डेङ्गुको सङ्क्रमण बढ्दै, १० हजार नाघ्यो

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण २४, २०८०
|
|
६७ पटक हेरिएको
Shares
डेङ्गुको सङ्क्रमण बढ्दै, १० हजार नाघ्यो

सारांश

  • काठमाडौँ ।
  • डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ ।
  • इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ ।

काठमाडौँ । डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ ।

महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेङ्गु सङ्क्रमण बढिरहेको बताउनुभयो । उहाँले यसैगरी डेङ्गु सङ्क्रमण बढ्दै जाने हो भने भदौ र असोजमा उच्च हुने बताए । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो ।

सङ्क्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा भेटिएको छ । महाशाखाका अनुसार सुनसरीमा छ हजार ४१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्छ ।

यसपटक कोशी प्रदेशमा सङ्क्रमण बढेको पाइएको छ । कोशी प्रदेशमा आठ हजार एक सय नौ जना, बागमती प्रदेशमा एक हजार चार सय ५३ जना, गण्डकी प्रदेशमा चार सय ७१ सुदूरपश्चिम प्रदेशमा तीन सय ९३ जना, लुम्बिनी प्रदेशमा दुई सय १५ जना, मधेस प्रदेशमा ५७ र कर्णाली प्रदेशमा २८ जनामा सङ्क्रमण देखिएको छ । नयाँ देखिएका बिरामीमध्ये नौ हजार छ सय १२ (८९ दशमलव ६) प्रतिशत) बिरामी १० जिल्लाका रहेका छन् ।

सुनसरीपछि मोरङ एक हजार तीन सय ४४, धादिङ एक हजार २७ जना, कास्की दुई सय २५ जना, धनकुटा दुई सय २३, दार्चुला एक सय ९२ जना, झापा एक सय ८२, काठमाडौँ एक सय ५१ सङ्खुवासभा एक सय ४८ जना र तनहुँ ७९ जनामा डेङ्गुका बिरामी भेटिएका छन् । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो ।

मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपन्छी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिने आग्रह गरेको छ ।

(store.connect4education.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अष्ट्रेलिया जान लागेको भन्दै प्रेमिकाको हत्या
अष्ट्रेलिया जान लागेको भन्दै प्रेमिकाको हत्या
एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय
एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय
मुस्लिम र हिन्दू समुदायले आज मोहर्रम पर्व मनाउँदै
मुस्लिम र हिन्दू समुदायले आज मोहर्रम पर्व मनाउँदै
बाम गठबन्धनका उम्मेदवार वलीमाथि नेपाली काँग्रेसका कार्यकर्ताहरुले आक्रमण !
बाम गठबन्धनका उम्मेदवार वलीमाथि नेपाली काँग्रेसका कार्यकर्ताहरुले आक्रमण !
रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक
रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक
रास्वपाको दोस्रो चरणको आन्दोलन ८ मंसिरदेखि
रास्वपाको दोस्रो चरणको आन्दोलन ८ मंसिरदेखि
परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’
परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’
उपत्यकामा सवारी दुर्घटना : छ महिनामा ८८ को मृत्यु
उपत्यकामा सवारी दुर्घटना : छ महिनामा ८८ को मृत्यु
१५ हजार मतान्तरले चुनाव जित्छु : मो. इस्तियाक राई, नेता जसपा (अन्तर्वार्ता)
१५ हजार मतान्तरले चुनाव जित्छु : मो. इस्तियाक राई, नेता जसपा (अन्तर्वार्ता)
फोरमले सभामुखलाई भन्यो,’सांसद रौनियारको निलम्बन फुकुवा गर्नुहोस’
फोरमले सभामुखलाई भन्यो,’सांसद रौनियारको निलम्बन फुकुवा गर्नुहोस’

तपाईंले छुटाउनुभयो कि?