डेंगु रोगबाट बच्न सूचना प्रवाहको उचित व्यवस्था गर्न सरकारलाई आग्रह

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ३०, २०७६
|
|
५२ पटक हेरिएको
Shares
डेंगु रोगबाट बच्न सूचना प्रवाहको उचित व्यवस्था गर्न सरकारलाई आग्रह

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय सूचना आयोगले मुलुक भित्र फैलिँदो डेंगु रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आग्रह गरेको छ।
  • राष्ट्रिय सूचना आयोगले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो रोगबाट बच्न नागरिकलाई आवश्यक सूचना प्रवाहको उचित व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको हो।

काठमाडौं। राष्ट्रिय सूचना आयोगले मुलुक भित्र फैलिँदो डेंगु रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आग्रह गरेको छ। राष्ट्रिय सूचना आयोगले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो रोगबाट बच्न नागरिकलाई आवश्यक सूचना प्रवाहको उचित व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको हो। डेंगू रोग लाग्न नदिन, लागे त्यसबाट बच्ने उपायहरुबारे आम नागरिकलाई उचित सूचना प्रवाह हुनेगरी आवश्यक व्यवस्था देशभर मिलाउन सरकारलाई आग्रह गरिएको आयोगकी प्रवक्ता यशोदादेवी तिम्सिनाले जानकारी दिइन्।

आयोगले आइतबार स्वास्थ्य मन्त्रालयका पदाधिकारी र चिकित्सकहरुको टोलीसँग परामर्श गरेपछि सो रोगबाट बच्न आम नागरिकलाई आवश्यक सूचना प्रवाह गर्न सरकारलाई आग्रह गरेको हो। आयोगको आदेशमा संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहसँग पनि समन्वय गरी सबै प्रदेश र सबै पालिकाहरुबाट सो रोगबाट बच्ने उपायसहितको सूचना आम नागरिकलाई प्रवाह गर्ने व्यवस्था तत्काल मिलाउन भनिएको छ।

आयोगले सो रोगबाट बच्ने उपायबारे आम संचार माध्यामबाट पनि सूचना प्रवाह गर्न सरकारलाई सचेत गराएको छ। सूचनाको अभावमा सो रोगबाट मानिसहरुको ज्यान जाने, सही सूचनाको अभावमा आतंकित हुनुपर्ने अवस्था नआओस् भनेर सरकारलाई त्यसबारे सही सूचना जनतालाई उपलब्ध गराउन आग्रह गरेको प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले जानकारी दिए।
मुलुकमा ८ हजार भन्दा बढी डेंगु रोगको विरामी भेटिएको छ भने ७० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ। ६ जनाको ज्यान लिइसकेको सो रोग नियन्त्रणका लागि आवश्यक कदम चालिएको सरकारको दाबी छ।

(bricks4kidz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

What to anticipate in a Aboard Room Hosting company
भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो
भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो
१७ हजारको मोबाइलले चढायो रमेश तण्डुकारलाई स्कुटर
१७ हजारको मोबाइलले चढायो रमेश तण्डुकारलाई स्कुटर
जालसाँजी गरेर जग्गा हड्प्नेलाई कारबाही गर्न र जग्गा फिर्ता गराईदिन सरकारसँग पीडितको माँग
जालसाँजी गरेर जग्गा हड्प्नेलाई कारबाही गर्न र जग्गा फिर्ता गराईदिन सरकारसँग पीडितको माँग
मापदण्ड नपुगेका भवन भत्काउने सरकारी तयारी, ८० प्रतिशत भवन मापदण्डविपरीत रहेको अनुमान….
मापदण्ड नपुगेका भवन भत्काउने सरकारी तयारी, ८० प्रतिशत भवन मापदण्डविपरीत रहेको अनुमान….
गगन थापाले काउन्टर दिँदा यसरी समाप्त भयो खुमबहादुर खड्काको राजनीति !
पूर्वप्रधानमन्त्रीहरूले दिए अोलीलार्इ यस्तो सुझाव !
पूर्वप्रधानमन्त्रीहरूले दिए अोलीलार्इ यस्तो सुझाव !
प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ के हाे ?
प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ के हाे ?
कोप-२९ मा जलवायु न्यायका विषय सशक्तरुपमा उठाउन प्रधानमन्त्रीको आग्रह
कोप-२९ मा जलवायु न्यायका विषय सशक्तरुपमा उठाउन प्रधानमन्त्रीको आग्रह
आगामी चुनाबमा एमाले पहिलो पार्टी हुने उद्घोष…
आगामी चुनाबमा एमाले पहिलो पार्टी हुने उद्घोष…

तपाईंले छुटाउनुभयो कि?