ट्रम्पमाथिको जाँचबुझका क्रममा रिपब्लिकन सांसदको हुलहुज्जत

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक ७, २०७६
|
|
५५ पटक हेरिएको
Shares
ट्रम्पमाथिको जाँचबुझका क्रममा रिपब्लिकन सांसदको हुलहुज्जत

सारांश

  • बीबीसी।
  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाअभियोगसम्बन्धी डिमोक्र्याटहरूले नेतृत्व गरिरहेको जाँचबुझमाथि रिपब्लिकन सांसदहरूले बाधा पुर्‍याएका छन्।
  • २० जना भन्दा बढी रिपब्लिकन सांसदहरूले बन्दसत्रमा पेन्टागनका एकजना वरिष्ठ विज्ञले बयान दिन लाग्दा उनीहरूले त्यस्तो बाधा पुर्याएका हुन्।

बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाअभियोगसम्बन्धी डिमोक्र्याटहरूले नेतृत्व गरिरहेको जाँचबुझमाथि रिपब्लिकन सांसदहरूले बाधा पुर्‍याएका छन्। २० जना भन्दा बढी रिपब्लिकन सांसदहरूले बन्दसत्रमा पेन्टागनका एकजना वरिष्ठ विज्ञले बयान दिन लाग्दा उनीहरूले त्यस्तो बाधा पुर्याएका हुन्।

रिपब्लिकन सांसदहरू समितिबाट बाहिर निस्किएपछि अमेरिकाका डिमोक्र्या्टिक पार्टीका सांसदहरूले उनीहरूमाथि राष्ट्रिय सुरक्षामाथि सम्झौता गरेको आरोप लगाएका छन्।

रिपब्लिकनहरूले चाहिँ राष्ट्रपति ट्रम्पलाई सोभियत शैलीको प्रक्रियाबाट हटाउने प्रयास गरिरहेको आरोप महाअभियोगसम्बन्धी जाँचबुझ गरिरहेको संसदीय समितिलाई लगाएका छन्।

उक्त समितिमा डिमोक्र्याट र रिपब्लिकन दुवै तर्फका सांसद रहेका छन्। तर डिमोक्र्याटहरूले रिपब्लिकनहरूले रुस र चीनलाई मद्दत गरिरहेको आरोप लगाएका छन्। पाँच घन्टाको विलम्बपछि समितिले एकजना साक्षी पेन्टागनकी लौरा कुपरको बयान सुन्न सक्यो।

राष्ट्रपति ट्रम्पले यो साता आफूविरुद्धको महाअभियोगसम्बन्धी जाँचबुझमा कठोर हुन र त्यसविरुद्ध लड्न रिपब्लिकनहरूलाई आह्वान गरेका थिए।

डिमोक्र्या्टिकका एकजना सांसद टेड ल्यूले ट्रम्पले पूर्व उपराष्ट्रपति जो बाइडनविरुद्ध अनुसन्धान गर्ने विषयमा युक्रेनका समकक्षीसँग टेलिफोन वार्ता गरेकोबारे कुपरसँगको बयानले थुप्रै प्रमाणहरूको खुलासा गर्ने भएकाले रिपब्लिकनहरू त्रसित भएको बताए। सन् २०२० मा हुने राष्ट्रपतीय चुनावका लागि बाइडन ट्रम्पका सम्भावित प्रतिद्वन्द्वी हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय
रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय
हल्कादेखि मध्यम वर्षाको सम्भावना
हल्कादेखि मध्यम वर्षाको सम्भावना
मंसिर १५ देखि हुने १३ औँ सागमा नेपालको लक्ष्य ५० स्वर्ण पदक
मंसिर १५ देखि हुने १३ औँ सागमा नेपालको लक्ष्य ५० स्वर्ण पदक
मन्त्रालय भित्रै हातपात, सरुवाकाे विषयमा विद्यालय निरीक्षक द्वारा उपसचिव माथि हमला !
मन्त्रालय भित्रै हातपात, सरुवाकाे विषयमा विद्यालय निरीक्षक द्वारा उपसचिव माथि हमला !
स्वाइफ्लु लागेका ३०९ जना बिरामी फेला, चारमा डेंगु संक्रमण
स्वाइफ्लु लागेका ३०९ जना बिरामी फेला, चारमा डेंगु संक्रमण
त्रिशूली थ्री–एको निर्माण तोकिएको समयअघि सक्न ताकेता
त्रिशूली थ्री–एको निर्माण तोकिएको समयअघि सक्न ताकेता
पुस ८ गते बुधवारको राशिफल यस्तो छ
पुस ८ गते बुधवारको राशिफल यस्तो छ
भक्तपुरका मानन्धर समुदाय लक्षित क्षमता अभिवृद्धि तालिम सम्पन्न
भक्तपुरका मानन्धर समुदाय लक्षित क्षमता अभिवृद्धि तालिम सम्पन्न
‘राधा २’ मा अायुषमान र प्रियंकाकाे जाेडी !
‘राधा २’ मा अायुषमान र प्रियंकाकाे जाेडी !

तपाईंले छुटाउनुभयो कि?