टिकट खोसिएपछि कांग्रेसका पुराना नेतालेे पार्टी छाडे

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
५२ पटक हेरिएको
Shares
टिकट खोसिएपछि कांग्रेसका पुराना नेतालेे पार्टी छाडे

सारांश

  • १७ कात्तिक, बुटवल ।
  • फिक्स भएको टिकट अन्तिम समयमा अर्कैले पाएपछि रुपन्देहीका पुराना कांग्रेस नेताले पार्टी परित्याग गरेका छन् ।
  • कांग्रेसका महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेलले पत्रकार सम्मेलन गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरे ।

१७ कात्तिक, बुटवल । फिक्स भएको टिकट अन्तिम समयमा अर्कैले पाएपछि रुपन्देहीका पुराना कांग्रेस नेताले पार्टी परित्याग गरेका छन् ।

कांग्रेसका महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेलले पत्रकार सम्मेलन गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरे । ‘मेरो टिकट आर्थिक चलखेलकै कारण अरुलाइ दिइयो,पार्टी कसैको पेवा होइन हामी कसैका गोटी होइनौं’- उनले दुखेसो सुनाए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० निवासी पौडेलले आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ को ‘ख’बाट उम्मेदवारी दर्ता गराएपछि आफूमाथी भएको अन्याय र अत्याचार सहन नसकेर उम्मेदवारी दर्ता गराएको तथा पार्टी परित्याग गरेको जानकारी गराए ।

२०३४ सालमा पार्टीको साधारण सदस्यता प्राप्त गरी राजनीति आरम्भ गरेका पौडेल २०३६ सालमा क्रियाशील सदस्य भएका थिए । उनले आफूले पार्टीका लागि धेरै योगदान गरे पनि आफ्नो योगदानको पार्टीमा कुनै मुल्याङ्कन नभएको र पैसावाला तथा नवप्रवेशीहरुको हातमा पार्टी पुगेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा भावुक बनेका पौडेल पार्टीमा नताबाट र कृपाबादका कारण टिकट वितरणमा देखाएको अकर्मण्यताले पार्टीप्रति निष्ठाबान, प्रतिवद्ध इमान्दार नेता तथा कार्यकर्तालाई निकै ठूलो चोट परेको उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री मोदीद्वारा आन्दोलनकारीलाई शान्त रहन आग्रह
प्रधानमन्त्री मोदीद्वारा आन्दोलनकारीलाई शान्त रहन आग्रह
प्रम ओलीको मृगौला प्रत्यारोपण यसरी हुनेछ
प्रम ओलीको मृगौला प्रत्यारोपण यसरी हुनेछ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परे सिटिजन्स बैंकका ६ कर्मचारी
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परे सिटिजन्स बैंकका ६ कर्मचारी
रुकुम पश्चिममा करिब साढे १३ हजार लाभग्राहीले पाए पहिलो किस्ता
रुकुम पश्चिममा करिब साढे १३ हजार लाभग्राहीले पाए पहिलो किस्ता
परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
साथीहरुसँगै खेल्दाखेल्दै बाटोमा फालिएको विषादी खाएपछि बालकको ज्यान गयो
साथीहरुसँगै खेल्दाखेल्दै बाटोमा फालिएको विषादी खाएपछि बालकको ज्यान गयो
केपि अोलिले भने बूढो रुखलाई जति युरिया मल हालेनि बढ्दैन् ।
केपि अोलिले भने बूढो रुखलाई जति युरिया मल हालेनि बढ्दैन् ।
कर्मचारी समायोजन अध्यादेशप्रति निजामती कर्मचारीको असहमति
कर्मचारी समायोजन अध्यादेशप्रति निजामती कर्मचारीको असहमति
एनआरएनए निर्वाचन: मनोनयन दर्ता आज, अध्यक्षकाे उम्मेदवारी शुल्क १० लाख
एनआरएनए निर्वाचन: मनोनयन दर्ता आज, अध्यक्षकाे उम्मेदवारी शुल्क १० लाख
महेन्द्र र चमेरे गुफामा फ्रि वाइफाइ
महेन्द्र र चमेरे गुफामा फ्रि वाइफाइ

तपाईंले छुटाउनुभयो कि?