टर्कीए भूकम्पः अट्ठाइस हजारभन्दा बढीको मृत्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २९, २०७९
|
|
५१ पटक हेरिएको
Shares
टर्कीए भूकम्पः अट्ठाइस हजारभन्दा बढीको मृत्यु

सारांश

  • इस्तानबुल ।
  • टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार एक सय ९२ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् ।
  • टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ ।

इस्तानबुल । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार एक सय ९२ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ ।

हालसम्म टर्कीएमा २४ हजार छ सय १७ जनाले ज्यान गुमाएका उपराष्ट्रपति फुवाट ओक्टेले बताए । सिरियामा तीन हजार पाँच सय ७५ जनाको ज्यान गएको छ । सरकार नियन्त्रित क्षेत्रमा एक हजार चार सय आठ जना तथा विद्रोहीको पकड भएका भूभागमा दुई हजार एक सय ६७ जनाको मृत्यु भएको उद्धारमा संलग्न स्वयम्सेवी संस्थाका प्रतिनिधिहरूले बताएका छन् ।

विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियमा उद्धारका काम समाप्त भएको जनाउँदै स्यम्सेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको बताए पनि त्यससम्बन्धी वास्तविक विवरण दिएको छैन ।

इटालीका रक्षामन्त्री गुइडो क्रोसेटोले सिरियाली भूकम्पपीडितलाई सहायता सामग्री बेरुतको लेबनानबाट परिचालन गरिएको बताए । रेडक्रस र रेडक्रिसेन्टलगायत अन्तर्राष्ट्रिय परोपकारी संस्थामार्फत राहत सामग्री वितरण गरिने जानकारी उनले दिए ।

भैँचालोले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्र्कीएमा उद्धारकर्मी अझै सङ्घर्ष गरिरहेका छन् भने केही संस्थाले सुरक्षाका कारण खोज तथा उद्धारका काम रोकेका छन् । टर्कीए सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना शहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला समन्वय समितिको कार्यालयमा आगलागी
ठगीको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी शाही पक्राउ ।
ठगीको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी शाही पक्राउ ।
बाउन्स चेक लिएर प्रहरीकोमा पुग्ने बढे, यसरी फसे सुकुमान
बाउन्स चेक लिएर प्रहरीकोमा पुग्ने बढे, यसरी फसे सुकुमान
गफ नगरौँ, इमान्दार भएर काम गरौँ : धनराज गुरुङ
गफ नगरौँ, इमान्दार भएर काम गरौँ : धनराज गुरुङ
कांग्रेसी मन्त्रीको चेतावनी- आपसी अन्तरद्वन्द्व र अहम् नत्यागे काँग्रेस समाप्त हुन्छ
कांग्रेसी मन्त्रीको चेतावनी- आपसी अन्तरद्वन्द्व र अहम् नत्यागे काँग्रेस समाप्त हुन्छ
अन्तत यस्तो बन्ने भो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (भिडियो)
अन्तत यस्तो बन्ने भो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (भिडियो)
दिल्ली विधानसभामा दुई तिहाइ सिटमा आम आदमी पार्टी अगाडि
दिल्ली विधानसभामा दुई तिहाइ सिटमा आम आदमी पार्टी अगाडि
शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने जिम्मेवारी अब विश्वविद्यालय अनुदान आयोगलाई, त्रिविद्वारा नयाँ आवेदन बन्द
शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने जिम्मेवारी अब विश्वविद्यालय अनुदान आयोगलाई, त्रिविद्वारा नयाँ आवेदन बन्द
संकटा मन्दिरबाट छ सय किलाे फाेहाेर व्यवस्थापन (फोटोफिचर)
संकटा मन्दिरबाट छ सय किलाे फाेहाेर व्यवस्थापन (फोटोफिचर)
सुरु भयो तिहार, काठमाडौमा तिहारको सामाग्री किन्नेको भिडभाड
सुरु भयो तिहार, काठमाडौमा तिहारको सामाग्री किन्नेको भिडभाड

तपाईंले छुटाउनुभयो कि?