जिल्ला अदालतमा सात जना न्यायाधीश सिफारिस

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर १८, २०७६
|
|
३७ पटक हेरिएको
Shares
जिल्ला अदालतमा सात जना न्यायाधीश सिफारिस

सारांश

  • काठमाडौँ।
  • न्याय परिषद्ले जिल्ला अदालतमा सात जना न्यायाधीश सिफारिस गरेको छ।
  • मङ्गलबारको बैठकले न्यायाधीश सिफारिस गरेको हो।

काठमाडौँ। न्याय परिषद्ले जिल्ला अदालतमा सात जना न्यायाधीश सिफारिस गरेको छ। मङ्गलबारको बैठकले न्यायाधीश सिफारिस गरेको हो। परिषद्को निर्णयअनुसार पाँच न्यायाधीशको सरुवा भएको छ। निर्णयअनुसार उच्च अदालत तुलसीपुर इजलासमा कार्यरत रजिष्ट्रार गेहेन्द्रराज पन्त जिल्ला अदालत भोजपुरको न्यायाधीशमा सिफारिस भएका छन्। यस्तै सर्वोच्चका उपरजिष्ट्रार विद्याराज पौडेल रुकुम जिल्ला अदालतमा सिफारिस भएका छन्। यस्तै सर्वोच्चकै उपरजिष्ट्रार महेन्द्रराज काफ्ले जिल्ला अदालत सोलुखुम्बुको न्यायाधीशमा सिफारिस भएका छन्।

उच्च अदालत महेन्द्रनगर इजालासमा कार्यरत रजिष्ट्रार टेकराज जोशी डोल्पा जिल्ला अदालतमा सिफारिस भएका छन्। सर्वोच्चकै उपरजिष्ट्रार इन्दिरा शर्मा जिल्ला अदालत झापाको न्यायाधीशमा सिफारिस भएका छन्। सर्वोच्चमै कार्यरत मनकुमारी जिएम (विक) बाँके जिल्ला अदालतको न्यायाधीशमा र उपरजिष्ट्रार रीताकुमारी बख्रेल सप्तरी जिल्ला अदालतको न्यायाधीशमा सिफारिस भएका छन्।

निर्णयअनुसार जिल्ला अदालत भोजपुरमा कार्यरत खिलनाथ रेग्मीको बारा जिल्ला अदालतमा सरुवा भएको छ। यस्तै सोलुखुम्बुका अमृतबहादुर बस्नेतको झापा, नवलपुर जिल्ला अदालतका अम्बिकाप्रसाद निरौलाको काठमाडौँ जिल्ला अदालतमा सरुवा भएको छ। निर्णयअनुसार जिल्ला अदालत दोलखाका तेजबहादुर खड्काको मोरङ जिल्ला अदालत र रुकुमका आत्मदेव जोशीको धादिङ जिल्ला अदालतमा सरुवा भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलंकामा प्रदर्शनका बीच ४ मन्त्री नियुक्त
श्रीलंकामा प्रदर्शनका बीच ४ मन्त्री नियुक्त
युवासंघको सम्पुर्ण शक्ति उद्दार र राहतमा जुट्ने .  (फोटोफिचर)
युवासंघको सम्पुर्ण शक्ति उद्दार र राहतमा जुट्ने . (फोटोफिचर)
माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्न निषेध
माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्न निषेध
विमानस्थलमा जहाज अवतरण गर्दा स्याल देखिएपछि…
विमानस्थलमा जहाज अवतरण गर्दा स्याल देखिएपछि…
नेताको नाम बेच्दै गरिएको दादागिरीको कुरै नगरौँ
नेताको नाम बेच्दै गरिएको दादागिरीको कुरै नगरौँ
राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ : प्रधानमन्त्री
राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ : प्रधानमन्त्री
राष्ट्रिय सभामा गुल्मीको दबदबा: विष्णु कुमारी सापकोटासँगै अब चन्द्रबहादुर केसी र रामकुमारी झाँक्रीले पनि पैरवी गर्ने
राष्ट्रिय सभामा गुल्मीको दबदबा: विष्णु कुमारी सापकोटासँगै अब चन्द्रबहादुर केसी र रामकुमारी झाँक्रीले पनि पैरवी गर्ने
विद्युत प्राधिकरणले किन दियाे  चेतावनी ?
विद्युत प्राधिकरणले किन दियाे चेतावनी ?
विद्यालय निर्माणका लागि जापानी सहयोग
विद्यालय निर्माणका लागि जापानी सहयोग
नारायणकाजीले भने, “पार्टी एकता हुन्छ र माओवादी केन्द्र सरकारमा पनि जान्छ”
नारायणकाजीले भने, “पार्टी एकता हुन्छ र माओवादी केन्द्र सरकारमा पनि जान्छ”

तपाईंले छुटाउनुभयो कि?