तिखेढुंगा–भुरूङ तातोपानी सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
६६ पटक हेरिएको
Shares

सारांश

  • बेनी, म्याग्दी, २१ वैशाख , कास्कीको तिखेढुङ्गाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ ।
  • छिमेकी राष्ट्र भारत र चीन जोड्ने अन्तरदेशीय सञ्जालअन्तर्गत व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिएको तिखेढुंगा–भुरूङ तातोपानी सुरुङ मार्गको चालू आर्थिक वर्षभित्र सम्भाव्यता अध्ययत पूरा गर्ने गरी बजेटमा प्राथमिकता दिइएको छ ।
  • प्रदेश नं ४ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले बुधबार प्रस्तुत गर्नुभएको आव २०७४÷७५ को बजेटमा दुई जिल्लालाई छोटो दूरीमा जोड्ने सुरूङ मार्गको सम्भाव्यता अध्ययन सकिएपछि प्राथमिक योजनामा राख्ने पहल भइरहेको जानकारी दिनुभयो ।

बेनी, म्याग्दी, २१ वैशाख , कास्कीको तिखेढुङ्गाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ ।

छिमेकी राष्ट्र भारत र चीन जोड्ने अन्तरदेशीय सञ्जालअन्तर्गत व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिएको तिखेढुंगा–भुरूङ तातोपानी सुरुङ मार्गको चालू आर्थिक वर्षभित्र सम्भाव्यता अध्ययत पूरा गर्ने गरी बजेटमा प्राथमिकता दिइएको छ ।

प्रदेश नं ४ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले बुधबार प्रस्तुत गर्नुभएको आव २०७४÷७५ को बजेटमा दुई जिल्लालाई छोटो दूरीमा जोड्ने सुरूङ मार्गको सम्भाव्यता अध्ययन सकिएपछि प्राथमिक योजनामा राख्ने पहल भइरहेको जानकारी दिनुभयो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुंगाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी जोड्ने सुरूङमार्गले चीनको तिब्बतबाट सिधा भारतको सुस्तासम्म जोड्ने बेनी–जोमसोम–कोरला नाकाको मात्र विकल्प नभई तिब्बतबाट नेपाल र भारतका लागि लोड गरिएका कन्टेनरका लागिमात्रै प्रयोग गरिने गरी प्रस्ताव भएको कास्की अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो ।

“यो सडक सञ्जालको विकल्प होइन्, दुई छिमेकी देश जोड्ने गौरवको आयोजना हुनेछ”, कुँवरले भन्नुभयो । उहाँले तिब्बतको कोरला नाका खुलेपछि चीन जोड्ने अन्य नाकाभन्दा पनि कोरला नाकालाई प्रभाबकारी बनाउनसमेत सुरुङमार्ग महत्वपूर्ण हुने बताउनुभयो ।

सुरुङ मार्गबाट यात्रुको आवतजावतमा कम प्राथमिकता दिनुपर्नेमा जोड दिंदै उहाँले कन्टेनरलाई छोटो दूरीको मार्ग प्रयोग गर्दा अन्तर्राष्ट्रिय व्यापारी र लगानीकर्तासमेत आकर्षित हुने बताउँदै कास्की, पर्वत, बागलुङ र म्याग्दीलाई सुरुङ मार्गको विस्तारबाट लगानी भित्र्याउनसमेत सहज हुन्छ भन्नुभयो । हाल करीब ६७ किलोमिटर दूरी रहेको तिखेढुंगा–तातोपानीको दूरीलाई सुरुङ मार्गले सात किलोमिटरमा समेट्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंगलवार १५१३ जना कोरोना संक्रमित थपिदा ३१ जना संक्रमण मुक्त
मंगलवार १५१३ जना कोरोना संक्रमित थपिदा ३१ जना संक्रमण मुक्त
सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने
सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने
रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज पुनः मतदान हुँदै
रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज पुनः मतदान हुँदै
राष्ट्रपति–प्रमबीच राजनीतिकलगायत समसामयिक विषयमा छलफल
राष्ट्रपति–प्रमबीच राजनीतिकलगायत समसामयिक विषयमा छलफल
सडकमा दुध पोख्ने अवस्थाको अन्त्य हुन्छ कृषिमन्त्री खनाल
सडकमा दुध पोख्ने अवस्थाको अन्त्य हुन्छ कृषिमन्त्री खनाल
भूटानी शरणार्थीलाई पिउने पानीको समस्या
भूटानी शरणार्थीलाई पिउने पानीको समस्या
स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
अर्जेन्टिनाको नाटकीय जित, मेस्सीको पहिलो गोल
अर्जेन्टिनाको नाटकीय जित, मेस्सीको पहिलो गोल
‘प्रचण्ड’को सुरक्षाका लागि ५९ प्रहरी: नयाँ बर्डिगाडको कमाण्ड डिएसपी राठोरलाई
‘प्रचण्ड’को सुरक्षाका लागि ५९ प्रहरी: नयाँ बर्डिगाडको कमाण्ड डिएसपी राठोरलाई
नेटवर्किङमा संलग्नलाई संगठित अपराध मुद्दा
नेटवर्किङमा संलग्नलाई संगठित अपराध मुद्दा

तपाईंले छुटाउनुभयो कि?