा उडाएपछि सरोजको बिचल्ली (हेर्नुहोस् भिडियोमा)

तपाईंले छुटाउनुभयो कि?