जम्मू–कश्मिरमा राजनीतिक संकट, त्रासमा जनता

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २०, २०७६
|
|
३४ पटक हेरिएको
Shares
जम्मू–कश्मिरमा राजनीतिक संकट, त्रासमा जनता

सारांश

  • बीबीसी।
  • भारत प्रशासित जम्मू कश्मिरको राजधानी श्रीनगरमा सोमबार मध्य रातिदेखि नाटकीय रुपमा राजनीतिक घटनाक्रम परिवर्तन भएको छ।
  • नेशनल प.

बीबीसी। भारत प्रशासित जम्मू कश्मिरको राजधानी श्रीनगरमा सोमबार मध्य रातिदेखि नाटकीय रुपमा राजनीतिक घटनाक्रम परिवर्तन भएको छ। नेशनल प.कन्फ्रेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यक्ष महबुबा मुफ्ती र जम्मू कश्मिर पिपुल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरुको घरमा नै नजरबन्द गरिएको छ। श्रीनगरमा रहेका पत्रकार माजिद जहाँगीरले ती नेतालाई नजरबन्दमा राखिएको पुष्टि गरे।

उनका अनुसार पूरै श्रीनगरमा धारा १४४ लगाइएको छ, जुन अर्को आदेश जारी नहुँदासम्म लागू हुनेछ। यो आदेश अनुसार जनतालाई कुनै पनि प्रकारको स्वतन्त्रता हुँदैन भने सबै शिक्षण संस्था पनि बन्द हुन्छन्। यसैबीच श्रीनगरसहित पूरै कश्मिरमा मोबाइल र इन्टरनेट सेवा पनि बन्द गरिएको छ। यसअघि उमर अब्दुल्लाले एक ट्विट गर्दै आफूलाई नजरबन्द गरिन सक्ने आंशंका गरेका थिए।

उमर अब्दुल्लाले आफ्नो ट्विटमा लेखेका थिए–मलाइ र अन्य नेतालाई नजरबन्द गर्ने प्रक्रिया सुरु गरिएको छ। यसका कारण थाहा पाउने कुनै तरिका छैन।’ उमर अब्दुल्लाको ट्विटको जवाफमा कांग्रेस नेता एवं पूर्व केन्द्रीय मन्त्री शशि थरुरले एउटा ट्विट गर्दै उनको समर्थन गरेका छन्। उता पीडीपी नेता महबुबा मुफ्तीले पनि एक ट्विट गर्दै कश्मिरका लागि एकजुट हुने बताएकी छन्।

महबूबा मुफ्तीले आफ्नो ट्विटमा भनेकी छन्–अवस्था सहज छैन। तर कसैले पनि हाम्रो प्रतिवद्धतालाई तोड्न सक्दैन।’ कश्मिरको जारी राजनीतिक घटनाप्रति अर्गनाइजेशन अफ इस्लामिक कन्ट्रीज (ओआईसी) ले पनि चिन्ता जनाएको छ। ओआईसीले आफ्नो ट्विट गर्दै भनेको छ–भारत नियन्त्रित कश्मिरको अवस्था, अतिरिक्त सुरक्षाकर्मीको तैनाथी तथा प्रतिबन्धित क्लस्टर बमको प्रयोगको खबरले हामीलाई चिन्तित बनाएको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
दलित समुदायको प्रतिनिधित्व कमजोर बन्दै
दलित समुदायको प्रतिनिधित्व कमजोर बन्दै
चितवनमा ५१ जनामा डेंगु सङ्क्रमण
चितवनमा ५१ जनामा डेंगु सङ्क्रमण
हरिशरण लामिछाने संसदीय निर्वाचन लड्ने
हरिशरण लामिछाने संसदीय निर्वाचन लड्ने
सर्वदलीय बैठक अगाडि बालुवाटारमा मन्त्रिपरिषद बैठक
सर्वदलीय बैठक अगाडि बालुवाटारमा मन्त्रिपरिषद बैठक
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेता नेपाल ‘फायर’
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेता नेपाल ‘फायर’
२२ बिगाहा क्षेत्रफलमा निर्मित औद्योगिक क्षेत्र डुबानमा
२२ बिगाहा क्षेत्रफलमा निर्मित औद्योगिक क्षेत्र डुबानमा
सुनुवाइ समिति बन्नुभन्दा अगाडि नै प्रधानन्यायाधीशको नाम सिफारिश : कानून मन्त्री
सुनुवाइ समिति बन्नुभन्दा अगाडि नै प्रधानन्यायाधीशको नाम सिफारिश : कानून मन्त्री
सदस्यता : २०१० सालमा मोहनविक्रमले लिए, ६० वर्षपछि कमलराजले लिए
सदस्यता : २०१० सालमा मोहनविक्रमले लिए, ६० वर्षपछि कमलराजले लिए
सरकारमा आउने हो कि होइन ? राजपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्नः???????
सरकारमा आउने हो कि होइन ? राजपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्नः???????

तपाईंले छुटाउनुभयो कि?