ट्रम्पको भाषणको प्रति सभामुखले संसदमा नै च्यातिन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २३, २०७६
|
|
५६ पटक हेरिएको
Shares
ट्रम्पको भाषणको प्रति सभामुखले संसदमा नै च्यातिन

सारांश

  • वासिंटन, माघ २३ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको संसद् कंग्रेसलाई गरेको सम्बोधनमा ‘महान् अमेरिकी पुनर्जागरण’को प्रशंसा गरेका छन्।
  • तर, त्यसक्रममा अमेरिकी राजनीतिको उच्च तहमा कडा विभाजन विद्यमान रहेको छर्लंग भएको छ।

वासिंटन, माघ २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको संसद् कंग्रेसलाई गरेको सम्बोधनमा ‘महान् अमेरिकी पुनर्जागरण’को प्रशंसा गरेका छन्। तर, त्यसक्रममा अमेरिकी राजनीतिको उच्च तहमा कडा विभाजन विद्यमान रहेको छर्लंग भएको छ। वार्षिक स्टेट अफ द युनियनको भाषणका क्रममा बोल्दै ट्रम्पले आगामी चार वर्षे कार्यकालका लागि आफ्नो योजनासमेत प्रस्तुत गरेका छन्।

राष्ट्रपतिको सम्बोधन भ्रष्टाचारको आरोपमा उनीविरुद्ध चालिएको महाभियोग प्रक्रियाबाट उनले सफाइ पाउने अनुमान गरिएको एक दिनअघि आएको हो। वार्षिक भाषण कार्यक्रमको एक चरणमा संसद्को तल्लो सदनकी डेमोक्रे्याटिक सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिको भाषणको एक प्रति उनकै पछाडि बसेर च्यातेकोसमेत देखिएको थियो।

रिपब्लिकन राष्ट्रपतिले मंगलबार बेलुकीको सम्बोधन डेमोक्रे्याटिकहरूको बहुमत रहेको सदनमा गरेका थिए, जहाँ गत डिसेम्बरमा उनीविरुद्धको महाभियोग प्रस्ताव पारित भएको थियो। उक्त महाभियोग प्रस्तावले बुधबार अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा अन्तिम स्वरूप लिनेछ। तर, त्यहाँ रिपब्लिकनहरूको बाहुल्य भएकाले उक्त प्रस्ताव असफल हुने लगभग पक्का देखिएको छ र उनी पदबाट बर्खास्त हुनबाट जोगिने छन्।

आफ्नो सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले आफूविरुद्धको महाभियोगका बारेमा केही पनि बोलेनन्। अमेरिकामा संसदीय प्रचलन अनुसार राष्ट्रपतिले आफू बहाल रहेको हरेक क्यालेन्डर वर्षको आरम्भतिर कंग्रेसलाई सम्बोधन गर्ने गर्छन्। त्यस्तो भाषणलाई राज्यहरूको गठबन्धनको ताजा अवस्थाबारे राष्ट्रपतिले जनप्रतिनिधिलाई गराउने जानकारी अर्थात् स्टेट अफ द युनियन भन्ने गरिन्छ।

उक्त भाषणमा राष्ट्रपतिले विधायनसम्बन्धी आफ्ना एजेन्डा र अन्य राष्ट्रिय प्राथमिकताका विषयका बारेमा पनि प्रस्तुत गर्ने गर्छन्। चार महिनाअघि ह्वाइट हाउसमा भएको बैठकबाट बीचमै उठेर उनी बाहिरिययता न्यान्सी पेलोसी र राष्ट्रपति ट्रम्पबीच देखादेख भएको यो पहिलो पटक थियो।

सम्बोधन गर्न मञ्चमा जानुअघि न्यान्सी पेलोसीले मिलाउन अघि सारेकी हात राष्ट्रपति ट्रम्पले देखेको नदेखेझैँ गरेर बेवास्ता गरिदिएका थिए। राष्ट्रपतिले उनको सम्बोधन अन्त्य गर्दै गर्दा पेलोसीले राष्ट्रपतिको सम्बोधनको प्रतिलिपिलाई च्यातेकी थिइन् र त्यो दृश्य देख्नेहरू स्तब्ध भएका थिए। तर, उनले एकभन्दा बढी पटक आफ्नो आसनबाट उठेर राष्ट्रपतिका लागि ताली भने बजाएकी थिइन्।

बीबीसीका अनुसार एक घन्टा अठार मिनेट लामो सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले सकारात्मक प्रस्तुति दिएका थिए। उनले आफ्ना पूर्ववर्ती बराक ओबामाको कार्यकालको आलोचना गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्लास्टिकको चामल नभएको पुष्टि …
प्लास्टिकको चामल नभएको पुष्टि …
अनलाइन सेवा विस्तार हुँदै
अनलाइन सेवा विस्तार हुँदै
यस्तो छ युएस बंगला एयरलाइन्सको नालिबेली
यस्तो छ युएस बंगला एयरलाइन्सको नालिबेली
कार्यवाहक राष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूतको भेट, के भयाे कुराकानी ?
कार्यवाहक राष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूतको भेट, के भयाे कुराकानी ?
को बन्ला प्रदेश नं ३ को मुख्यमन्त्री ?
को बन्ला प्रदेश नं ३ को मुख्यमन्त्री ?
यस्तो छ सिम्रौनगढको पछिल्लो मतपरिणाम
यस्तो छ सिम्रौनगढको पछिल्लो मतपरिणाम
स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धनका लागि नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको घोषणा: चोरीपैठारी नियन्त्रण र बजार विस्तारमा सरकारको जोड
स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धनका लागि नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको घोषणा: चोरीपैठारी नियन्त्रण र बजार विस्तारमा सरकारको जोड
प्रधानन्यायाधीशका बारेमा नेपाल बारले आज आफ्नो धारणा सार्वजनिक गर्ने
प्रधानन्यायाधीशका बारेमा नेपाल बारले आज आफ्नो धारणा सार्वजनिक गर्ने
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो
अमेरिकी सेनालाई निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध लाउने ट्रम्पको धम्की
अमेरिकी सेनालाई निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध लाउने ट्रम्पको धम्की

तपाईंले छुटाउनुभयो कि?