जिल्ला अदालतको आदेशमा छुटेका दुई प्रहरीलाई थुनामा राख्न उच्च अदालतको आदेश

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र ५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
जिल्ला अदालतको आदेशमा छुटेका दुई प्रहरीलाई थुनामा राख्न उच्च अदालतको आदेश

सारांश

  •             बिराटनगर, ५ भदौ ।
  • सनम शाक्य हत्या  र सुन तस्करीप्रकरणमा जिल्ला अदालतको आदेशमा छुटेका दुई प्रहरीलाई थुनामा राख्न उच्च अदालतले आदेश दिएको छ।
  •  उच्च अदालत विराटनगरले प्रहरी हवल्दार अम्बरबहादुर थापा र प्रहरी जवान विष्णु बहादुर खड्कालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको हो।

            बिराटनगर, ५ भदौ । सनम शाक्य हत्या  र सुन तस्करीप्रकरणमा जिल्ला अदालतको आदेशमा छुटेका दुई प्रहरीलाई थुनामा राख्न उच्च अदालतले आदेश दिएको छ। उच्च अदालत विराटनगरले प्रहरी हवल्दार अम्बरबहादुर थापा र प्रहरी जवान विष्णु बहादुर खड्कालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको हो। उनीहरुलाई छाड्ने आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङ उच्च अदालत गएको थियो।

                जिल्ला अदालत मोरङका न्यायाधीश नारायण प्रसाद शर्माको इजलाशले जेठ ८ गते प्रहरी हवल्दार थापालाई साधरण तारेख र  र प्रहरी जवान विष्णु बहादुर खड्कालाई धरौटीमा छाडनआदेश दिएका थिए । उच्च अदालत विराटनगरका न्यायधीश उमेशराज पौडेल र सादुराम सापकोटाको संयुक्त इजालसले मंगलबार खड्का र थापालाई थुनामा राखेर कारबाही गर्न आदेश दिएको  हो। खड्का निलम्बन एसएसपी श्याम खत्रीको सवारी चालक हुन् भने थापा बडिगार्ड थिए।

               सुन तस्करी प्रकरणमा पूर्व डिआईजी गोविन्द निरौलासहित एसएसपी खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी र संजय राउत तथा सइ बालकृष्ण सञ्जेल पुर्पक्षका लागि कारागारमा छन्। उनीहरुले सुन तस्करीमा चुडामणि उप्रेती ‘गोरे’को समूहलाई सघाएको तथा सनम शाक्य हत्यामा मुख्य अभियुक्तलाई जोगाएको आरोप छ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्यक्षदर्शी भन्छन्- ‘हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ’
प्रत्यक्षदर्शी भन्छन्- ‘हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ’
उपनिर्वाचन २०७६ : चुनावको तिथि नजकिँदा प्रचारप्रसारमा तीव्रता
उपनिर्वाचन २०७६ : चुनावको तिथि नजकिँदा प्रचारप्रसारमा तीव्रता
प्रचण्डमाथि राजनीतिक अस्त्र प्रहार
प्रचण्डमाथि राजनीतिक अस्त्र प्रहार
विश्वकप अगाडी विराट र धोनीको लागि उर्वशीले गरिन यस्तो ट्वीट
विश्वकप अगाडी विराट र धोनीको लागि उर्वशीले गरिन यस्तो ट्वीट
मिनी चिडियाखानाका रूपमा विकास हुँदै भालुढुङ्गा
मिनी चिडियाखानाका रूपमा विकास हुँदै भालुढुङ्गा
आज पहिलोपटक संघीय संसदमा सम्बोधन गर्न राष्ट्रपति बग्गी चढेर जाने
आज पहिलोपटक संघीय संसदमा सम्बोधन गर्न राष्ट्रपति बग्गी चढेर जाने
कार्य क्षेत्रमा खटिँदा मारिने सैनिकको परिवारलाइ सात वर्षसम्म पूरा पारिश्रमिक
फेरी उठ्नेछ नेपाल माघ १३ गते
फेरी उठ्नेछ नेपाल माघ १३ गते
चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक
चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक
सुनको टुक्रा भन्दै १९ लाखमा फलामको टुक्रा दिएपछि…
सुनको टुक्रा भन्दै १९ लाखमा फलामको टुक्रा दिएपछि…

तपाईंले छुटाउनुभयो कि?