ठुला सवारी साधनमा ७ प्रतिशत सडक दस्तुर लाग्ने

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ३०, २०७५
|
|
६१ पटक हेरिएको
Shares
ठुला सवारी साधनमा ७ प्रतिशत सडक दस्तुर लाग्ने

सारांश

  • वीरगञ्ज ३० साउन ।
  • प्रदेश सरकारले करको दायरा फराकिलो पारेपछि यातायात व्यवस्था कार्यालय नारायणी (सवारी तर्फ) पर्साले चालु आर्थिक वर्षमा उठाउने राजश्व प्रभावित हुने देखिएको छ ।
  • प्रदेश तथा स्थानीय सरकारले ठुला सवारी साधनमा ७ प्रतिशत सडक दस्तुर, प्रदुषण जाँच कर तथा अन्य प्रदेशले सवारी साधन आफै दर्ता गर्ने भएकोले राजश्व उठाउने कामको प्रत्यक्ष प्रभाव यातायात व्यवस्था कार्यालयलाई पर्ने भएको छ ।

वीरगञ्ज ३० साउन । प्रदेश सरकारले करको दायरा फराकिलो पारेपछि यातायात व्यवस्था कार्यालय नारायणी (सवारी तर्फ) पर्साले चालु आर्थिक वर्षमा उठाउने राजश्व प्रभावित हुने देखिएको छ ।प्रदेश तथा स्थानीय सरकारले ठुला सवारी साधनमा ७ प्रतिशत सडक दस्तुर, प्रदुषण जाँच कर तथा अन्य प्रदेशले सवारी साधन आफै दर्ता गर्ने भएकोले राजश्व उठाउने कामको प्रत्यक्ष प्रभाव यातायात व्यवस्था कार्यालयलाई पर्ने भएको छ । अघिल्लो आर्थिक वर्षसम्म चितवन हेटौँडाबाट बढी मात्रामा सवारी साधन दर्ता हुने गथ्र्यो ।

तर अब चालु आवदेखि प्रदेश सरकारले आफँै दर्ता गरी कर उठाउने भएपछि यसको प्रत्यक्ष मार कार्यालयमा परेको लेखापाल हेमबहादुर बोगटीले बताए छन्।सो कार्यालयले आर्थिक वर्ष २०७३–०७४ भन्दा आर्थिक वर्ष ०७४–०७५ मा ६ दशमलव २९ प्रतिशत राजश्व बढी उठाएको छ । सो आवमा ९२ हजार ५७७ सवारी साधन दर्ता गरी तीन अर्व २८ करोड ३५ लाख २७ हजार ६७९ रुपैया राजश्व उठ्यो जुन आर्थिक वर्ष २०७३–०७४ भन्दा २० करोड ६८ लाख ५२ हजार २७१ रुपैया बढी हो ।

कार्यालयले आव २०७३–०७४ मा ८३ हजार ८० सवारी साधन दर्ता गरि तीन अर्व ७६ करोड ६७ लाख ५० हजार ४०८ रुपैयाँ राजश्व उठाएको थियो । अघिलो वर्ष सवारी दर्ता बढी भएको, पुरानो गाडीको लगत कट्टा बढी भएको, लिलामी, नामसारी बढी भएकोले ६ दशमलव २९ प्रतिशत बढी राजश्व उठेको निमित प्रमुख उपेन्द्र महतोले बताए छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?