जुम्लाबासीकाे पीडा: १० चक्की खानुपर्नेमा २ चक्की औषधि खान्छन् बिरामी
सारांश
- स्वास्थ्य संस्थामा औषधि अभावका कारण विरामीलाई पुर्ण डोजको औषधि दिन नसकिएको पातारासी गाउँपालिका स्थित छुमचौर स्वास्थ्य चौकीका प्रमुख प्रकाश सापकोटाले बताए ।
- उनले भने ‘अहिले औषधि अभावका कारण १० ट्याप्लेट दिनुपर्ने विरामीलाई २ वटा चक्की मात्र दिएका छौँ ।
- ’ गाउँपालिकामा औषधि खरिदको बजेट आएको छ भन्ने सुनिए पनि चालु आर्थिक वर्षको पहिलो चौमासिक वित्न लागि सक्दा पनि औषधि खरिद नभएकाले अभाव भएको उनले बताए ।
स्वास्थ्य संस्थामा औषधि अभावका कारण विरामीलाई पुर्ण डोजको औषधि दिन नसकिएको पातारासी गाउँपालिका स्थित छुमचौर स्वास्थ्य चौकीका प्रमुख प्रकाश सापकोटाले बताए । उनले भने ‘अहिले औषधि अभावका कारण १० ट्याप्लेट दिनुपर्ने विरामीलाई २ वटा चक्की मात्र दिएका छौँ ।’ गाउँपालिकामा औषधि खरिदको बजेट आएको छ भन्ने सुनिए पनि चालु आर्थिक वर्षको पहिलो चौमासिक वित्न लागि सक्दा पनि औषधि खरिद नभएकाले अभाव भएको उनले बताए ।
अहिले रुगाखोकी, झाडापखालाका बिरामीहरु प्रायजसो स्वास्थ्य संस्था आउने गरेपनि औषधि अभावका कारण कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिफर गर्नुपर्ने बाध्यता भएको प्रमुख सापकोटाको भनाइ छ । आइरन चक्की नभएका कारण गर्भवती महिलालाई वितरण गर्न सकिएको छैन । उनले भने ‘औषधि खरिदका लागि गाउँपालिकाले ४ वटा स्वास्थ्य संस्थाका लागि २ लाख रुपैया बजेट विनियोजन गरेको छ त्यसले त १÷२ महिना पनि नपुग्ने अवस्था देखिन्छ । ’पातारासी गाउँपालिका स्थानीयले स्वास्थ्य संस्थामा औषधि नपाइने गुनासो गरेका छन् । स्थानीय विष्णु बुढाका अनुसार स्वास्थ्य चौकी आवश्यक परेको औषधि पाइँदैन स्वास्थ्यकर्मीले औषधि लेखिदिए पछि मेडिकलमा किनेर खाने गरेका छौ ।
बालबालिकाका लागि झोलमा औषधि छैन
तातोपानी गाउँपालिका स्थित लाम्रा स्वास्थ्य चौकीका प्रमुख गोपाल गिरीले अवको १ महिलापछि औषधिको चरम अभाव हुने सम्भावना देखिएको बताए । उनले भने ‘गाउँपालिकाले औषधि खरिदको सुरसार छैन जिल्ला स्टोरमा औषधि सकिदै छ । औषधि खरिदका लागि ५० हजार मात्र बजेट विनियोजन गरेको छ । त्यसले १/२ महिना पनि पुग्ने अवस्था देखिदैन ।’ प्रमुख गिरिका अनुसार बालबालिकाका लागि झोलमा औषधि छैन बच्चाले ट्याब्लेटमा खान नमान्ने भएकाले विशेषगरी झोलमा औषधि चाहिने हो तर त्यो औषधि छैन । स्वास्थ्य संस्थामा ३५ प्रकार औषधि निशुल्क पाइने भनिएपछि २० प्रकार मात्र औषधि आउने गरेको उनले बताए । हिमा गाउँपालिका स्थित महावैपाथरखोला स्वास्थ्य चौकीका टेक बुढाका अनुसार आइरन चक्की, एमोक्सिलन जस्ता अत्यआवश्यक औषधि अभाव छ । जिल्ला स्टोरमा माग गरेका छौ उनले भने अहिले स्वास्थ्य संस्थामा औषधिको अभाव नै छ ।
प्रतिक्रिया