तीन वर्ष देखिकाे प्रेम सम्बन्ध चैट !

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन १७, २०७५
|
|
३९ पटक हेरिएको
Shares
तीन वर्ष देखिकाे प्रेम सम्बन्ध चैट !

सारांश

  • बलिउडको सबैभन्दा रोमान्टिक र फिट जोडी दिशा पटानी र टाइगर श्रफलाई फ्यानहरुले पर्दामा र पर्दापछाडी पनि उत्तिकै मन पराउँदै आएका छन् ।
  • टाइगर आफ्नो फिट शरिर र आकर्षक नृत्य कलाका लागि चिनिने गर्छन् भने दिशा पनि उनलाई पछ्याउनमा माहिर छन् ।
  • टाइगर र दिशा अभिनित चलचित्र बागी २ सन २०१८ को ब्लकबस्टर बलिउड फिल्म मध्ये एक हो ।

बलिउडको सबैभन्दा रोमान्टिक र फिट जोडी दिशा पटानी र टाइगर श्रफलाई फ्यानहरुले पर्दामा र पर्दापछाडी पनि उत्तिकै मन पराउँदै आएका छन् । टाइगर आफ्नो फिट शरिर र आकर्षक नृत्य कलाका लागि चिनिने गर्छन् भने दिशा पनि उनलाई पछ्याउनमा माहिर छन् । टाइगर र दिशा अभिनित चलचित्र बागी २ सन २०१८ को ब्लकबस्टर बलिउड फिल्म मध्ये एक हो । जसमा उनीहरुको जोडी निकै मन पराइएको थियो ।


तर यतिबेला उनीहरुको सम्बन्धमा केही अवरोह आइरहेको छ । भारतीय एक मिडियका अनुसार उनीहरुको प्रेम सम्बन्ध समाप्त भएको छ । टाइगर र दिशा पछिल्लो तीन वर्षदेखि प्रेम सम्बन्धमा बाँधिएका थिए । उनीहरु मात्र नभएर परिवार पनि कहिले काहीँ सँगै देखिने गथ्र्यो ।  पछिल्लो समय दिशाको भनाइमा टाइगरले नो किसिङ्ग क्लज साइन गरेका थिए । उनी चाहन्नथे कि कुनै फिल्ममा चुम्बन जस्तो सिन कैद गरियोस । टाइगर दिशाको लागि आफू पनि निकै बदलिएका थिए । जुन कुरा उनका साथिहरुबाट पनि सुन्न पाइन्छ । तर अब उनीहरु अलग भएका छन् ।

रिपोर्टका अनुसार दिशाका दिनहुँ आउने विवादास्पद कुराहरुले टाइगरलाई आजित बनाएको थियो । जसकारण उनले ब्रेकअप गर्ने फैसला गरे । दुवै मिलेर उल्झिएको सम्बन्धलाई एक नयाँ सुरुवात दिने प्रयास गरे तर त्यो कोशिश सफल हुन सकेन ।

एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?