डेंगुबाट श्रीलङ्कामा दुईको मृत्यु, ३७ सय प्रभावित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ १५, २०७५
|
|
४४ पटक हेरिएको
Shares
डेंगुबाट श्रीलङ्कामा दुईको मृत्यु, ३७ सय प्रभावित

सारांश

  • काठमाडौँ,१५ माघ ।
  • श्रीलङ्कामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरु तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् ।
  • यही जनवरीको पहिलो तीन हप्तामा देशभरी फैलिएको डेंगुबाट प्रभावितहरुको विवरण अधिकारीहरुले मङ्गलबार सार्वजनिक गरेका हुन् ।

काठमाडौँ,१५ माघ । श्रीलङ्कामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरु तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् ।यही जनवरीको पहिलो तीन हप्तामा देशभरी फैलिएको डेंगुबाट प्रभावितहरुको विवरण अधिकारीहरुले मङ्गलबार सार्वजनिक गरेका हुन् ।

इपिडिमियोलोजी इकाईले गत शुक्रबारसम्ममा तीन हजार ७४३ जनामा डेंगुको सङ्क्रमण देखिएको जनाएको छ ।प्रभावितमध्ये सबैभन्दा धेरै राजधानी कोलम्बोका भेटिएका छन् । त्यसपछि जाफ्ना र गम्पाहमा धेरै बिरामी रहेको अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्यकर्मीहरुले प्रभावितलाई तत्काल औषधोपचारको आवश्यकता रहेकोतर्फ ध्यानाकर्षण गराएका छन् । बिरामीहरुमा उच्च ज्वरो, लगातार बान्ता, पेट दुख्ने, चक्कर लाग्ने, पिसाब बन्द हुनेलगायतका समस्या देखिने गरेको चिकित्सकहरुले बताएका छन् ।

“यस रोगबाट प्रभावित सबै बिरामीहरुलाई आरामको आवश्यकता हुन्छ, त्यसैले उनीहरुलाई काम र विद्यालयहरुबाट छुटकारा दिनु पर्छ,” चिकित्सकहरुको भनाई छ ।गत बर्ष पनि श्रीलङ्कामा डेंगुका कारण ५० भन्दा बढीको मृत्यु भएको थियो भने ४८ हजार भन्दा बढी प्रभावित भएका थिए ।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्ल माक्र्सको २०० औँ जन्म जयन्तीको अवसरमा आहुतिको कम्युनिस्ट पार्टी गठन !
कार्ल माक्र्सको २०० औँ जन्म जयन्तीको अवसरमा आहुतिको कम्युनिस्ट पार्टी गठन !
चिसोबाट  सप्तरीमा थप एक महिलाको मृत्यु,मृत्यु हुनेको संख्या २८ पुगे
चिसोबाट सप्तरीमा थप एक महिलाको मृत्यु,मृत्यु हुनेको संख्या २८ पुगे
तेह्रथुममा दलहरुले उम्मेदवार टुंगो लगाए, चुनावी सरगर्मी बढ्यो
तेह्रथुममा दलहरुले उम्मेदवार टुंगो लगाए, चुनावी सरगर्मी बढ्यो
सचिवालय वैठकमा ओलीले युरोप डायरी सुनाउँदा अरु हेरेको हेरै
सचिवालय वैठकमा ओलीले युरोप डायरी सुनाउँदा अरु हेरेको हेरै
सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहर उठाउन माग गर्दै सर्वोच्चमा रिट
सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहर उठाउन माग गर्दै सर्वोच्चमा रिट
विचौलिया समाउने कानुन बन्दै
विचौलिया समाउने कानुन बन्दै
अाेमप्रकाश मिश्रकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमाेदन !
अाेमप्रकाश मिश्रकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमाेदन !
यी ८ कारणले सलमान खान र ऐश्वर्य रायको ब्रेक–अप भएको थियो ।
यी ८ कारणले सलमान खान र ऐश्वर्य रायको ब्रेक–अप भएको थियो ।
अपराह्न ३ बजे संसद् बैठक
अपराह्न ३ बजे संसद् बैठक
गठबन्धन-लोसपाबीच मधेश प्रदेशमा मात्र तालमेल, प्रतिनिधिसभातर्फ ७ सिट पायो
गठबन्धन-लोसपाबीच मधेश प्रदेशमा मात्र तालमेल, प्रतिनिधिसभातर्फ ७ सिट पायो

तपाईंले छुटाउनुभयो कि?